डा.रामकृष्ण बरालकाे कविता : ए कोरोना तँ दोस्रो पटक अलि चाढै आईस

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा विगत १२ वर्षदेखि कार्यरत हुनुहुन्छ डा.रामकृष्ण बराल । इन्टरनल मेडिशिनमा एमडी गरिसक्नुभएका उहाँ हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा डिएम अध्ययनरत हुनुहुन्छ ।
कोरोनाको जोखिम नेपालमा शुरु भएदेखि नै बिरामीको सेवामा तल्लीन डा.बराल कोरानाबाट जोगिन माक्स लगाउन, सामाजिक दूरी कायम गर्न र समय सयममा साबुन पानीले हात धुन आह्वान गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ “ यी तीन कुरालाई ख्याल गर्न सकिएमा मात्र कोरोनाको जोखिमबाट टाढा रहन सकिन्छ ।” घरमा कोरोना प्रवेश गरिसकेको अवस्थामा ज्वरो, रुघा खोकी तथा शरिर दुःखेमा तुरुन्त पिसिआर गर्न र पिसिआर पोजेटिभ आएमा आफूखुशी औषधि सेवन नगर्न सल्लाह दिनुहुन्छ ।
अक्सिजनको मात्रा जाँच गरिरहन तथा छिटो भन्दा छिटो नजिकको स्वास्थ्य सस्था र चिकित्सकसँग जाँच गराउन उहाँ सुझाव दिनुहुन्छ । काेराेनाकै सन्दर्भमा उहाँले समसामयिक कविता पनि लेख्नुभएकाे छ,
कोरोना त दोस्रो पटक चाढै आईस हामीले भ्याक्सिन लगाउन नपाउदै आईस ।
मास्क खोलेर मस्त घुम्न नपाउदै आईस सुतेको नेतृत्व नबिउझदै आईस ।।
ए कोरोना तँ दोस्रो पटक अलि चाढै आईस...
तँ उता छिमेकीकोमा डुल्दै थिईस,
हामी पनि यता बिहे भोज र जात्रा मै थियौं।
उडेर आईस कि गुडेर आईस ए कोरोना त दोस्रो पटक चाढै आईस।।
सोचेकै थिएनौ तैले यत्तिको क्षती गर्छस।
अस्पताल देखी आर्यघाट दिनमै भर्छस।।
तँलाई थाहा थियो नेपालीले चिन्ता कम गर्छन ।
पाए भने भ्याक्सिन बाटै करोडौं भर्छन।।
त्यसैले त आफ्नो रुप फेरेर आईस,
क्षिन भर मै सबै तिर सन्नाटा छाईस ।
हप्ता दिन मै हाम्रो अकर्मण्यता देखाईस ।।
ए कोरोना तँ दोस्रो पटक चाढै आईस...
ए कोरोना त दोस्रो पटक चाढै आईस।।
तपाईँको अभिमत