यी हुन सक्छन् मधुमेहका पूर्वसंकेत

टाइप - २ मधुमेह लामो समयसम्म शरीरमा चिनीको मात्रा रहने अवस्था हो । यसलाई समयमै नियन्त्रण नगरे यसले अर्को रूप लिन्छ ।
यस किसिमको अवस्थाबाट नेपाल, भारतलगायतका मुलुकमा धेरै मानिस पीडित रहेको अनुमान गरिएको छ ।
सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा अशिक्षा, कम आय, स्वास्थ्य सेवाको कम पहुँच आदि कारण यो समस्या बढी रहेको अनुमान छ । टाइम्स अफ इन्डियाका अनुसार भारतमा ७ करोड ४२ लाख मानिस अहिले यस मिसिमको समस्याबाट पीडित रहेका छन् । त्यस्तै सन् २०४५ सम्ममा यस किसिमका बिरामी १२ करोड ४८ लाख पुग्ने अनुमान गरिएको छ ।
मधुमेह हुनुपूर्व देखिने संकेतहरू
मधुमेह हुनुपूर्व देखिने संकेतहरू लुप्त किसिमका हुन्छन् । वर्षौँसम्म पनि थाहा नपाइने अवस्था पनि हुन्छ । कतिपयमा सुरुवातमा छालाका केही भाग गाढा हुँदै जाने अवस्था देखिन्छ । घाँटी, कुहिना, घुँडालगायतका शरीरका भागहरूमा यसले असर पार्छ ।
मधुमेहको पूर्वसंकेतका रूपमा छाला गाढा हुने हुन्छ । कुहिना, घाँटी, घुँडा, काखीलगायतका शरीरका विभिन्न भागमा छाला अलि बढी गाढा कालो हुने हुन्छ । सामान्यतः ती स्थानमा छाला गाढा हुने भएर धेरैजसो मानिसले बेवास्ता गर्ने गर्छन् । त्यस्तै थकान महसुस हुनु पनि मधुमेहको पूर्वसंकेत हो ।
चिनीको मात्रा अनियन्त्रित हुन थालेपछि केही काम नगरे पनि अति थकित महसुस हुन्छ ।यसैगरी वजनमा तलमाथि भइरहने, बारम्बार पिसाब लाग्ने तथा धेरै तिर्खा लाग्ने संकत पनि मधुमेहको पूर्वसंकेत हुन् । चिडचिडापन र चक्कर लाग्नु पनि यसका पूर्वसंकेत हुन सक्छन् ।
तपाईँको अभिमत