सञ्चो हस्पिटलका डाक्टर कुटेका ४ जना प्रहरी नियन्त्रणमा
मकवानपुर प्रहरीले हेटौंडास्थित सञ्चो हस्पिटलका चिकित्सकहरूमाथि कुटपिट घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।
हेटौंडाका निजी तथा सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै अगाडि सुरक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेपछि घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
साथै हेटौंडा अस्पतालका डाक्टरहरुले सामूहिक राजिनामा दिएका छन्। हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले अस्पतालमा कार्यरत डाक्टरहरुले शान्ति सुरक्षा र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा बुझाएको जानकारी दिनुभयो ।
बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि बिरामी हेरिरहेकै समयमा सांघातिक आक्रमण भएको थियो । एक महिनाअगाडि अस्पतालमा भर्ना भएका बिरामीको विषयलाई लिएर मृतकका आफन्तले ड्युटीमा खटिरहेकै बेला सांघातिक आक्रमण गरेका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत