सैलुनमा गएर कपाल स्ट्रेट गर्दा २६ वर्यीषा युवतीको मिर्गाैला फेल
दी न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा केहीदिन अघि एक फरक खालको अनुसन्धानको रिपोर्ट प्रकाशित भयो।
उक्त रिपोर्टमा सैलुनमा कपाल स्ट्रेट बनाउन उपचार गराएकै कारण एक युवतीको मिर्गाैला फेल भएको निष्कर्ष चिकित्सकले निकालेका छन् ।
परिचय गोप्य राखिएकी २६ वर्षीया ती ट्युनिसियाकी हुन्। उक्त रिपोर्ट अनुसार युवतीले जुन २०२०, अप्रिल २०२१ र जुलाई २०२२ मा उक्त सैलुनमा गएर कपाल स्ट्रेट गराएकी थिइन्।
त्यसअघि उनलाई कुनै स्वास्थ्य समस्या थिएन । तर प्रत्येक पटक सैलुट गएर आएपछि उनलाई बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने, ढाड दुख्ने जस्ता समस्या हुनथाल्यो । यसका साथै टाउकोमा जलन भएको र टाउकाको अल्सर भयो ।
परीक्षणका क्रममा उनको रगतमा क्रिएटिनिनको मात्रा उच्च रहेको देखिएको र क्रिएटिनिन् पिसाबमा चुहिएर मिर्गाैलामा समस्या पारेको देखियो । तर पनि सिटी स्क्यान गर्दा मिर्गाैलामा संक्रमण वा ठूलो खराबी भने देखिएको थिएन । युवतीमा लक्षणहरु देखापरि रह्यो ।
त्यसपछि आफूले कपाल स्ट्रेट गर्नका लागि ग्लोक्सिलिक एसिड भएको स्ट्र्याटनिङ क्रिमको प्रयोग गरेको युवतीले डाक्टरसमक्ष बताइन् । यसैको कारणले गर्दा उनको टाउको जल्ने र टाउकोमा घाउ भएको आशंका चिकित्सकले गरे।
यो शंकापछि चिकित्सकले थप अनुसन्धानका लागि उक्त क्रिम मुसाहरुमा प्रयोग गरे । मुसामा प्रयोगपछि चिकित्सकले ग्लोक्सिलिक एसिडकै कारण महिलाको मिर्गाैला खराब भएको निष्कर्ष निकाले । ग्लोक्सिलिक एसिड टाउकाको छालाले सोसेपछि मिर्गाैलासम्म पुगेको र यसैले मिर्गाेला काम नलाग्ने बनाएको अध्ययनको निष्कर्ष रह्यो ।
अक्सालेट नेफ्रोप्याथीका कारण पटक–पटक मिर्गाैलामा तीब्र गतिमा दवाव पर्दा चोट लाग्यो । एक दुर्लभ विकार क्याल्सियम अक्सालेट क्रिस्टल मिर्गाैलाको ट्युब्युलमा जम्मा भएका कारण मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँदै गयो ।
यसका लागि कपाल स्ट्रेट गर्ने क्रममा प्रयोग गरिएको ग्लोक्सिलिक एसिड नै जिम्मेवार रहेको अध्ययनकर्ताको दावी छ ।
यस्ता उत्पादनहरूमा ग्लाइओक्सिलिक एसिडको प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने युनिभर्सिटी अफ मेरिल्याण्डका मेडिसिन तथा फार्मेसीका सह-प्राध्यापक डा. जोशुआ डेभिड किङको सुझाव छ।
तपाईँको अभिमत