पोखराको मणिपालमा डाक्टरमाथि कुटपिट, एकजना पक्राउ
अ +
अ -
पोखरास्थित मणिपाल अस्पतालमा तनाव उत्पन्न भएको छ । अस्तपालमा उपचाररत बिरामीको मृत्यु भएपछि बिरामी र चिकित्सबीच तनाव भएको हो ।
अस्तपालमा हिजो उपचारका लागि पुग्नुभएकी लमजुङकी ५७ वर्षीया सुकुमाया दुरा गुरुङको आज बिहान मृत्यु भएको थियो । बिरामीका आफन्तका अनुसार सुकुमायालाई ढाड दुख्ने समस्या र पेसर भएपछि अस्पताल भर्ना गरिएको थियो ।
आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । बिरामीको मृत्यु भएको विषयमा विवाद हुँदा बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरेका हुन् ।
अस्पतालका डाक्टर अनिल शाहमाथि बिरामीका आफन्तले कुटपिट गरेको अस्पतालले जानकारी दिएको छ। डाक्टरलाई हातपात गरेको आरोपमा पोखरा ५ का विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
उमा आले मगर
तपाईँको अभिमत