खोप लगाएका व्यक्तिहरुबाटै संक्रमण फैलने जोखिम

खोप लगाएको छु भनेर, धेरैले अरुलाई भेट्दा या नजिक हुँदा मास्क नलगाउने दूरी कायम नगरेकोप्रति जनवास्थ्य विज्ञ चिन्तित छन् ।स्वास्थ्य मापदण्ड पालना नगरेकै कारण खोप लगाएका व्यक्तिले अन्यलाई रोग सार्ने जोखिम उच्च देखिएको छ ।
काठमाडौं । जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा खोप लगाएका व्यक्तिहरुबाटै नेपालमा कोरोना फैलने जोखिम बढेको छ । अहिले नेपालमा जम्मा ८ प्रतिशतले मात्रै खोप पाएका छन् । विज्ञहरुका अनुसार संक्रमण सार्ने दर कम हुन देशका कम्तिमा ६० देखि ७० प्रतिशत जनसंख्याले खोप लगाएको अवस्था हुनपर्छ ।
यस्तो अवस्थामा खोप लगाएका व्यक्तिहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान नदिंदा कतै खोप लगाएका व्यक्तिहरुले नै परिवारका अरु सदस्यलाई संक्रमित बनाउने त होइन भन्ने चिन्ता बढेको छ । किनकी अहिले परिवार तथा समुदायका सबै सदस्यहरुले खोप पाएको अवस्था होइन ।
खोप लगाएको छु भनेर, धेरैले अरुलाई भेट्दा या नजिक हुँदा मास्क नलगाउने दूरी कायम नगरेकोप्रति जनवास्थ्य विज्ञ चिन्तित छन् । स्वास्थ्य मापदण्ड पालना नगरेकै कारण खोप लगाएका व्यक्तिले अन्यलाई रोग सार्ने जोखिम उच्च देखिएको छ ।
खोप लगाएका व्यक्तिहरुमा संक्रमण भए उनीहरुमा प्राय लक्षण नदेखिने भएकाले पनि आफू संक्रमित भएको जानकारी उनीहरुलाई हुँदैन । आफू संक्रमित भएको थाहा नपाउने तर उनीहरुले अरुलाई सारेर ती व्यक्तिलाई व्यक्तिलाई गम्भीर बनाएका घटना बढ्न थालेका छन् ।
यस्तै घटनाबाट कतिपयले आफ्नै परिवारका सदस्यसमेत गुमाएका छन् ।
खोप लगाएका व्यक्तिहरुमा संक्रमण भए उनीहरुमा प्राय लक्षण नदेखिने भएकाले पनि आफू संक्रमित भएको जानकारी उनीहरुलाई हुँदैन । आफू संक्रमित भएको थाहा नपाउने तर उनीहरुले अरुलाई सारेर ती व्यक्तिलाई व्यक्तिलाई गम्भीर बनाएका घटना बढ्न थालेका छन् ।
यस्तै घटनाबाट कतिपयले आफ्नै परिवारका सदस्य समेत सदस्य गुमाएका छन् ।
घटना १.
केहीदिन अगाडिमात्रै एकजना डाक्टरले अरुलाई सचेत गराउँदै फेसबुकमास्टाटस लेख्नुभयो ।
मेरो घरमा आमा र हजुरआमाबाहेक सबै स्वास्थ्यकर्मी, मेरी बहिनी, श्रीमती, बुबा र म। हामीले धेरै सवधानी अपनाउँदा अपनाउँदै ९५ वर्षकी मेरी हजुरआमा जो सामान्य हिँडडुल गर्न पनि सक्नु हुन्नथ्यो, उहाँलाई कोरोना रोगले समात्यो।
रोग हामीमध्ये कसैलाई लागेर उहाँमा सर्यो, तर हामीलाई कोरोनाको लक्षण आएन।
उहाँले ६ दिनअगाडि मात्रै आफ्नी हजुरआमालाई कोरोनाकै कारण गुमाउन पर्यो । उहाँलाई लागेको छ, परिवारका अरु सदस्यबाट हजुरआमालाई रोग सरेको हो । सावधानी अपनाउँदा अपनाउँदै, लक्षण नदेखिएकै कारण हजुर आमालाई रोग सरेको पत्तो नपाएको उहाँको निष्कर्ष छ ।
घटना २.
काठमाडौं उपत्यकाको एक रेडियोमा कामगर्ने पत्रकार जसले कोरोनाको दुवै डोज खोप लिइसक्नु भएको छ । घरमा उहाँसँगै श्रीमती र ७ महिने छोरी हुनुहुन्छ ।
कोरोनाबाट जोगिन अरु बेलामासमेत बाहिर ननिस्कने त्यसमा पनि अहिले निषेधाज्ञा । श्रीमती र छोरी घरबाट बाहिर निस्केकै छैनन् । र, पनि श्रीमतीलाई कोरोना संक्रमण भएको छ, उहाँको अवस्था सामान्य छ ।
ती पत्रकारका अनुसार अफिसमा केही सहकर्मीलाई संक्रमण हुँदा उहाँलाई कुनैपनि लक्षण देखिएन । घरबाट बाहिर ननिस्किएको व्यक्तिलाई संक्रमण हुनुले लक्षणबिहीन अवस्थामा आफूलाई संक्रमण भएर श्रीमतीलाई कोरोना सरेको अनुमान उहाँको छ । कन्ट्याक्ट ट्रेसिङमा परेको तर कुनै पनि लक्षण नदेखिएका व्यक्तिहरुले कोरोना परीक्षण गर्न नपर्ने भनिएको छ । सोही अनुसार उहाँले पनि परीक्षण गर्नुभएन ।
यी प्रतिनिधि घटना मात्रै हुन् । नेपालमा खोप लगाएका व्यक्तिले कतिलाई रोग सारे भन्ने निश्चित आँकडा नभएको तर खोप लगाएकाले स्वास्थ्य मापदण्ड पालना नगर्दा परिवारमा रोग सारी गम्भीर अवस्थामा पुर्याइरहेको हुनसक्ने अनुमान गर्नुहुन्छ, खोप विज्ञ डा.श्यामराज उप्रेती । यद्यपी यसबारे नेपालमा कुनै अध्ययन भएको छैन ।
‘खोप लगाइँसके मलाई केही हुँदैन भन्ने भावना उहाँहरुमा देखिन्छ, काम सँगसँगै जमघटमै हुनुन्छ’ उप्रेती सुनाउन हुन्छ, ‘घर जानुहुन्छ परिवारसँग बस्दा मास्क लगाउनुहुन्न, अलि टाढा बस्नुहुन्न । खोप लगाएपछि संक्रमणनै नहुने होइननी सिकिस्त पो नबनाउने हो ।’
विभिन्न अध्ययनका अनुसार कुनै पनि देशमा अरु व्यक्तिमा कोरोना सर्नेदर कम हुन कम्तिमा ६० देखि ७० प्रतिशत जनसंख्याले खोप पाएको हुनुपर्छ । नेपालमा हालसम्म करिब ८ प्रतिशत जनसंख्याले मात्रै खोप पाएका छन् । यो अवस्थामा स्वास्थ्यका मापदण्डलाई ख्याल नगर्ने हो भने खोप लगाएकाबाटै संक्रमण फैलने जोखिम अत्याधिक रहेको डा.उप्रेती बताउनुहुन्छ ।
खोप लगाएपछि संक्रमित भएकाहरु आफूलाई स्वास्थ्यमा समस्या नदेखिएको,नभएको र छिट्टै निको भएको अनुभव सुनाउँछन् । गम्भीर र सिकिस्त भएका संक्रमितमध्ये धेरैजसो खोप नलगाएका नै रहेको अस्पतालहरुमा आएका बिरामीको अवस्थाले देखाएको छ । खोपले मृत्युदर र जटिलतालाई कम गरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ ९गतेसम्म नेपालमा हालसम्म करिव २७ लाख जनाले कोरोना खोप पाएका छन् जसमा पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा करिव ५ लाख ५३ हजार ५८९ जनाले पाएका छन् ।
जसमा १५ लाख ७३ हजार जनाले दोस्रो मात्रा लगाउन बाँकी छ । यसमध्ये कोभिशिल्डको दोस्रो मात्रा लगाउनेको संख्या १३ लाख ६४ हजार ७०१ रहेको छ । यी सबैले जेठको तेस्रो सातासम्म दोस्रो मात्रा लगाउनुपर्छ ।
खोप विज्ञ उप्रेती दोस्रो मात्रा लगाउने अवधिमै खोप नलगाए त्यसपछिका दिनहरुमा उनीहरुमा संक्रमणको जोखिम बढ्दै जाने बताउनुहुन्छ । पहिलो मात्रा लगाएको ३ महिनासम्म मात्रै खोपको प्रभावकारिता देखिएकाले समयमै दोस्रो मात्रा लगाउनु पर्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार यसको अर्थ के हो भने, पहिलो मात्रा लगाएको १२ हप्तासम्म संक्रमण जोखिम कम हुन्छ । हामीले कोभीशिल्ड ८ देखि १२ हप्ताभित्र लगाइसक्नुपर्छ । यदि १२ हप्तापछि मानौं ४, ५, ६ महिनासम्म दोस्रो मात्रा लगाउन पाएनौँ भने खोप लगाएको ३ महिनापछि देखि दोस्रो मात्रा लगाउन नपाएको अवधिमा संक्रमणको खतरा धेरै रहने रहन्छ ।
‘६५ वर्षमाथिका ९ लाख जेष्ठ नागरिकले दोस्रो मात्रा लगाउनु पर्नेछ । उनीहरु महामारी सुरुभएदेखिनै संक्रमणको उच्च जोखिममा छन्’ उप्रेतीले भन्नुभयो ।
भाइरोलिजिष्ट एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.वासुदेव पाण्डे, पनि यदि खोप लगाएका व्यक्तिमा संक्रमण भइहाले उनीहरु लक्षण विहिन अवस्थामा संक्रमित भइरहेको हुनसक्ने भएकाले उनीहरुले अन्यलाई सार्ने सम्भावना धेरै भएको बताउँनुहुन्छ ।
यस विषयमा राम्रो अध्ययन भने अहिले भइनसकेको भन्दै उहाँले खोप लगाएको छ भन्दैमा स्वास्थ्य मापदण्ड पालना नगर्ने, लापरवाही गर्ने क्रियाकलाप नगर्न आग्रह गर्नुभयो ।
अहिलेसम्म क–कसले पाए कोरोना खोप
नेपालमा माघ १४ बाट खोप अभियानको शुभारम्भ भयो । पहिलो चरणको उक्त अभियान फागुन १० गतेसम्म चल्यो । सो समयमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयमेसेविका, एम्बुलेन्स चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, पत्रकार, कूटनीतीज्ञक नियोगका कर्मचारी, कैदी, बैंकका कर्मचारी, सरकारी कर्मचारीहरुले पहिलो मात्रा लगाएका थिए।
उनीहरुलाई उनीहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिइएको थियो । अहिले बाँकी रहेको कोभिशिल्डको करिब १ लाख मात्रा यसअघि दोस्रो मात्रा लिन छुटेका अग्रपंक्तिमा खटिएका तथा पहिलो प्राथमिकतामा परेका व्यक्तिहरुलाई दिइंदैछ ।
यसैगरी फागुन २३ देखि चैत ३ गतेसम्म दोस्रो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूह, महाविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायातका चालक, सह–चालकहरुले खोप पाएका थिए ।
नेपालमा खोप दिइने भनिएको १८ वर्षमाथिका करिब २ करोड १७ लाख जनसंख्या छ । उनीहरु सबैलाई जतिसक्यो चाँडो खोप उपलब्ध गराउने आश्वासन सरकारले दिँदै आएको छ ।
तपाईँको अभिमत