• सम्पादकीय
  • समाचार
  • विशेषज्ञ संवाद
  • योग तथा आयुर्वेद
  • नर्सिङ

२०८३ बैशाख २० आइतबार

  • # कोरोना
  • # कोरोना अपडेट
  • # स्वास्थ्यकर्मी
  • # उपत्यका कोरोना अपडेट
  • # चिकित्सा शिक्षा आयोग
  • प्रचलनमा
भर्खरै
  • 'परिवार योजनाका साधनले जनसंख्या ऋणात्मक हुने दाबी मिथ्या'

  • आधुनिक दन्त उपचार सेवाको उद्देश्यसहित ‘अल्फा केयर डेन्टल’ उद्घाटन

  • गर्भपतनका क्रममा मृत्यु प्रकरणः डा. रुपाखेती निलम्बनमा, अवैध क्लिनिक बन्द गर्न सिफारिस

  • शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६ महिनामा १०० मिर्गौला प्रत्यारोपण 

  • मानसिक समस्या बढेसँगै आत्महत्याका घटना पनि वृद्धि

  • प्रेमसागर फाउण्डेसन जनभोजन कार्यक्रम स्थलमा आँखा शिविर, १४३ जनामा मोतिविन्दु 

हाम्रो बारेमा

लामो समय देखि हामी नेपाल एफएममा संलग्न छौँ । एक समय जनताको पक्षधर अभियानलाई रेडियो माध्यमसँग जोडिन्थ्यो । रेडियो तरङ्ग आम नागरिकको सहज र सरल पहुँचमा भएकै कारण यसैलाई माध्यम बनाउनु आवश्यक पनि थियो । आठ दशवर्ष अघिको स्थिति अब रहेन । सवा तीन करोड जनसङ्ख्या भएको मुलुकमा अहिले झण्डै दुई करोड स्मार्ट फोन प्रयोगमा आएको तथ्याङ्क सार्वजनिक भएको छ । तिनै स्मार्ट फोन र लाखौँ ल्याप्टप मार्फत आफ्नो रुचि अनुकूलका समाचार पोर्टलहरू, भिडियो न्युज र टेलिभिजन समाचारहरू पढ्ने सुन्ने र हेर्ने नवीन संस्कार स्थापित भइसकेको छ ।

झनपछि झन् लोकप्रियताको चुली चढिरहेको छ । प्रविधिले हामीलाई प्रदान गरेको यो सुविधा सबै उमेर, तह र तप्काका मानिसहरू उपयोग गरिरहेका छन् । नेट प्रविधिले प्रदान गरेको यो अपार सुविधालाई सदुपयोग गर्दै हामी पनि फरक रूपमा प्रस्तुत हुन खोजिरहेका छौँ । स्वास्थ्य सरोकारमा केन्द्रित भएर अनलाईन पोर्टलका रूपमा हामी जिम्मेवार ढङ्गले आम नागरिकसँग जोडिने प्रयत्न गरिरहेका छौँ । यो पत्रकारिताकै अर्को रूप हो भन्ने हामीलाई लागेको छ । नागरिक स्वस्थ नभएसम्म राष्ट्र स्वस्थ हुनै सक्दैन भन्ने अवधारणा अनुरुप हामी स्वस्थ राष्ट्र निर्माणमा थोरै भए पनि हात बढाउने अभियानमा संलग्न भएका छौँ । स्वास्थ्यको सवालमा अझै पनि नेपाली जनमानसमा भ्रम र अन्धविश्वासका जरा उखेलिएका छैनन् ।

सरकारले अहिले सुदूर पश्चिममा छाउगोठ भत्काउन प्रहरी प्रशासन परिचालन गरेको छ । तर हामीलाई लाग्छ– मानिसको दिमागबाट भ्रम, कुपरम्परा र अन्धविश्वासको जरा नउखेलेसम्म छाउगोठ भत्काएर मात्र कुनै अपेक्षित परिणाम आउन सक्दैन । बरु हजारौँ आमा दिदी र बहिनीहरू छाउ बार्न अब नाङ्गो आकाशमुनि ओत लाग्न पुग्नेछन् र छाउगोठमा भन्दा बढी असुरक्षित हुनेछन् । भ्रम, कुपरम्परा र अन्धविश्वास छिमल्न शिक्षा र चेतना निर्माण गर्नु पहिलो पूर्वशर्त हो । पुस्तौँ पुस्तादेखि अज्ञानता र अशिक्षाको जालोभित्र गुम्सिएका विकट एवम् दूरदराजका ग्रामीण नागरिकले निर्वाह गरिरहेको विरामी हुँदा धामी झाँक्री लगाउने परम्परालाई तोडेर विज्ञानसम्मत उपचार प्रविधिमा ल्याउन ती ठाउँमा राज्यले वैज्ञानिक शिक्षा र सुलभ स्वास्थ्य सुविधा पुर्याउनु पर्दछ ।

सुविधा सम्पन्न शहर केन्द्रित हाम्रा स्वास्थ्य योजनाहरूमा अरबौँ बजेट खन्याइसक्यौँ तर ती दूरदराजका ग्रामीण बस्तीमा सिटामोल र जीवनजल अझै पुगेको छैन । यो तीतो यथार्थ कहिले बदलिने अनि कसले बदल्ने ? व्यवस्था बदलिएको पनि वर्षौं भइसक्यो तर अवस्था उस्तै छ किन ? करोडौँ बजेट निखारेर ग्रामीण स्वास्थ्य केन्द्रमा निशुल्क बाँड्न पठाइएको औषधि गोदाममै डेट एक्सपायर भएपछि खाडलमा पुर्ने गरेका समाचार पढ्न हामी अभिशप्त छौँ किन ? यी र यस्ता प्रश्नहरू असङ्ख्य छन् । यी प्रश्नहरूबाट राज्य बेखबर बन्न पाउँदै पाउँदैन । यसैसँग सम्बन्धित भएर स्वास्थ्य शिक्षा, स्वास्थ्य सम्बन्धी चेतना, सम्बन्धित निकायहरूप्रति खबरदारी गर्ने प्रमुख उद्देश्य राख्दै हेल्थपाटी मार्फत हामी स्वास्थ्य पत्रकारितामा जुर्मुराएका छौँ । हामी कति सफल हुन्छौँ त्यो त भविष्यले बताउने नै छ । यद्यपि स्वास्थ्य सरोकारसँग सम्बन्धित सवै निकायहरू, चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल, स्वास्थ्य केन्द्रहरू र आम नागरिकबाट यथेष्ट सहयोग र सद्भाव प्राप्त हुने विश्वास हामीले लिएका छौँ ।

Like and Follow Us

मुख्य समाचार

  • अवैधानिक स्वास्थ्य संस्थामा सेवा दिए कारबाही हुने, मेडिकल काउन्सिलको चेतावनी

    • २ दिन अघि

भर्खरै

  • अवैधानिक स्वास्थ्य संस्थामा सेवा दिए कारबाही हुने, मेडिकल काउन्सिलको चेतावनी

    • २ दिन अघि
  • स्वास्थ्य उपकरणको बृहत प्रदर्शनी भृकुटीमण्डपमा, व्यवसायीले नीति सुधारको माग

    • २ दिन अघि
  • 'परिवार योजनाका साधनले जनसंख्या ऋणात्मक हुने दाबी मिथ्या'

    • ३ दिन अघि
  • आधुनिक दन्त उपचार सेवाको उद्देश्यसहित ‘अल्फा केयर डेन्टल’ उद्घाटन

    • बैशाख १४, २०८३

बहुप्रचलित

  • कोरोना
  • कोरोना अपडेट
  • प्रेस ब्रिफिङ
  • विश्व स्वास्थ्य संगठन
  • कोरोना त्रास
  • संक्रमितको मृत्यु
  • कोरोना प्रभाव
  • काेराेना अपडेट
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • कोभिड १९
  • नर्स
  • चिकित्सा शिक्षा आयोग
  • लकडाउन
  • weather
  • Weather Forecast

तपाईँको ईमेल

ठेगाना: काठमाण्डौं - १४, कलङ्की

सम्पर्क नं.: ९८४१२१७१६२

ईमेल: [email protected], [email protected]

सूचना तथा प्रशारण विभाग दर्ता नं :१८४५ / ०७६ / ०७७

प्रकाशक : मिडिया सपोर्ट एण्ड एजेन्सी सर्भिस प्रा.लि.

हेल्थपाटी समूह

सञ्चालक : सुरेन्द्र लामिछाने

सम्पादक : तुलसा घिमिरे

प्रबन्ध निर्देशक : जगन्नाथ ढकाल

स्तम्भकार : नरनाथ लुइटेल

संवाददाता : उमा आलेमगर

संवाददाता : सन्तोष राई

बजार व्यवस्थापक : रोशन रेग्मी

लेखा तथा प्रशासन : सुमन ढकाल

सर्वाधिकार : हेल्थपाटी 2026

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पादकीय
  • समाचार
  • विशेषज्ञ संवाद
  • योग तथा आयुर्वेद
  • नर्सिङ
  • स्वास्थ्य - रचना
  • जनस्वास्थ्य
  • उपयोगी जानकारी
  • औषधि
  • अस्पताल
  • विश्व स्वास्थ्य
  • भिडियो समाचार