पशुमा खोरेत रोग देखिएपछि किसान चिन्तित, प्राविधिक खटाइयो
अ +
अ -
सुदूरपश्चिमको बैतडी जिल्लामा पशुहरुलाई खोरेत रोख देखिन थालेको छ । बैतडीको पाटन नगरपालिका–५ वसन्तपुरका किसानको घरमा पालिका पशुमा खोरेत रोग देखिएको हो ।
किसानहरुले पालेका गाई, भैसी, ब्रख्रा गोरु लगायतमा लगायतलाई खोरेत देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले जानकारी दिनुभयो ।
खेतीका बेलामा पशुमा खोरेत देखिएपछि किसान चिन्तामा परको छन् । बोहराका अनुसार गाउँमा १५० बढी पशुमा खोरेत रोग पुष्टि भइसकेको छ ।
खोरेत रोगको प्रकोप फैलिएको थाहा पाउनेबित्तिकै नियन्त्रणका लागि भ्याक्सिनसहित गाउँमा पशुसेवा प्राविधिक खटाइएको उपप्रमुख बोहराले जानकारी दिनुभयो ।
३ सय भ्याक्सिन सहित तीन जना पशु सेवा प्राविधिकहरुलाई गाउँमा खटाएको उपप्रमुख बोहराले बताए ।
तपाईँको अभिमत