एनएमए निर्वाचनः अध्यक्षमा डा. मंगल रावल र महासचिवमा डा.खत्री अगाडी
काठमाडौँ। नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचनमा हालसम्म २,७२९ मतपत्र गणना सम्पन्न भएको छ।
प्रारम्भिक मतपरिणामले संघको नयाँ नेतृत्व चयनका लागि कडा प्रतिस्पर्धा भइरहेको संकेत गरेको छ।
अध्यक्ष पदतर्फ डा मंगल रावल १,२५६ मत ४६.४७ सहित अग्रस्थानमा रहनुभएको छ। उहाँलाई डा बद्री रिजाल ले १,१४१ मत ४२.२१ सहित पछ्याइरहनुभएको छ। डा. नारायण प्रसाद भुसाल ३०६ मत ११.३२ सहित तेस्रो स्थानमा हुनुहुन्छ।
वरिष्ठ उपाध्यक्ष पदमा डा सञ्जीव तिवारी १,०८८ मत ४१.९४ प्रतिशत सहित अग्रता लिनुभएको छ भने डा. किर्तीपाल सुबेदी १,०६२ मत ४०.९४ प्रतिशत सहित झिनो मतान्तरमा पछ्याइरहनुभएको छ। डा. अजय कुमार मिश्रले ४४४ मत प्राप्त गर्नुभएको छ।
महासचिव पदमा डा कालु सिंह खत्री १,०५९ मत ४०.६२ प्रतिशत सहित अग्रस्थानमा हुनुहुन्छ। प्रतिष्पर्धी डा. विश्वराज दवाडी ९३६ मत ३५.९० प्रतिशत र डा। अमृत भुसाल ६१२ मत २३.४८ प्रतिशत सहित प्रतिस्पर्धामा रहनुभएको छ।
प्रदेश उपाध्यक्षतर्फ पनि प्रतिस्पर्धा उल्लेखनीय देखिएको छ। कोशी प्रदेशमा डा रोशन खड्का अग्रस्थानमा रहँदा मधेश प्रदेशमा डा अमित रञ्जन मिश्रा अगाडि हुनुहुन्छ। बागमती प्रदेशमा डा सुबास भट्टराईले अग्रता कायम गर्नुभएको छ भने गण्डकी प्रदेशमा डा. यज्ञराज सिग्देल र सुदूरपश्चिममा डा.प्रमोद जोशी स्पष्ट अग्रस्थानमा देखिनुहुन्छ।
लुम्बिनी प्रदेशमा डा. नन्दा कुमारी गुरुङ तथा कर्णाली प्रदेशमा डा. रबिन खड्का अग्रस्थानमा रहनुभएको छ। अधिकांश प्रदेशमा मतान्तर झिनो भएकाले अन्तिम परिणाम थप रोचक बन्ने देखिएको छ।
अन्य पदहरूतर्फ कोषाध्यक्षमा डा संयुक्ता आचार्य, सह–सचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा तेजु सिंह मल्ल अग्रस्थानमा रहनुभएको छ।
हेरौँ पुरा मत परिणामः
अध्यक्ष
१. डा. मंगल रावल — १,२५६ मत (४६.४७%)
२. डा. बद्री रिजाल — १,१४१ मत (४२.२१%)
३. डा. नारायण प्रसाद भुसाल — ३०६ मत (११.३२%)
वरिष्ठ उपाध्यक्ष – १ सिट
१. डा. सञ्जीव तिवारी — १,०८८ मत (४१.९४%)
२. डा. किर्तीपाल सुबेदी — १,०६२ मत (४०.९४%)
३. डा. अजय कुमार मिश्रा — ४४४ मत (१७.१२%)
महासचिव – १ सिट
१. डा. कालु सिंह खत्री — १,०५९ मत (४०.६२%)
२. डा. विश्वराज दवाडी — ९३६ मत (३५.९०%)
३. डा. अमृत भुसाल — ६१२ मत (२३.४८%)
कोशी प्रदेश उपाध्यक्ष
१. डा. रोशन खड्का — १,०७५ मत (४६.१६%)
२. डा. टंका प्रसाद बराकोटी — ९२८ मत (३९.८५%)
३. डा. हरि शंकर कार्की — ३२६ मत (१४.००%)
मधेश प्रदेश उपाध्यक्ष
१. डा. अमित रञ्जन मिश्रा — १,१०१ मत (४६.५१%)
२. डा. उदय नारायण सिंह — ८८४ मत (३७.३५%)
३. डा. मोहम्मद अनामुल हक — ३८२ मत (१६.१४%)
बागमती प्रदेश उपाध्यक्ष
१. डा. सुबास भट्टराई — ९७४ मत (३९.३७%)
२. डा. अरुण शाही — ८२७ मत (३३.४३%)
३. डा. अकानन्द सिंह — ४०८ मत (१६.४९%)
४. डा. रुबास नाथ योगी — २६५ मत (१०.७१%)
गण्डकी प्रदेश उपाध्यक्ष
१. डा. यज्ञराज सिग्देल — १,२५० मत (५३.२८%)
२. डा. नवराज लाम्दारी — १,०९६ मत (४६.७२%)
लुम्बिनी प्रदेश उपाध्यक्ष
१. डा. नन्दा कुमारी गुरुङ — १,०७० मत (४३.५३%)
२. डा. सन्तोष पोखरेल — ९९२ मत (४०.३६%)
३. डा. लक्ष्मण शर्मा — ३९६ मत (१६.११%)
कर्णाली प्रदेश उपाध्यक्ष
१. डा. रबिन खड्का — १,०५१ मत (४४.८२%)
२. डा. सरोज गिरी — ९१९ मत (३९.१९%)
३. डा. अनुप मंगल समाल — ३७५ मत (१५.९९%)
सुदूरपश्चिम प्रदेश उपाध्यक्ष
१. डा. प्रमोद जोशी — १,२५१ मत (५३.२६%)
२. डा. निरज अर्याल — १,०९८ मत (४६.७४%)
कोषाध्यक्ष – १ सिट
१. डा. संयुक्ता आचार्य — १,१४२ मत (४८.०२%)
२. डा. चाँदनी जैसवाल — ८६५ मत (३६.३८%)
३. डा. बिनोद कुमार महसेठ — ३७१ मत (१५.६०%)
सह-सचिव – १ सिट
१. डा. हुलास अग्रवाल — १,३२८ मत (५३.७४%)
२. डा. राम जीवन प्रसाद — ६५७ मत (२६.५९%)
३. डा. सन्तोष अधिकारी — ४८६ मत (१९.६७%)
सह-कोषाध्यक्ष – १ सिट
१. डा. तेज्सु सिंह मल्ल — १,१३५ मत (४६.१८%)
२. डा. सुबास गुरुङ — १,०५३ मत (४२.८४%)
३. डा. राजकुमार दंगाल — २७० मत (१०.९८%)
हेल्थपाटी
तपाईँको अभिमत