• सम्पादकीय
  • समाचार
  • विशेषज्ञ संवाद
  • योग तथा आयुर्वेद
  • नर्सिङ

२०८२ माघ १५ बिहीबार

  • # कोरोना
  • # कोरोना अपडेट
  • # कोरोना त्रास
  • # बेलायत
  • # मन्त्रिपरिषद् निर्णय
  • प्रचलनमा
भर्खरै
  • ‘नर्सको १२–१५ हजार तलबबाट ३४ हजार ५०० न्यूनतम तलब बनायौँ, यति ठुलो उपलब्धिमा कसैले ताली बजाएन’

  • बालबालिकाका लागि मात्र उत्पादित मन्जनमा समेत मानव स्वास्थ्यलाई हानि गर्ने सिसा भेटियो, सिन्दूर सबैभन्दा जोखिमयुक्त

  • काठमाडौं उपत्यकामा वर्षा, तराईमा पनि वर्षा हुनसक्ने

  • स्वास्थ्य बीमाको सही सदुपयोग गर्न आग्रह

  • मदिरा सेवनले कोलोरेक्टल क्यान्सरको जोखिम उच्च

  • बी एन्ड बी अस्पतालमा कृत्रिम हातखुट्टा जडान केन्द्र स्थापना, स्वदेशमै सस्तो सेवा पाइने दाबी

हाम्रो बारेमा

लामो समय देखि हामी नेपाल एफएममा संलग्न छौँ । एक समय जनताको पक्षधर अभियानलाई रेडियो माध्यमसँग जोडिन्थ्यो । रेडियो तरङ्ग आम नागरिकको सहज र सरल पहुँचमा भएकै कारण यसैलाई माध्यम बनाउनु आवश्यक पनि थियो । आठ दशवर्ष अघिको स्थिति अब रहेन । सवा तीन करोड जनसङ्ख्या भएको मुलुकमा अहिले झण्डै दुई करोड स्मार्ट फोन प्रयोगमा आएको तथ्याङ्क सार्वजनिक भएको छ । तिनै स्मार्ट फोन र लाखौँ ल्याप्टप मार्फत आफ्नो रुचि अनुकूलका समाचार पोर्टलहरू, भिडियो न्युज र टेलिभिजन समाचारहरू पढ्ने सुन्ने र हेर्ने नवीन संस्कार स्थापित भइसकेको छ ।

झनपछि झन् लोकप्रियताको चुली चढिरहेको छ । प्रविधिले हामीलाई प्रदान गरेको यो सुविधा सबै उमेर, तह र तप्काका मानिसहरू उपयोग गरिरहेका छन् । नेट प्रविधिले प्रदान गरेको यो अपार सुविधालाई सदुपयोग गर्दै हामी पनि फरक रूपमा प्रस्तुत हुन खोजिरहेका छौँ । स्वास्थ्य सरोकारमा केन्द्रित भएर अनलाईन पोर्टलका रूपमा हामी जिम्मेवार ढङ्गले आम नागरिकसँग जोडिने प्रयत्न गरिरहेका छौँ । यो पत्रकारिताकै अर्को रूप हो भन्ने हामीलाई लागेको छ । नागरिक स्वस्थ नभएसम्म राष्ट्र स्वस्थ हुनै सक्दैन भन्ने अवधारणा अनुरुप हामी स्वस्थ राष्ट्र निर्माणमा थोरै भए पनि हात बढाउने अभियानमा संलग्न भएका छौँ । स्वास्थ्यको सवालमा अझै पनि नेपाली जनमानसमा भ्रम र अन्धविश्वासका जरा उखेलिएका छैनन् ।

सरकारले अहिले सुदूर पश्चिममा छाउगोठ भत्काउन प्रहरी प्रशासन परिचालन गरेको छ । तर हामीलाई लाग्छ– मानिसको दिमागबाट भ्रम, कुपरम्परा र अन्धविश्वासको जरा नउखेलेसम्म छाउगोठ भत्काएर मात्र कुनै अपेक्षित परिणाम आउन सक्दैन । बरु हजारौँ आमा दिदी र बहिनीहरू छाउ बार्न अब नाङ्गो आकाशमुनि ओत लाग्न पुग्नेछन् र छाउगोठमा भन्दा बढी असुरक्षित हुनेछन् । भ्रम, कुपरम्परा र अन्धविश्वास छिमल्न शिक्षा र चेतना निर्माण गर्नु पहिलो पूर्वशर्त हो । पुस्तौँ पुस्तादेखि अज्ञानता र अशिक्षाको जालोभित्र गुम्सिएका विकट एवम् दूरदराजका ग्रामीण नागरिकले निर्वाह गरिरहेको विरामी हुँदा धामी झाँक्री लगाउने परम्परालाई तोडेर विज्ञानसम्मत उपचार प्रविधिमा ल्याउन ती ठाउँमा राज्यले वैज्ञानिक शिक्षा र सुलभ स्वास्थ्य सुविधा पुर्याउनु पर्दछ ।

सुविधा सम्पन्न शहर केन्द्रित हाम्रा स्वास्थ्य योजनाहरूमा अरबौँ बजेट खन्याइसक्यौँ तर ती दूरदराजका ग्रामीण बस्तीमा सिटामोल र जीवनजल अझै पुगेको छैन । यो तीतो यथार्थ कहिले बदलिने अनि कसले बदल्ने ? व्यवस्था बदलिएको पनि वर्षौं भइसक्यो तर अवस्था उस्तै छ किन ? करोडौँ बजेट निखारेर ग्रामीण स्वास्थ्य केन्द्रमा निशुल्क बाँड्न पठाइएको औषधि गोदाममै डेट एक्सपायर भएपछि खाडलमा पुर्ने गरेका समाचार पढ्न हामी अभिशप्त छौँ किन ? यी र यस्ता प्रश्नहरू असङ्ख्य छन् । यी प्रश्नहरूबाट राज्य बेखबर बन्न पाउँदै पाउँदैन । यसैसँग सम्बन्धित भएर स्वास्थ्य शिक्षा, स्वास्थ्य सम्बन्धी चेतना, सम्बन्धित निकायहरूप्रति खबरदारी गर्ने प्रमुख उद्देश्य राख्दै हेल्थपाटी मार्फत हामी स्वास्थ्य पत्रकारितामा जुर्मुराएका छौँ । हामी कति सफल हुन्छौँ त्यो त भविष्यले बताउने नै छ । यद्यपि स्वास्थ्य सरोकारसँग सम्बन्धित सवै निकायहरू, चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल, स्वास्थ्य केन्द्रहरू र आम नागरिकबाट यथेष्ट सहयोग र सद्भाव प्राप्त हुने विश्वास हामीले लिएका छौँ ।

Like and Follow Us

मुख्य समाचार

  • मनाइयो विश्व ध्यान दिवस, ५० हजार बढीको प्रत्यक्ष सहभागिता

    • पौष ०६, २०८२
  • अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

    • पौष ०६, २०८२
  • धेरै दुब्लो मान्छेले मोटाउनका लागि के खाने ?(भिडियो)

    • भाद्र ३१, २०८१
  • प्रसव पीडा अरूको देख्नु र आफैँले भोग्नुमा धेरै फरक हुँदोरहेछ (भिडियो)

    • श्रावन ०१, २०८१
  • डाक्टर बाबुछोराका कुरा : एउटै पदमा बुबा दुई दशकपछि, छोरा एक वर्षमै (भिडियो)

    • बैशाख २८, २०८१
  • काठमाडौं मेडिकल कलेज अस्पताल तोडफोड, दुई डाक्टरमाथि हातपात

    • बैशाख १७, २०८१

भर्खरै

  • ‘नर्सको १२–१५ हजार तलबबाट ३४ हजार ५०० न्यूनतम तलब बनायौँ, यति ठुलो उपलब्धिमा कसैले ताली बजाएन’

    • ३ घण्टा अघि
  • बालबालिकाका लागि मात्र उत्पादित मन्जनमा समेत मानव स्वास्थ्यलाई हानि गर्ने सिसा भेटियो, सिन्दूर सबैभन्दा जोखिमयुक्त

    • ४ घण्टा अघि
  • काठमाडौं उपत्यकामा वर्षा, तराईमा पनि वर्षा हुनसक्ने

    • १ दिन अघि
  • स्वास्थ्य बीमाको सही सदुपयोग गर्न आग्रह

    • २ दिन अघि

बहुप्रचलित

  • कोरोना
  • कोरोना अपडेट
  • संक्रमितको मृत्यु
  • प्रेस ब्रिफिङ
  • नर्स
  • कोरोना त्रास
  • Weather Forecast
  • weather
  • Health Insurance
  • स्वास्थ्यकर्मी
  • स्तरवृद्धि
  • काेराेना अपडेट
  • ग्यास्ट्रिक
  • विश्व स्वास्थ्य संगठन
  • नेपाल चिकित्सक संघ

तपाईँको ईमेल

ठेगाना: काठमाण्डौं - १४, कलङ्की

सम्पर्क नं.: ९८४१२१७१६२

ईमेल: [email protected], [email protected]

सूचना तथा प्रशारण विभाग दर्ता नं :१८४५ / ०७६ / ०७७

प्रकाशक : मिडिया सपोर्ट एण्ड एजेन्सी सर्भिस प्रा.लि.

हेल्थपाटी समूह

सञ्चालक : सुरेन्द्र लामिछाने

सम्पादक : तुलसा घिमिरे

प्रबन्ध निर्देशक : जगन्नाथ ढकाल

स्तम्भकार : नरनाथ लुइटेल

संवाददाता : उमा आलेमगर

संवाददाता : सन्तोष राई

बजार व्यवस्थापक : रोशन रेग्मी

लेखा तथा प्रशासन : सुमन ढकाल

सर्वाधिकार : हेल्थपाटी 2026

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पादकीय
  • समाचार
  • विशेषज्ञ संवाद
  • योग तथा आयुर्वेद
  • नर्सिङ
  • स्वास्थ्य - रचना
  • जनस्वास्थ्य
  • उपयोगी जानकारी
  • औषधि
  • अस्पताल
  • विश्व स्वास्थ्य
  • भिडियो समाचार