स्वास्थ्य सेवाका कर्मचारीको तलब वृद्धि लागू
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको तलबवृद्धिअनुसार स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलबमान साउन १ गतेदेखि लागू भएको छ। यससँगै स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूले साउन महिनादेखि बढेको आधारभूत तलब प्राप्त गर्ने भएका छन्।
नयाँ तलबमानअनुसार स्वास्थ्य सेवाको १२औँ तहका कर्मचारीको मासिक आधारभूत तलब ८४ हजार ५७६ रुपैयाँ कायम भएको छ। त्यस्तै, ११औँ तहका कर्मचारीले ७३ हजार १९३ रुपैयाँ, १०औँ तहका कर्मचारीले ७० हजार ७९४ रुपैयाँ तथा ९औँ तहका कर्मचारीले ६५ हजार ३७० रुपैयाँ आधारभूत तलब पाउनेछन्।
त्यसैगरी, ८औँ तहका कर्मचारीको आधारभूत तलब ६० हजार ७५९ रुपैयाँ, ७औँ तहको ५८ हजार ८४१ रुपैयाँ र ६औँ तहको ५६ हजार ६८ रुपैयाँ निर्धारण गरिएको छ।
मध्य तथा सहायक तहका कर्मचारीको तलब पनि वृद्धि भएको छ। नयाँ व्यवस्थाअनुसार वरिष्ठ पाँचौँ तहका कर्मचारीले ४८ हजार ४३७ रुपैयाँ तथा सहायक पाँचौँ तहका कर्मचारीले ४५ हजार ८४१ रुपैयाँ आधारभूत तलब पाउनेछन्। त्यसैगरी, सहायक चौथो तहको आधारभूत तलब ४४ हजार ६३४ रुपैयाँ, सहायक तेस्रो तहको ३७ हजार ४५७ रुपैयाँ, सहायक दोस्रो तहको ३५ हजार ३८२ रुपैयाँ र सहायक प्रथम तहको ३६ हजार २३२ रुपैयाँ कायम गरिएको छ।
सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीको सेवा–सुविधा सुधार गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि तलब वृद्धि गरेको हो। नयाँ तलबमान साउन १ गतेदेखि कार्यान्वयनमा आएकाले स्वास्थ्य सेवाका कर्मचारीले साउन महिनाको तलब नयाँ दरअनुसार प्राप्त गर्नेछन्।
हेल्थपाटी
तपाईँको अभिमत