डाक्टर कुटिएपछि सबै परिवार हिरासतमा, आमाको यस्तो बिलौना(भिडियो)
भदौ २७ गते हेटौँडाको सन्चो अस्पतालमा डा.विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भयो। सो घटना अहिलेसम्म सेलाएको छैन।डाक्टर कुटपिटको विषयलाई लिएर नेपाल चिकित्सक संघले आज आन्दोलन सुरु गरेको थियो।
सरकारसँग वार्ता भएपछि आजै आन्दोलनका कार्यक्रम स्थगित भएको छ। हेटौँडा उपमहानगरपालिका–१२ सिक्रेनीका ४० वर्षीय राजेश प्रधानको मृत्यु भएको विषयलाई लिएर उहाँका परिवारले डाक्टरमाथि हातपात गरेका थिए।
सोही आरोपमा राजेशकी पत्नी, छोरा, छोरी र भतिजालाई प्रहरीले २८ गते पक्राउ गरेको छ। मृतक राजेशकी ८१ वर्षीया आमा बुद्धि माया प्रधान घरमा एक्लै हुनुहुन्छ।
जवान छोराको मृत्युबाट विचलित बन्नुभएकी बुद्धि माया घरका सबै परिवारलाई प्रहरीले लगेर थुनेपछि थप विक्षिप्त हुनुहुन्छ।
आफ्नो पनि मुटुको रोग रहेको र औषधि किनेर ल्याउने मान्छे पनि नभएको गुनासो बुद्धि मायाको छ।
आफूलाई छोराले असाध्यै माया गर्ने र अझै कतैबाट आएर बोलाउछ कि जस्तो लागिरहने उहाँ सुनाउनुहुन्छ।
‘आमा ढोका खोल्नु भन्दै आउछ जस्तो लागेर रातभर निन्द्रा नलाग्ने बुद्धिमायमा बताउनुहुन्छ।
बुद्धिमायाका अनुसार छोरा बितिसक्यो नजाउ भन्दा पनि जान्छु सल्लाह गरेर आउछु भनेर उहाँकी बुहारी, नाति, नातिनी सन्चो अस्पताल गएका थिए।
डाक्टरसँग सल्लाह गरौँ भन्दा ननिस्केको भनेर हात हालेको भन्ने सुनेको बुद्धि मायाका बताउनुहुन्छ।
भोेलिपल्ट २०–२२ जना प्रहरी आएर समाएर लगेको उहाँले जानकारी दिनुभयो। आफूलाई पनि समाएर लैजा भन्दा प्रहरीले नलगेको उहाँको गुनासो छ।
भिडियो
हेल्थपाटी 
तपाईँको अभिमत