हङकङमा भीषण आगलागी, कम्तिमा ४४ जनाको मृत्यु, २७९ अझै बेपत्ता
हङकङको ताई पो जिल्लास्थित वाङ फुक कोर्ट आवासीय क्षेत्रमा लागेको भीषण आगलागीमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । बीबीसी समाचारका अनुसार अझै २७९ जना सम्पर्कमा आइसकेका छैनन् ।
सयौँको सङ्ख्यामा घाइतेलाई अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । भर्ना गरिएकामध्ये ४५ जना गम्भीर रहेको साउथ चाइना मर्निङ पोस्टले समाचार लेखेको छ ।
आगलागी नियन्त्रणका लागि ८ सयभन्दा बढी दमकलकर्मी परिचालन गरिएका छन्। आठवटा भवनमध्ये चारवटामा मात्रै आगो नियन्त्रणमा आएको बताइएको छ।
यस आगलागीलाई हङकङमा प्रचलित सर्वाधिक गम्भीर मानिने लेवल–५ को आगलागीका रूपमा वर्गीकृत गरिएको छ।
आगो छिट्टै फैलिनुमा बाँस, पोलिस्टाइरीन फोम जस्ता अत्यधिक ज्वलनशील सामग्री प्रयोग भएको आशंका गरिएको छ। यसै प्रकरणमा प्रहरीले निर्माण कम्पनीका तीन उच्च अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत