काठमाडौंका खसीबोका स्वस्थ छन् ? चिन्ने तरिका (फाेटाे फिचर)
सिङमा हरियो भए स्वस्थ, नत्र अस्वस्थ
काठमाडौं । के तपाई दशैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? याद राख्नुहोस् है मासुका लागि हामीले किन्ने खसीबोका पूर्ण रुपमा स्वस्थ हुन जरुरी छ । तर हामीले बजारमा खसीबोका स्वस्थ रहे/नरहेको राम्ररी जाँच गर्नुपर्छ । त्यसका लागि हामीले खसीबोकाको सिङमा हेर्नुपर्ने हुन्छ ।
पशु सेवा विभागले काठमाडौंको खसीबोका बजारमा खसीबोका स्वस्थ रहे/नरहेको परीक्षण गरिरहेको छ । स्वस्थ भए पशु चिकित्सकहरुले खसीबोकाको सिङमा हरियो र स्वास्थ्यमा केही समस्या देखिए रातो रंग लगाइदिनुहुन्छ ।
परीक्षणमा संलग्न पशु चिकित्सक डा.अर्जुन अर्यालले खसीबोकाको ज्वरो, तनाव, भाइरस लगायतको अवस्था जाँचिने जानकारी दिनुभयो । कार्तिक ३ गतेबाट सुरु गरिएको परीक्षण कार्तिक ८ गतेसम्म हुने उहाँले बताउँनुभयो ।
कलंकीको खसी बजारमा चिकित्सकहरुले खसीबोकाको स्वास्थ्य परीक्षण गर्दै, फोटो फिचर ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत