मणिपालकाे विवादमा प्रक्राउ पर्नुभएका डाक्टर रिहा, मृतकका आफन्त धर्नामा
मणिपाल शिक्षण अस्पताल पाेखरामा सोमबार भएको झडपका क्रममा पक्राउ पर्नुभएका डा.दीनेशकुमार विकलाई प्रहरीले छाडेको छ ।
चिकित्सकको पक्षमा नारावाजीमा उत्रनुभएका डा.यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
डा.यादवलाई मंगलबार विहान ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा.मिनबहादुर गुरुङको रोहवरमा डा.गिरधारी शर्माको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्वर ६ की ५७ वर्षकी सुकमाया दुराको मृत्यू भएको विषयलाई लिएर हातपातमा उत्रिएको आरोपमा पोखरा ५ मालेपाटनका विनय गुरुङलाई प्रहरी नियन्त्रणमा हुनुन्छ ।
यसैबीच, प्रहरीले डाक्टरलाई मात्रै छाडेको भन्दै मृतकका आफन्तले मंगलबार पनि धर्ना जारी राखेका छन् ।
अस्पताल प्रशासन र मृतक परिवारबीच वार्ताको तयारी भएको छ । उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको उपस्थितिमा अस्पताल प्रशासन, चिकित्सक र मृतकका परिवारबीच वार्ताको तयारी भएको मणिपाल शिक्षण अस्पतालका जनसम्पर्क अधिकारी कृष्णमोहन श्रेष्ठले जानकारी दिनुभयो ।
स्वासप्रश्वास तथा ढाड दुख्ने सम्बन्धी समस्या लिएर मणिपाल शिक्षण अस्पताल पुगेकी लमजुङकी दुराको सोमबार दिउँसो १ बजे मृत्यू भएको थियो । मृत्यूपछि लापर्वाहीले विरामीको मृत्यू भएको आरोप लगाउदै आफन्तहरु चिकित्सकमाथि कुटपीट गर्नुका साथै अस्पतालमा तोडफोडको प्रयास गरेका थिए ।
सो क्रममा चिकित्सक र मृतकका आफन्तबीच झडपको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुवै पक्षका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो ।
उमा आलेमगर
तपाईँको अभिमत