अमेरिकामा कुकुर बन्यो शहरको मेयर
काठमाडौं । कुकुर नगरको मेयरमा निर्वाचित भएको भन्दा पत्यार नलाग्न पनि सक्छ । तर अमेरिकामा कुकुरले मेयर पदमा जीत हासिल गरेको छ त्यो पनि निर्वाचनमा भोट मार्फत । अमेरिकाको उत्तरी केन्टकी शहरको र्याबीट हस नगरमा फ्रेन्च बुलडग जातको वीलबर बीस्ट नाम गरेको कुकुर मेयर बनेको छ ।
२२ हजार ९८५ मतदातामध्ये १३ हजार १४३ मत ल्याएर बीस्टले मेयर पद जितेको हो । र्याबीट हस शहरको इतिहासमा नै बीस्ट कुकुर सबैभन्दा लोकप्रिय बनेको उल्लेख गरिएको छ । पीटबुल जातको ब्रान्नेथ नामको कुकुर सन् २०१७ देखि उक्त शहरको मेयर थियो ।
बीगल जातको ज्याक र्याबीट र गोल्डेन रिट्राइभर पपी नाम गरेको कुकुरले दोस्रो र तेस्रो स्थान हात पारेका छन् । उनीहरु दुबैलाई र्याबीट ह्यास शहरको राजदुत बनाइएको छ । कुकुरको दौड प्रतियोगिता मार्फत भोट दिएर कुकुरलाई मेयर तथा राजदुत बनाइएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत