खुट्टामा देखिन्छ मधुमेहको सङ्केत, बेवास्ता गरे गम्भीर
मधुमेहको सङ्केत खुट्टासहित विभिन्न अङ्गमा देखा पर्न सक्छ । विज्ञका अनुसार त्यस्ता सङ्केत समयमै पहिचान गर्नु महत्वपूर्ण हुन्छ । जसले गर्दा नियन्त्रण गर्न सहज हुन सक्छ । यहाँ केही त्यस्ता सङ्केत प्रस्तुत गरिएको छ :
झमझमाउने
विज्ञका अनुसार मधुमेहले नसालाई असर पुर्याउँछ । खुट्टा झमझमाउने, लाटोपन हुने, पोल्ने (जलन महसुस) तथा छुदा केही नलाग्ने जस्ता सङ्केत देखा पर्छन् । त्यस्तै मधुमेह भएका व्यक्तिलाई खुट्टामा लागेका चोट तथा घाउहरू पत्ता लगाउन गाह्रो हुन्छ । त्यसले सङ्क्रमण हुने खतरा हुन्छ ।
रक्तसञ्चारमा अवरोध
रगतमा हुने चिनीको उच्च मात्राले रक्तनलीमा क्षति पु¥याउँछ । त्यसो हुँदा खुट्टामा हुने रक्तसञ्चारमा अवरोध सिर्जना हुन्छ । रक्तसञ्चार राम्रोसँग हुन नसक्दा दुख्ने, खुट्टा कमजोर भएको महसुस हुने तथा बिस्तारै हिँड्न अप्ठ्यारो पनि हुन थाल्छ । यस्तो सङ्केतलाई बेवास्ता गर्दै गए केही समयपछि गम्भीर अवस्था पनि निम्तिन सक्छ ।
रातो हुने तथा सुन्निने
मधुमेह हुँदा जोर्नी तथा हड्डी पनि कमजोर हुन्छन् । कमजोर जोर्नी तथा हड्डीका कारण फ्र्याक्चर हुने र हड्डी सर्ने समस्या हुन सक्छ । यस्तो हुँदा खुट्टा वा गेडीको छाला रातो हुने, सुन्निने तथा आकार परिवर्तनलगायतका सङ्केत हुन्छ ।
छाला परिवर्तन
मधुमेहले खुट्टाको छालामा विभिन्न किसिमका परिवर्तन गराउँछ । सुक्खापन हुने, चिरचिर फुट्ने, तथा सङ्क्रमण हुने उच्च जोखिम हुने विज्ञले बताएका छन् ।
(टाइम्स अफ इन्डियाबाट)
तपाईँको अभिमत