स्वास्थ्यकर्मीमाथि आक्रमण : तत्काल कारबाही गर्न माग
कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले निन्दा गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संगठनले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत नरेन्द्र गैरेमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ।
ड्युटीको समयमा अमानवीय र बढनीयतपूर्वक आक्रमण गरी हातपात गरेको प्रती घोर भर्त्सना तथा गम्भीर खेद प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
दोषीमाथि कडा कारवाही गर्न र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने ग्यारेन्टी गर्न सरकारसँग माग गरेको छ।
स्वास्थ्य सेवामा विभिन्न समयमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको गाली र दुर्व्यवहार व्यवहार, कुटपित जस्ता कार्य भइरहनु स्वास्थ्य सेवामा सुशासनको कमी रहेको ठहर संगठनले गरेको छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ बमोजिम तत्काल कारबाही नगरे सम्भीर परिस्थिति उत्पन्न हुने चेतावनी संगठनले दिएको छ।
अहेब गैरेमाथि मंगलबार राति आक्रमण भएको थियो।
हेल्थपाटी 
तपाईँको अभिमत