पोखरामा डिएसपीले डाक्टरमाथि हातपात गरेको आरोप, डाक्टर प्रहरी नियन्त्रणमा
नेपाल प्रगतिशिल चिकित्सक संघले देशका विभिन्न स्थानमा चिकित्सक एवं स्वास्थ्यकर्मी माथी भएको कुटपिट एवं दुर्व्यहारको घटनामा संल्ग्नलाई कारबाहीको माग गरेको छ ।
संघले विज्ञप्ति निकालेर हालैका दिनहरुमा देशभर चिकित्सक एवं स्वास्थ्यकर्मी माथी भएको हातपात एवं कुटपिट गर्नेलाई कारबाहीको माग गरेको छ ।
लमजुङ अस्पतालमा बिरामी उपचारको क्रममा बिरामी भर्नाको निम्ति आवश्यक मन्जुरीनामा दिन अनुरोध गर्ने क्रममा उपचारमा संलग्न चिकित्सक माथि बेसीशहर नगरपालिका वडा ७ का वडाध्यक्षले आक्रमण गरेका थिए ।
साथै असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा आफन्तले चिकित्सकलाई कुटपिट गरेको संघले जनाएको छ ।
लमजुङ्गबाट सिकिस्त भएर उपचारका लागि रिफर गरिएका अस्पतालमा पुग्दा नै रक्तचाप कम भएर आइसीयुमा राखी उपचार गर्दा पनि नभएर भेन्टिलेटरमा समेत राखी उपचार गर्दै गर्दा मृत्यु भएका बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि सांघातिक हमला गरी टाउकोमा प्रहार गरेको संघका अध्यक्ष डा.मधुर बस्नेतले जानकारी दिनुभयो ।
सो घटनाको शान्तिपूर्ण विरोध गरिरहेका चिकित्सकहरूमाथि थप आक्रमणकारीहरू भेला भई स्वयं प्रहरी प्रशासनकै अघि आक्रमण भएको र अस्पतालमा तोडफोड समेत भएको घटनाप्रति संगठनले गम्भीर ध्यानार्षण भएको जनाएको छ ।
घटनाको जानकारी लिन र आक्रमणमा परेका स्वास्थ्यकर्मीहरूप्रति एक्यवद्धता जनाउन पुग्नु भएका संगठनका गण्डकी प्रदेश संयोजक एवं केन्द्रीय उपाध्यक्ष डा. दिनेश विकलाई मणिपाल अस्पतालबाट निस्कने क्रममा डिएसपी बेद प्रकाश जोशी नेतृत्वको टोलीले सुनियोजित रूपमा लछारपछार गर्दै प्रक्राउ गरेको बस्नेतले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।
प्रहरी भ्यानमै समेत हातपात छातीमा मुक्का प्रहार गरेको साथै अस्पतालमा तोडफोड गर्ने आक्रमणकारीहरू विरुध्द शान्तिपूर्ण प्रदर्शन गरिरहेका रेसिडेन्ट चिकित्सक, इन्टर्न चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरू माथि समेत अन्धाधुन्द लाठीचार्ज गरी घाइते बनाएको विज्ञप्तिमा भनिएको छ ।
विगत दुइ हप्ताको अवधिमा मात्र हेटौडाको सन्चो अस्पतालदेखि कंचनपुर, विराटनगर लमजुंगहुँदै मणिपालसम्म भएका फौजदारी अपराध मानिने अधिकांश घटनामा प्रहरी प्रशासनले अपनाएको आक्रमणकारीहरूप्रतिको मौनताले अझै यस्ता घटनामा बढोत्तरी भएको संघको भनाइ छ ।
चिकित्सकमाथि मुक्का प्रहार गर्ने डिएसपी वेद प्रकाश जोशीलाई तत्काल कार्वाही गर्न, पक्राउ परेका चिकित्सक डा.दिनेश विकलाई तत्काल रिहा गर्न र हेटौडा घटनामा कानूनको पालनामा जानाजान गम्भीर लापरवाही गर्ने प्रहरी प्रमुखमाथि छानबिन गरी कारबाही गर्न संघले माग गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत