मधुमेह भएका व्यक्तिले विहानै व्यायाम गर्नहुँदैन (भिडियो)
मधुमेहका बिरामीहरुले विशेषगरी खानपिन र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ ।
मधुमेह भएका व्यक्तिमा उच्चरक्तचाप, मुटुको समस्या पनि रहेको हुनसक्छ । चिसो समयमा मधुमेह बिरामीको शरीरमा नसाहरु खुम्चनसक्ने सम्भावना बढी हुन्छ । मधुमेह भएका ३ जनामा १ व्यक्तिमा हृदयघातको जोखिम रहन्छ । मधुमेह भएका व्यक्तिहरुले विहानै व्यायाम गर्नहुँदैन ।
जाडोमा झोलिलो पदार्थ खाने चलन पनि छ । तर मधुमेहसँगै मिर्गाैलाको समस्या छ भने त्यस्ता बिरामीहरुले नुन र पानीको मात्रा धेरै खान हुँदैन । कम झोलिलो पदार्थ कम खानपर्छ ।
नसा सम्बन्धि समस्या भएर हात निलो हुने समस्या, मधुमेहले नसामा समस्या निम्त्याएको व्यक्तिले धेरै चिसो र तातो दुवै थाहा पाउदैनन् । उनीहरु आगो नजिकै बस्दा खुट्टा पोलेको थाहा पाउँदैनन् र ठूलो घाँउ समेत हुनसक्छ ।
जाडोयाममा मधुमेहका बिरामीले ख्याल गर्नुपर्ने विषयमा हेल्थपाटीका लागि तुलसा घिमिरेले त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक एवं मधुमेह थाइरोइड तथा हर्माेनरोग विशेषज्ञ डा. नरेश पराजुलीसँग गर्नुभएको कुराकानी भिडियोमा हेर्नसक्नु हुनेछ ।
तपाईँको अभिमत