तौल घटाउने सस्तो औषधिले ज्यानकै जोखिममा युवाहरू
रूसका युवाहरूच हाल ‘मोलिक्युल’ नामको सस्तो तर खतरनाक वजन घटाउने गोली टिकटकमा भाइरल बनेको छ। ‘मेलिक्युल’ खानुस् र खानाको अस्तित्व बिर्सनुस्’ भन्ने जस्ता आकर्षक नारासहित प्रचारित यो गोलीले छिटो तौल घटाउने दाबी गर्छ।
सोसल मिडियामा ‘मोलिक्युल प्लस’ लेखिएको निलो बाकसका भिडियोहरू भाइरल भएपछि हजारौं किशोरकिशोरीहरूले यो गोली अनलाइन अर्डर गर्न थालेका थिए ।
तर, यसको परिणाम खतरनाक बनेको छ बीबीसीले जनाएको छ । सेन्ट पीटर्सबर्गकी २२ वर्षीया मारियाले दुई हप्तासम्म दिनमा दुईवटा गोली खाँदा खानाको इच्छा हरायो, चिन्ता र मानसिक असन्तुलनको समस्या देखा पर्यो। अन्य प्रयोगकर्ताहरूले पनि आँखाको पुतली ठूलो हुने, हात काँप्ने, निद्रा नलाग्ने लक्षण बताएका छन्।
स्थानीय रिपोर्टअनुसार कम्तिमा तीन विद्यार्थी अस्पताल भर्ना भएका छन्। केहीले तौल घटाउने हतारमा धेरै गोली खाँदा आईसीयू र मानसिक समस्या भोग्नुपरेको छ। चिकित्सकहरूले यो औषधि अत्यन्त खतरनाक भएको चेतावनी दिएका छन्।
हेल्थपाटी
तपाईँको अभिमत