स्वस्थ मासुका लागि कति उमेरको खसी उपयुक्त हुन्छ ? (भिडियो)
नेपालीहरूको ठूलो पर्व दशैं नजिकै आइरहेको छ । दशैंमा मासुको उपभोग अध्याधिक हुन्छ । यस पर्वमा विशेषगरी खसी, बोका, भेडा, च्यांग्राको मासु बढी खपत हुन्छ ।
मासुका लागि प्रयोग हुने पशु स्वस्थ हुनुपर्छ भन्नेबारेमा धेरे चर्चा हुन्छ । तर कति उमेरको खसीको मासुका लागि उपयुक्त हुन्छ त ?
धेरै उमेर भएको खसीको मासु स्वास्थ्यका लागि राम्रो नहुने पशुचिकित्सक डा.अवधेश झा बताउनुहुन्छ ।
काठमाडौं महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका प्रमुख झाले हेल्थपाटीसँगको कुराकानीमा यस्तो जानकारी दिनुभएको छ ।
उहाँका अनुसार जन्मिएको ८–९ महिनामा खसी खानका लागि योग्य हुन्छ । त्यसपछि एक वर्ष या त्यसको आसपासमै मासुका लागि प्रयोग गर्नुउपयुक्त हुन्छ । धेरै उमेर बढ्दै गएपछि गुणस्तरको हिसाबले कमसल हुँदै जाने उहाँको भनाइ छ ।
भेडा च्यांग्रा वा अन्य पशुमा पनि यही कुरा लागू हुने झा बताउनुहुन्छ ।
‘उमेर बढ्दै गएपछि खसीको मासुमा चाम्रोपन बढ्दै जान्छ’ झा भन्नुहुन्छ, ‘कतिलाई त्यो नै स्वादिलो लाग्न सक्छ तर गुणस्तरको हिसाबले कमसल हुँदै जान्छ ।’
खसीको हकमा एक वर्षको उमेरमा खानु उपयुक्त हुने उहाँको सुझाव छ । मासुका लागि प्रयोग हुने कुनैपनि पशु वा पक्षीं धेरै छिप्पिएर राख्नु व्यवसायिक र स्वास्थ्य दुवै हिसाबले ठिक नभएको डा.झाले जानकारी दिनुभयो ।
जाँच गर्नका लागि पशु चिकित्सक तथा प्राविधिक नभएको ठाउँमा स्वस्थ खसी, बोका
तथा, भेडा च्याङ्ग्रा कसरी चिन्ने ?
यसबारे पनि डा.झाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार यस्ता खाले पशु किन्नु हुँदैन आखाँमा चिप्रा लागेको, नाक सुख्खा नभएको, पातलो दिसा गरेको, धेरै स्वाँ–स्वाँ गरेको, चोट–पटक र घाइते अवस्थामा भएको खसी तथा पशु किन्नु हुँदैन ।
मुख्य रुपमा खसी, भेडा बाख्रालाई कुनै रोग छ भने त्यस्ता लक्षण देखिने हुन्छ ।
बजारमा बिक्रीका लागि ल्याइएका खसी, बोकाका पेट धेरै फुलेको भएपनि नकिन्न झाको सुझाव छ । तौल धेरै बनाउन बेच्ने समयमा मकै लगायतका अन्नहरु खुवाएर पेट फुलेको हुनसक्छ ।
त्यस्ता अध्याधिक खाना दिँदा केही समयपछि पशुको मृत्यु समेत हुनसक्छ ।
नखोकेको मुटुको धड्कन धेरै नबढाएको चोट–पटक र घाइते अवस्थामा नरहेको खसी किन्ने पेट ढाडिएको, ज्वरो आएको खण्डमा
कति व्यवसायीले तौल बढाउन मकैm दाना पानी धेरे खुवाउँछन् । त्यस कारण फुलाएका हुन्छन् । जिउ फुलेको हुँदैन । पेट ढाडिएको किन्नु हुँदैन ।
बेच्ने समयमा मात्रै अध्याधिक खाना दिएको हुन्छ । यस्तो बेला कुनै कारणले ज्यान पनि जानसक्छ ।

हेल्थपाटी
तपाईँको अभिमत