सुर्खेतमा भेटियो बर्डफ्लू, १३०० बढी पंक्षी मारियो

फाइल फोटो।
सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लू भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा वर्डफ्लू भेटिएको हो ।
फर्मामा पालिएका १०० भन्दा बढी टर्की मरेपछि नमुना परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा लगिएको थियो ।
परीक्षणमा मरेका टर्कीमा बर्डल्फू नै रहेको पुष्टि भएको प्रयोगशालाका प्रमुख प्रचण्ड खड्काले जानकारी दिनुभयो ।
बर्डफ्लू भेटिएपछि हिजो जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसेको थियो । बैठकले चार किल्ला तोकेर फर्ममा रहेका टर्की, ब्रोइलर र लोकल कुखुरा नष्ट गर्न निर्देशन दिएको थियो ।
प्रशासनको निर्देशनपश्चात् पशुपक्षी चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटर क्षेत्रमा पालिएका पक्षी नष्ट गरिएको थियो ।
डिस्पोजल टोलीले बर्डफ्लु फैलिएको फर्ममा साना ठूला गरी करिब एक हजार २०० ब्रोइलर कुखुराका चल्ला, ८० टर्की र अन्य लोकल कुखुरा डिस्पोज गरेको निर्देशनालयले जनाएको छ ।
तपाईँको अभिमत