डाक्टर कुट्नेमाथि कारबाही नभए चिकित्सक संघले आन्दोलन गर्ने
हेटौँडाको सन्चो अस्तपालका डाक्टरमाथि कुटपिट गर्नेलाई कारबाही नगरे नेपाल चिकित्सक संघले आन्दोलन गर्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै चिकित्सक संघले ७२ घण्टाभित्र आवश्यक कारवाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो।
चिकित्सकमाथि आक्रमणका साथै पटक–पटक धम्की आएको भन्दै राज्य गम्भीर हुनुपर्ने संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले बताउनुभयो ।
चार जनालाई पक्राउ गरेपनि कारवाही नहुनेमा शंका रहेकाले सरकारलाई अल्टिमेटम दिनुपरेको डा.कार्कीको भनाइ छ।
अन्य अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटना सामान्य नभएको जिकिर उहाँको तर्क छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार दोषीलाई कानुनी कारबाही गर्न डा.कार्कीले माग गर्नुभयो ।
यो विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि जानकारी गराइ ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो । चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने प्रतिवद्धता आएपनि विश्वस्त हुन नसकिने संघले जनाएको छ ।
भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो।
हेल्थपाटी
तपाईँको अभिमत