गर्भावस्थामा मधुमेह : आमा र बच्चा दुवैका लागि जोखिम (भिडियो)
नसर्ने रोग बढ्नुका कारणमा मधुमेह र मुटुरोग पर्दछन् । यसले दीर्घकालीन जटिलताहरु निम्त्याइरहेको छ । चिकित्सकहरुका अनुसार विशेषगरी ३ जना मधुमेह भएका बिरामीमध्ये १ जनामा मुटुको समस्या देखिएको छ । मधुमेहले आँखा, मुटु, मिर्गाैलामा असर पुर्याउँछ ।
विभिन्न प्रदेशमा गरिएको तथ्यांक अनुसार ६ देखि ८ प्रतिशत बिरामी मधुमेहका छन्। दक्षिण एसियामा ११ जनामा १ जनामा मधुमेहको समस्या रहेको छ ।
अहिले गर्भावस्थामा मधुमेह बढिरहेको छ । नेपालमा ४ गर्भवतीमध्ये एकजनामा मधुमेहको समस्या देखिएको छ ।
३५ वर्षभन्दा बढी उमेरका व्यक्ति, परिवारमा कसैलाई मधुमेह भएको, मोटोपना, पाठेघरको समस्या, गर्भवस्थामा मधुमेह भएका आमाको सन्तान, लामो समयदेखि चिनी बढाउने औषधि लिइरहेका व्यक्ति, व्ययाम नगर्ने, व्यत्तिमा मधुमेहको जोखिम रहन्छ । गर्भावस्थामा भ्रुणको विकास हर्माेनले गर्छ । गर्भावस्थामा सबै काम हर्माेनकै हुने भएकाले त्यही हर्माेनले चिनीको मात्रा बढाउँछ ।
गर्भावस्थामा देखिएको मधुमेह बच्चा र आमा दुवैका लागि जोखिम रहन्छ । मधुमेह नियन्त्रणको पहिलो औषधि जीवनशैली र आहार हो ।
कडा खालको मधुमेह भएका गर्भवतीलाई औषधि चलाउनुपर्छ, गर्भावस्थामा भएको मधुमेहमा इन्सुलिन सबैभन्दा राम्रो उपचार हो ।
मधुमेह निको हुँदैन, औषधिले चिनीको मात्रा नियन्त्रण गर्ने मात्र हो । त्यसैले मधुमेह लाग्नै नदिनु उत्तम उपाय हो । खानपिन, जीवनशैली सन्तुलित बनाउन सके ५८ देखि ६० प्रतिशतलाई मधुमेह हुनबाट जोगाउन सकिन्छ ।
शरीरमा चिनी कति आवश्यक पर्छ ?
शरीरमा कार्बाेहाइड्रेट,ग्लुकोजको मात्रा बढ्नु नै चिनीको मात्रा बढ्नु हो । दिनभर ४० देखि ५० प्रतिशत चिनी खानेकुराबाट पाउँछौ । लगभग ३० प्रतिशत प्रोटिन बाँकी चिल्लोपदार्थ खानेगर्छाै ।
कार्बाेहाइड्रेट तुरुन्त चिनी बढाउने र बिस्तारै चिनी बढाउने कार्बाेहाइड्रेट हुन्छ । मैदा, चामल, चिनी ह्वात्तै सुगर बढाउँछ । प्रशोधित खानेकुराले शरीरमा चिनीको मात्रा बढाउँछ ।
चिनी खाएर उर्जाको प्रमुख स्रोत मान्नु हुँदैन । चिनी,अन्य खानेकुराबाट पनि पाइन्छ । मधुमेह भएका व्यक्तिले चिनी नखाएको राम्रो हो ।
खानामध्ये चामलभन्दा गहुँ, गहुँभन्दा जहुँ, जहुँभन्दा कोदो फापर राम्रो भन्ने गर्छाै । गुलियो फलफुल खाँदैमा अत्याधिक चिनी बढाउँछ भन्ने हुँदैन तर त्यही फलफुललाई जुस बनाएर खाँदा चिनीको मात्रा बढाउँछ किनमी जुस बनाउँदा फलफुलमा पाइने फाइबर नष्ट हुनजान्छ ।
त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक एवं मधुमेह थाइरोइड तथा हर्माेनरोग विशेषज्ञ डा. नरेश पराजुलीसँग नेपालमा मधुमेहको अवस्था र जोखिमका विषयमा गरिएको कुराकानी भिडियोमा हेर्नसक्नु हुनेछ ।
तपाईँको अभिमत