चिकित्सक अभावले रोकिएको मानसिक स्वास्थ्य सेवा फेरि सुरु
धनगढी । मानसिक रोग विशेषज्ञ चिकित्सक नहुँदा केही समयदेखि प्रभावित बनेको सेती प्रादेशिक अस्पतालको मानसिक स्वास्थ्य उपचार सेवा पुनः सञ्चालनमा आएको छ।
अस्पतालमा छात्रवृत्ति करारमा मानसिक रोग विशेषज्ञ चिकित्सक नियुक्त भई जिम्मेवारी सम्हालेपछि बहिरङ्ग सेवा पुनः सञ्चालन गरिएको हो। अस्पतालका अनुसार साउन २६ गतेदेखि मानसिक रोगसम्बन्धी ओपीडी सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ।
विशेषज्ञ चिकित्सकको अभावमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीले केही समयदेखि अस्पतालमा नियमित विशेषज्ञ परामर्श लिन पाएका थिएनन्। चिकित्सकको व्यवस्था भएपछि अस्पतालले उक्त सेवा पुनः सुरु गरेको हो।
अब मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका सेवाग्राहीले सेती प्रादेशिक अस्पतालमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचारसम्बन्धी सेवा लिन सक्नेछन्।
अस्पताल प्रशासनले सेवा पुनः सञ्चालनमा आएको जानकारी गराउँदै सम्बन्धित सेवाग्राहीलाई आवश्यक उपचारका लागि अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ।
हेल्थपाटी
तपाईँको अभिमत