शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६ महिनामा १०० मिर्गौला प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा ६ महिनामा १०० जनाको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । डा. कल्पनाकुमारी श्रेष्ठ कार्यकारी निर्देशक भए यता १०० जनाको मिर्गौला प्रत्यारोपण गरिएको हो ।
युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठको नेतृत्वमा ती प्रत्यारोपण गरिएका हुन् ।
केन्द्र स्थापना भएको करिब १४ वर्षको अवधिमा हालसम्म कूल १६०६ जनाको मिर्गौला र ३६ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । सीमित स्रोत साधन हुँदाहुँदै पनि केन्द्रमा प्रत्येक साता ४ देखि ६ जनाको मिर्गौला प्रत्यारोपण भइरहेको सर्जन डा. दिपेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष ०८२÷०८३ को अन्त्यसम्ममा २०० जनाको मिर्गौला प्रत्यारोपण गर्ने केन्द्रको लक्ष्य रहेको छ ।
नेपालको मानव अङ्ग प्रत्यारोपण क्षेत्रमा केन्द्रले ऐतिहासिक उपलब्धिहरू हासिल गर्दै आइरहेको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताउनुभयो । केन्द्रको नेतृत्वमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, एकै दिन चार जनामा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण, एकै जान व्यक्तिमा मिर्गौला तथा कलेजो प्रत्यारोपण, तथा एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण जस्ता उपलब्धिहरू केन्द्रले हासिल गरेको उहाँले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत