‘नेपालको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउन समर्पित छौँ'
अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा २९ वर्षमा ३ सयभन्दा बढी परियोजनाहरू सम्पन्न

वासिङ्टन डिसी: अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को २९औं वार्षिक सम्मेलन तथा साधारण सभा जुन १३ देखि १५ सम्म वासिङ्टन डिसीमा हुँदैछ ।
एएनएमएफका अनुसार सम्मेलनमा अमेरिकाका विभिन्न राज्य, नेपाल र बेलायतबाट करिब ३०० जना नेपाली चिकित्सक तथा आमन्त्रित विज्ञहरूको सहभागिता रहने छ ।
यो सामाग्री तयार पार्दासम्म २५० भन्दा बढी चिकित्सकले सम्मेलनमा सहभागी हुन नाम दर्ता गराइसकेका छन् । सम्मेलनमा नेपाली सांस्कृतिक कार्यक्रम पनि हुनेछ । सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि डायस्पोरामा रहेका नेपाली चिकित्सकको एकतालगायतका विषयमा बृहत् छलफल हुनेछ ।
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को २९औं वार्षिक सम्मेलन तथा साधारण सभा जुन १३ देखि १५ सम्म वासिङ्टन डिसीमा हुँदैछ ।
तीनदिने सम्मेलनमा, नेपालमा बाल स्वास्थ्यसँग सम्बन्धित चुनौती र अवसर, स्वास्थ्य शिक्षा र सीप विकासमा डायस्पोरा चिकित्सकहरूको योगदान तथा भविष्यमा उनीहरूले खेल्नुपर्ने भूमिकाबारे गहन छलफल हुनेछ ।
सम्मेलनमा नेपाली तथा अन्तर्राष्ट्रिय विज्ञहरूले अनुभव आदानप्रदान र नेपालमा स्वास्थ्य प्रणाली मजबुत बनाउने उपायहरूमा छलफल गर्नेछन् । साथै उनीहरूले स्वास्थ्य सेवा, प्रविधि, अनुसन्धान र नेपाली समुदायमा चिकित्सा पहुँच सुधारका लागि गर्नुपर्ने काम लगायतका विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
साथै साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । एएनएमएफमा ५४० जना आजीवन सदस्यसहित ६०० सदस्यहरू आवद्ध छन् । अमेरिकामा ३००० नेपाली डाक्टरसहित नर्स तथा स्वास्थ्यकर्मी गरी करिब ५००० हाराहारीमा बसोबास गरिरहेको अनुमान छ ।
सन् १९९७ मा नेपाली डाक्टरहरू र नेपाललाई माया गर्ने अमेरिकी डाक्टर तथा समाजसेवीहरूको समूहले अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)को स्थापना गरेको थियो । एएनएमएफको संस्थापक अध्यक्ष डा. अर्जुन कार्की हुनुन्छ ।
साधारणसभा नजिकिँदै गर्दा, यस-पटकको सम्मेलनका मुख्य एजेन्डा, कार्यान्वयन योजना, हालसम्मका उपलब्धि र चुनौती, डायस्पोरा चिकित्सकहरूको संलग्नता, सञ्जाल विस्तार, तथा नेपाल सरकारसँगको समन्वय र नीति निर्माणमा एएनएमएफको भूमिका जस्ता विषयहरू सान्दर्भिक छन् ।
यी विषयमा हेल्थपाटीका लागि जगन्नाथ ढकाल र तुलसा घिमिरेले एएनएमएफका अध्यक्ष डा. विष्णु सापकोटासँग कुरा गर्नुभएको छ । प्रस्तुत छ उहाँसँगको संवादको सम्पादित अंश :
यस पटकको सम्मेलनको मुख्य एजेन्डाहरू के-के छन् र ती कसरी कार्यान्वयनमा लैजाने योजना छ?
स्थापनाकालदेखि नै अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) नेपालको स्वास्थ्य सेवा सुधारका लागि दृढ प्रतिबद्धताका साथ लागिरहेको छ । विगत २९ वर्षको अवधिमा हामीले ३ सयभन्दा बढी परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेका छौँ । हाम्रो संस्था गैर–नाफामूलक संस्था हो, जसमा विविध स्वास्थ्य क्षेत्रमा विशेषज्ञता प्राप्त जनशक्ति संलग्न छन् ।
हामी नेपालको स्वास्थ्य क्षेत्रमा क्षमता अभिवृद्धिमा विशेष ध्यान दिन्छौँ । हामीले विशेषगरि ६ वटा पिल्लरमा काम गरिरहेका छौ,जसमा पूर्वाधार विकास, जनशक्ति तालिम,अनुसन्धान र शिक्षा कार्यक्रमहरू मुख्य रूपमा समावेश छन् ।
हामी नेपालको स्वास्थ्य क्षेत्रमा क्षमता अभिवृद्धिमा विशेष ध्यान दिइरहेका छौं । हामीले विशेषगरि ६ वटा पिल्लरमा काम गरिरहेका छौ,जसमा पूर्वाधार विकास, जनशक्ति तालिम,अनुसन्धान र शिक्षा कार्यक्रमहरू मुख्य रूपमा समावेश छन् ।
चिकित्सा ज्ञानलाई अगाडि बढाउन अनुसन्धानलाई प्रोत्साहन गर्नु, स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न टेलिमेडिसिनमा ध्यान केन्द्रित गर्नु, नेपाली तथा अन्तर्राष्ट्रिय चिकित्सा पेशामा आबद्धहरूबीच ज्ञान आदानप्रदानको वातावरण तयार पार्नु, सार्वजनिक स्वास्थ्य कार्यक्रमलाई प्रवद्र्धन गरेर समग्र स्वास्थ्य परिणाममा सुधार ल्याउनु र विपत् व्यवस्थापनमा सक्रिय सहभागिता जनाउनु हाम्रो प्रमुख उद्देश्यहरू हुन् । यी उद्देश्यहरू प्राप्त गर्न हामी निरन्तर प्रयासरत छौँ ।
एएनएमएफ स्थापना भएको २९ वर्षमा संस्थाको उपलब्धिहरू के - के रहे ?
हामी विश्वास गर्छौँ कि, साना - साना परियोजनाबाट पनि ठूलो परिवर्तन सम्भव छ । यही सोचका साथ एएनएमएफले विगतमा नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न क्षेत्रमा सहकार्य गरेको छ ।
सन् २००४ मा हाम्रो प्रयासले नेपालमा पहिलोपटक स्पीच थेरापी प्रशिक्षण कार्यक्रम सुरु भयो, जुन काठमाडौंको मोडल अस्पतालमा सञ्चालन गरिएको थियो।
एक समय नेपालमा महिलाहरूको प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको पाठेघर खस्ने समस्यालाई सम्बोधन गर्न एएनएमएफले जनचेतना अभिवृद्धिमा जोड दियो ।
जनचेतना फैलाउने मात्र होइन, सरकारलाई नीतिगत तहमा सम्बोधन गर्न दबाव दिनेसम्मका पहल गरेका छौँ । परिणामस्वरूप, नेपाल सरकारले पाठेघर खस्ने समस्या भएका महिलाहरूका लागि निःशुल्क शल्यक्रिया उपचार सेवा उपलब्ध गराउन थाल्यो । साथै, यस कार्यक्रमलाई औपचारिक रूपमा महिला तथा बाल स्वास्थ्य सेवा नीतिमा समावेश गरियो ।
सन् २००५ र २००६ मा गौरीशंकर अस्पतालमा हामीले सञ्चालन गरेको पाठेघर खस्ने परियोजनाले सरकारलाई पाठेघर खस्ने समस्यालाई जनस्वास्थ्यको रूपमा सम्बोधन गर्न प्रेरित गरेको थियो ।
सन् २००७ मा एएनएमएफले बीज कोषमार्फत ग्रामीण स्वास्थ्य सेवा वितरणका लागि एक अद्वितीय सार्वजनिक–निजी साझेदारी (Public-Private Partnership) मोडेल स्थापना गर्यो, जुन हाम्रो संस्थाको महत्वपूर्ण उपलब्धि हो । हामी सधैं ग्रामीण जनशक्ति तालिममा केन्द्रित रहँदै आएका छौँ । २००६ मा निक साइमन इन्स्टिच्युटले तालिमका लागि महत्वपूर्ण सहयोग प्रदान गरेको थियो।
नेपाली चिकित्सकहरूलाई चिकित्सा शिक्षा र तालिम प्रदान गर्ने हाम्रो दीर्घकालीन लक्ष्यअनुरूप, बाल चिकित्सा हेरचाहमार्फत शिशुको जीवन जोगाउन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालमा पहिलो पटक पिआइसियू (Pediatric Intensive Care Unit) फेलोशिप कार्यक्रम स्थापना गर्न हामी सफल भयौं। यो कार्यक्रम सुरु गर्न प्रतिष्ठानमा आवश्यक पूर्वाधार निर्माणका लागि हामीले करिब २८ हजार अमेरिकी डलर सहयोग गरेका थियौं ।
सन् २०२१ मा सुरु गरिएको यो कार्यक्रम अहिले प्रतिष्ठानबाटै सञ्चालनमा छ, र यसले नवजात शिशु तथा बालबालिकाको सघन हेरचाह सेवाको पहुँचमा उल्लेखनीय सुधार ल्याउने हाम्रो अपेक्षा रहेको छ ।
एएनएमएफ तालिम र जनशक्ति विकासमा सीमित छैन, हामी स्वास्थ्य पूर्वाधार निर्माणमा पनि लागिरहेका छौँ । सन् २००९ मा लुम्बिनी आँखा अस्पतालमा नेपालको तराई क्षेत्रमा पहिलो कोर्नियल प्रत्यारोपण एकाइ स्थापना गर्न सहयोग गर्यौं, जुन दृष्टिविहीनको उपचारमा महत्वपूर्ण कदम थियो ।
प्रत्येक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा हाम्रो संस्थाले नेतृत्व लिएर काम गर्यो । हाम्रै प्रयासमा २०७२ सालको भूकम्पपछि शिक्षण अस्पताल महाराजगञ्जमा अक्सिजन प्लान्ट जडान गरियो, त्यसअघिसम्म केन्द्रिय अस्पताल शिक्षण अस्पताल,जसले सिलिण्डरको भरमा अक्सिजनको सेवा दिइरहेको थियो । कोभिड पछि अस्पतालहरूमा अक्सिजन प्लान्टको महत्वलाई दर्शायो ।
आगामी केही वर्षसम्म विशेष रूपमा बाल स्वास्थ्य हेरचाह र क्यान्सर स्क्रिनिङमा हाम्रो ध्यान रहनेछ । हामी काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नवजात शिशुहरूको सघन हेरचाहका लागि नियोनेटल इंटेन्सिभ केयर युनिट परियोजनालाई अझ मजबुत बनाउँदै अगाडि बढाउने योजना बनाएका छौँ।
आज अधिकांश जिल्ला अस्पतालहरूमा अक्सिजन आपूर्ति सहज भएको सुन्दा हामीलाई खुशी लाग्छ । सन् २०२० मा वीर अस्पतालमा अत्याधुनिक सिमुलेशन प्रयोगशाला निर्माणमा सहयोग गर्यौं जसले स्वास्थ्यकर्मीहरूलाई व्यवहारिक तालिम दिन मद्दत पुर्याइरहेको छ ।
त्यस्तै, जलन उपचार सेवालाई मजबुत बनाउन सन् २०२३ मा किर्तिपुर अस्पतालमा आइसियू जडानमा १ लाख अमेरिकी डलर बराबरको सहयोग गर्यौं । साथै, ग्रामीण स्वास्थ्य सुधारका लागि सन् २०२४ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ब्लड बैंक निर्माणमा १ लाख डलर सहयोग गर्यौ । अब एक महिनाभित्र उक्त ब्लड बैंक सञ्चालनमा आउने जानकारी हामीलाई प्राप्त भएको छ, जुन कर्णाली प्रदेशका लागि निकै सकारात्मक खबर हो ।
भूकम्पको समयमा हामीले नेपालभर १४ वटा हेल्थपोस्ट सञ्चालन गर्यौं, जसका लागि २ मिलियन डलर संकलन गरिएको थियो। कोभिड महामारीका दौरान पनि हामीले उपचार, ज्ञान आदानप्रदान, अक्सिजन व्यवस्थापन र अन्य आवश्यक सहयोगमा निरन्तर साथ दिएका थियौँ ।नेपालमा हाम्रो पार्टनर संस्था ‘अमेरिका नेपाल मेडिकल फाउण्डेसन नेपाल’ छ, त्यसबाट केही कामहरु भइरहेका छन् ।
एएनएमएफको भावी योजना के छ ?
हाम्रो ज्ञान र विज्ञतालाई नेपालमा रहेका स्वास्थ्यकर्मीसँग निरन्तर आदानप्रदान गर्ने काममा हामी केन्द्रित छौँ ।
आगामी केही वर्षसम्म विशेष रूपमा बाल स्वास्थ्य हेरचाह र क्यान्सर स्क्रिनिङमा हाम्रो ध्यान रहनेछ । हामी काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नवजात शिशुहरूको सघन हेरचाहका लागि नियोनेटल इंटेन्सिभ केयर युनिट परियोजनालाई अझ मजबुत बनाउँदै अगाडि बढाउने योजना बनाएका छौँ।
त्यस्तै, क्यान्सर स्क्रिनिङलाई अझ पहुँचयोग्य बनाउन मोबाइल मेमोग्राम युनिट सञ्चालन गर्ने हाम्रो सोच पनि छ । यी योजनाहरूले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास हामीलाई छ ।
कार्यक्रम सञ्चालन गर्दा हामी स्वास्थ्य क्षेत्रमा काम गरिरहेका अन्य संघसंस्थासँग समन्वयलाई अत्यन्त प्राथमिकता दिन्छौ । जस्तो मानसिक स्वास्थ्यका क्षेत्रमा हेल्थ फाउन्डेसन नेपाल र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले मानसिक स्वास्थ्य र अन्य केही क्षेत्रमा निकै राम्रो काम गरिरहेका छन्। अब हामीले के गर्यौं भने उहाँहरूले गर्ने काम अब हामीले डुब्लिकेट नगर्ने, उहाँहरूलाई नै सहयोग गर्ने ।
स्रोत, समय र प्रयासको दोहोरो प्रयोग नहोस्, र सबैको काम एकअर्कालाई सघाउने बनोस भन्न् हामी सोच्छौँ । समन्वयमार्फत साझा उद्देश्यमा सहकार्य गर्न सकियो भने, प्रभाव पनि गहिरो र दीर्घकालीन हुन्छ । सुन्दा एएनएमएफ डाक्टरहरूको संस्था जस्तो लाग्छ तर यहाँ जो कोही नेपालीले सदस्यता लिन सक्छन् ।
नेपाल सरकारको सहयोग विना त कुनै काम गर्न सकिदैँन । सन् २०२४ मा मन्त्रालयले नेतृत्व गरेर पहिलोपटक नेपाल हेल्थ कनक्लेभ आयोजना गर्यो, जसले डायस्पोरालाई समेट्ने एउटा महत्वपूर्ण अवसर पनि प्रदान गर्यो।
डायस्पोरामा रहेका नेपाली स्वास्थ्यकर्मीलाई संस्थामा कसरी संलग्न गराइएको छ ?
डायस्पोरामा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई एएनएमएफसँग संलग्न गराउने काममा हामी सक्रिय छौँ। नेपालबाट अमेरिका आउने लगभग सबै स्वास्थ्यकर्मीहरूले हाम्रो संस्थाको बारेमा थाहा पाउँछन् र सदस्यता लिने प्रक्रियाबारे पनि जानकारी राख्छन् ।
हामी स्वास्थ्यकर्मीहरू मात्र होइन, अन्य क्षेत्रका नेपालीहरूलाई पनि हाम्रो संस्थामा आवद्ध हुन प्रोत्साहित गरिरहेका छौँ । सुन्दा एएनएमएफ डाक्टरहरूको संस्था जस्तो लाग्छ तर यहाँ जो कोही नेपालीले सदस्यता लिन सक्छन् । संस्थाका पूर्व कार्यकारी तथा संस्थापकहरूमा पनि स्वास्थ्यकर्मी नभएका व्यक्तिहरू छन्, र अहिले पनि धेरै सदस्यहरू स्वास्थ्यकर्मी होइनन्।
सदस्यताका लागि विद्यार्थीका लागि वार्षिक १५ डलर, नियमित सदस्यताका लागि १०० डलर, र आजीवन सदस्यताका लागि १ हजार डलर शुल्क निर्धारण गरिएको छ ।
नेपाल सरकारसँग एएनएमएफको समन्वय कस्तो छ ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । नेपाल सरकारको सहयोग विना त कुनै काम गर्न सकिदैँन । सन् २०२४ मा मन्त्रालयले नेतृत्व गरेर पहिलोपटक नेपाल हेल्थ कनक्लेभ आयोजना गर्यो, जसले डायस्पोरालाई समेट्ने एउटा महत्वपूर्ण अवसर पनि प्रदान गर्यो।
अमेरिका नेपाल मेडिकल फाउण्डेसन’ले डायस्पोरामा रहेका नेपाली स्वास्थ्यकर्मीलाई एकीकृत गर्नपर्छ भन्ने थियो । उनीहरूको अनुभव, सीप, र ऊर्जा हाम्रो संस्थासँग जोडिँदा हामीले धेरै ठूलो प्रभाव पार्न सक्छौँ।
सम्मेलनमा प्रवासमा रहेका नेपाली स्वास्थ्यकर्मी, विज्ञ तथा चिकित्सकलाई नेपालको स्वास्थ्य सेवा तथा प्रणाली सुधारमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष छलफल भएको थियो । कन्क्लेभमा १० बुँदे निर्णयहरू लिइएका थिए, जसमा खासगरी स्वास्थ्य मन्त्रालय अन्तर्गत डायस्पोरा इनगेजमेन्ट युनिट खोल्ने निर्णय प्रमुख छ । यस युनिटको स्थापना भएपछि डायस्पोरालाई प्रभावकारी रूपमा जोड्न र समन्वय गर्न सकिन्छ । यसले नेपाल र डायस्पोराबीचको स्वास्थ्य सम्बन्धलाई अझ मजबुत बनाउनेछ ।
नेपाली स्वास्थ्यकर्मीहरूको ग्लोबल नेटवर्कको रुपमा स्थापित हुन एएनएमएफ कसरी बढेको छ ?
मैले नेतृत्व लिएपछि केही विषयमा उद्घोष गरेको थिँए । जसमा ‘अमेरिका नेपाल मेडिकल फाउण्डेसन’ले डायस्पोरामा रहेका नेपाली स्वास्थ्यकर्मीलाई एकीकृत गर्नपर्छ भन्ने प्रमुख थियो । उनीहरूको अनुभव, सीप, र ऊर्जा हाम्रो संस्थासँग जोडिँदा हामीले धेरै ठूलो प्रभाव पार्न सक्छौँ।
अहिले पनि एएनएमएफ नेपाली स्वास्थ्यकर्मीहरूको ग्लोबल नेटवर्कको रुपमा छँदैछ । भूकम्प, कोभिड १९, बाढी पहिरो जस्ता विपद्को समयमा हामीले संसारभर रहेका नेपाली स्वास्थ्यकर्मीलाई एकीकृत गरि नेपाललाई सहयोग गरिरहेका छौँ । डायस्पोराबाट नेपालमा गरिने हेल्थ केयर सम्बन्धि ठुला - ठुला काममा हामीले नेतृत्व लिनेछौ ।
डायस्पोरामा रहेका विशेषज्ञहरूलाई नेपालमा नीति निर्माण, तालिम वा आपत्कालीन सेवामा कसरी उपयोग गर्न सकिन्छ?
डायस्पोरामा रहेका विशेषज्ञहरूलाई नेपालमा नीति निर्माण, तालिम र आपत्कालीन सेवामा समावेश गर्न डायस्पोरा इनगेज युनिटको स्थापना अत्यन्तै महत्वपूर्ण हुनेछ । यो युनिटले कामलाई सजिलो र प्रभावकारी बनाउने छ ।
हामीसँग ज्ञान, सीप र क्षमता छ, र ती सबैलाई नेपालमा राम्रोसँग उपयोग गर्न मुख्य एजेन्डा बनाउनु पर्छ। यसका लागि नेपालका स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र चिकित्सक संघ जस्ता सबै मुख्य निकायहरूलाई साथ लिएर अघि बढ्न जरुरी छ ।
हामीसँग ज्ञान, सीप र क्षमता छ, र ती सबैलाई नेपालमा राम्रोसँग उपयोग गर्न मुख्य एजेन्डा बनाउनु पर्छ। यसका लागि नेपालका स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र चिकित्सक संघ जस्ता सबै मुख्य निकायहरूलाई साथ लिएर अघि बढ्न जरुरी छ ।
जब यो युनिट मन्त्रालयअन्तर्गत आयो भने, डायस्पोरामा रहेका स्वास्थ्यकर्मीहरूको ज्ञान र अनुभवलाई नेपालमा सजिलै प्रयोग गर्न सकिनेछ ।
संस्थाले हाल भोगिरहेको प्रमुख चुनौतीहरू के–के छन् ?
गैर नाफामुलक संस्थालाई कोषको नै समस्या हुन्छ । संस्थाप्रति आशा धेरै हुन्छ तर कोष सीमित रहेको हुन्छ । त्यसपछि संस्थालाई विवादरहित कसरी बनाउने भन्ने रहन्छ । यो संस्था स्वयंसेवककै भरमा चलेको छ । हाम्रो संस्था सञ्चालनको मुख्य दाता भनेको नै हाम्रा सम्पूर्ण सदस्यहरू हुन् ।
सदस्यहरूले संस्थाका लागि आफ्नो रोजीरोटी गरेर बाँकी रहेको समयलाई उपयोग गर्ने हो । ‘समय मात्र होइन, गोजीबाटै खर्च गरेर सेवा गरिरहेका छौँ । सदस्यहरूको ऊर्जा र उत्साह कायम राख्न चुनौतीपूर्ण हुन्छ ।
तपाईँको अभिमत