आधुनिक दन्त उपचार सेवाको उद्देश्यसहित ‘अल्फा केयर डेन्टल’ उद्घाटन
अल्फा बेटा कम्प्लेक्समा आधुनिक दन्त उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित शुक्रबार ‘अल्फा केयर डेन्टल’को औपचारिक उद्घाटन गरिएको छ।
उक्त क्लिनिकको उद्घाटन राष्ट्रियसभा सदस्य सुनिल थापाले गर्नुभएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा नेपालस्थित इजरायली दूतावासका उप–मिशन प्रमुख जनन बेबर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर बश्याल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थिति रहेको थियो । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र बी एण्ड सी मेडिकल कलेजका प्रबन्ध निर्देशक रामबाबु गिरीको पनि उपस्थिति रहेको थियो ।
अल्फा बेटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) द्विराज शर्माका अनुसार क्लिनिकले नेपालमै उत्कृष्ट दन्त उपचार, उन्नत डायग्नोस्टिक्स र समग्र स्वास्थ्य सेवाको विश्वसनीय केन्द्र बन्ने लक्ष्य लिएको छ। साथै, अन्तर्राष्ट्रिय स्तरको चिकित्सकीय दक्षता र उत्कृष्ट सेवामार्फत बिरामीलाई उच्चस्तरीय अनुभव प्रदान गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
‘अल्फा केयर डेन्टल’ले बालबालिकादेखि वयस्कसम्मका लागि सम्पूर्ण दन्त सेवा, रोकथाम तथा पुनर्स्थापना उपचार र नियमित जाँच सेवा उपलब्ध गराउनेछ। क्लिनिकमा अत्याधुनिक स्टेरिलाइजेसन, सक्सन तथा कम्प्रेसन प्रणालीको व्यवस्था गरिएको छ।
यस क्लिनिकले आधुनिक प्रविधिसहित एकै स्थानबाट गुणस्तरीय सेवा प्रदान गर्दै स्वदेशी तथा विदेशी बिरामीलाई आकर्षित गर्ने लक्ष्य राखेको सीईओ शर्माले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत