३० प्रतिशत क्यान्सर बिरामीको मृत्युकाे कारण अर्कै रोग
क्यान्सर त जितिन्छ भने अन्य रोगसँग पनि नहारौं

काठमाडौं । ‘विराटनगरको एक जना क्यान्सर रोगको बिरामी हुनुन्थ्यो । उहाँले करिव १५ वर्ष अगाडि नै क्यान्सरलाई जित्नुभएको थियो। त्यतिबेला उहाँको उमेर अन्दाजी ५० वर्षको थियो ।
‘क्यान्सर निको हुनुभएको उहाँ केहीदिन अघि मात्रै हृदयघातले बित्नुभएछ’
‘क्यान्सर निको हुनुभएको उहाँ केहीदिन अघि मात्रै हृदयघातका कारण बित्नुभएछ, बरिष्ठ क्यान्सररोग शल्य चिकित्सक डा. प्रकाशराज न्यौपानेले भन्नुभयो,‘विराटनगरका ती व्यक्तिलाई २ वर्ष अगाडिदेखि उच्च रक्तचापको समस्या देखिएको थियो, मैले उहाँ र उहाँका परिवारलाई भनेको थिए अब उच्च रक्तचाप नियन्त्रण गर्नेतर्फ लाग्नुस् क्यान्सरको खतरा टरिसकेको छ । नभन्दै त्यस्तै नै भयो, हृदयघातबाट ती बिरामीको निधन भयो ।’

क्यान्सरलाई जित्ने तर अन्य रोगबाट मानिसको मृत्यु हुने क्रम बढिरहेको छ । यसको प्रमुख कारण असुरक्षित जीवनशैली र अस्वस्थकर खानपीन रहेको डा. न्यौपाने बताउनुहुन्छ । परिवर्तित जीवनशैली र अस्वस्थकर खानपिनका कारण मुटुसम्बन्धि, मधुमेह, उच्च रक्तचाप लगायतका नसर्ने रोगका बिरामीहरु बढेको अध्ययनले देखाइसकेको छ ।
सबै ठीक थियो तर उहाँ ७४ वर्ष अर्थात् क्यान्सर निको भएको १२ वर्षपछि उहाँलाई उच्च रक्तचाप र मधुमेहको समस्या थपियो ।
डा. न्यौपानेका अनुसार क्यान्सररोगबाट पीडित व्यक्तिमध्ये ३० प्रतिशतको मृत्यु अन्य रोगका कारण भइरहेको छ । डा.न्यौपाने भन्नुहुन्छ, अध्ययनले के भन्छ भने नेपालमा मात्रै होइन विश्वव्यापी रुपमा नै यो तथ्य बाहिर आएको छ कि धेरै व्यक्तिहरु क्यान्सर लागेपछि क्यान्सरबाट नभई अन्य रोगबाट उनीहरुको मृत्यु हुने गरेको छ ।
उहाँले अर्काे घटना स्मरण गर्दै भन्नुभयो, ‘काठमाडौंकी एक महिलालाई उहाँ ५८ वर्षको उमेर हुँदा पेटको क्यान्सर भएको थाहा भयो, अपरेशन गरेर उहाँलाई क्यान्सरबाट जोगाइयो ।
सबै ठीक थियो तर उहाँ ७४ वर्ष अर्थात् क्यान्सर निको भएको १२ वर्षपछि उहाँलाई उच्च रक्तचाप र मधुमेहको समस्या थपियो । केही समय अगाडि एकदिन मलाई बिरामीको छोराले फोन गरेर आमा छाती दुख्यो भन्दै हुनुहुन्छ के गर्ने डा.साब भनेर आत्तिदै फोन गर्नुभयो, तुरुन्तै अस्पताल लैजान मैले सुझाए तर उहाँलाई तत्कालै अस्पताल पुर्याइएपनि बचाउन सकिएन । उहाँको पनि मृत्युको कारण हृदयघात नै थियो ।’
घटना ३,
८४ वर्षको उमेरमा पोस्टेडको क्यान्सर भएका एक बिरामी हुनुन्थ्यो । उहाँको क्यान्सर सेल एकदमै ढिलो गतिमा फैलने किसिमको भएकाले अपरेशनपछि उहाँलाई पुन क्यान्सर दोहोरिने सम्भावना अत्यन्तै न्यून थियो । तर उहाँलाई उच्चरक्तचापको समस्या थियो,केही हप्ता अघि मात्रै उहाँ शौचाल जादा पछारिएर टाउकोमा चोट पुग्दा उहाँको पनि देहान्त भयो । डा.न्यौपाने सचेत गराउदै भन्नुहुन्छ, 'एकदमै महत्वपूर्ण अनि बुझनैपर्ने कुरा के छ भने क्यान्सर निको भएपछि मानिसहरु आफ्नो स्वास्थ्यलाई ध्यान दिदैनन् तर भित्रभित्रै अन्य रोग जन्मिरहका हुन्छन् र सोही रोगबाट ज्यान गुमाउनुपर्छ ।’
आजभोली ६०\६५ वर्षको उमेरमा क्यान्सर भएर उपचारका लागि आउने बिरामीहरुमा मुटुरोग, मधुमेह, उच्च रक्तचाप, मोटोपनामध्ये कम्तिमा एउटा समस्या सँगसँगै देखिने गरेको न्यौपाने बताउनुहुन्छ । त्यस्ता बिरामीहरुलाई क्यान्सरको उपचार गर्दा ज्यान जोगाउन मुस्किल पर्ने अथवा जोगिएपनि पुरानै रोगबाट मृत्यु हुने गरेको केसहरु थुप्रै रहेको उहाँले जानकारी दिनुभयो ।
त्यसैले खानपीन र आफ्नो जीवनशैलीलाई सन्तुलनमा राख्नैपर्ने उहाँको जोड छ । त्यसका लागि हरियो सागसव्जीमा जोड दिने, तनाव नलिने, फलफुल,पानी पर्याप्त मात्रामा खाने, नियमित व्यायाम गर्नुपर्ने, डाक्टरलाई भेट्न जाँदा आफुले खाइरहेको औषधिबारे जानकारी गराउन न्यौपानेको सुझाव छ ।
न्यौपानेका पहिलो बिरामी(काकी)को शल्यक्रिया भएको झण्डै ४० वर्ष पुग्न आट्यो ।
सचेत भएमा क्यान्सर त जितिन्छ भने अन्य रोगसँग पनि नहारौं न्यौपाने भन्नुहुन्छ, स्वास्थ्यमा हेलचक्रयाई नगरौं । १ लाखभन्दा बढी क्यान्सर बिरामीको उपचार गरिसक्नुभएका डा.न्यौपाने क्यान्सर रोग समयमा नै निदान भई सही र प्रभावकारी उपचार भए निको हुने बताउदै उहाँको पहिलो बिरामी अहिलेसम्म सकुसल रहेकोम हर्षित हुनुहुन्छ । आफ्नै काकीको शल्यक्रिया गरी आफ्नो विशेषज्ञता सुरु गर्नुभएका न्यौपानेका पहिलो बिरामी(काकी)को शल्यक्रिया भएको झण्डै ४० वर्ष पुग्न आट्यो ।
नेपालमा धेरै देखिने क्यान्सर के–के हुन् ?
नेपाल लगायत गरिब देशमा सूर्तिजन्य तथा मादकपदार्थको प्रयोग र संक्रमणका कारण हुने क्यान्सर बढी छ । नेपालमा फोक्सो, आन्द्रा, पाठेघरको मुख, स्तन, आमाशय, पेटको क्यान्सर बढी छ । पाठेघरको मुखको क्यान्सर धेरै बच्चा जन्माउदा, सरसफाइ नगर्दा संक्रमणबाट हुने गर्दछ ।
तपाईँको अभिमत