कोरोना संक्रमितले उमेर र रोग अनुसार पोषण के खाने, के नखाने
काठमाडौं । कोरोना भाइरस रोगको संक्रमण नेपालमा दिनानुदिन बढिरहेको छ । लक्षण नदेखिएका संक्रमितहरु घरमा नै आइसोलेसनमा बसिरहेका छन् भने लक्षणसहितका संक्रमितहरु अस्पतालमा छन् । रोगसंग लड्ने क्षमता कम भएमा संक्रमितहरुमा थप जटिलता उत्पन्न हुनसक्छ ।
त्यसैले संक्रमितहरुले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कोभिड १९ को संक्रमण भई घर मै आइसोलेसनमा बसेका, लक्षण देखिएका/नदेखिएका, अस्पतालमा भर्ना भएका, जटिलता बढि भएका देखि विभिन्न दीर्घ रोग भएका संक्रमितहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोषणसम्बन्धि निर्देशिका नै बनाएको छ ।
मन्त्रलायले संक्रमितको पोषण व्यवस्थापनका लागि विभिन्न उमेर समूह र रोग अनुसार आवश्यक पोषक तत्वको मात्रालाई औसत जनसंख्याको अवश्यकतासँग आधार मानि निर्देशिका बनाएको छ । जुन निम्न प्रकारको छ ।
कोभिड १९ संक्रमित ६० वर्ष माथिका व्यक्तिहरुका लागि पोषण
६० बर्षभन्दा माथिको उमेरमा मानसिक, शारीरिक परिवर्तन तथा मेटाबोलिज्ममा आएको परिवर्तनका कारणले खानामा रुचि कम भई कुपोषित हुने जोखिमका साथै रोग प्रतिरोधात्मक क्षमतामा कमि आइरहेको हुन्छ । विभिन्न खालका दिर्घ रोगका कारणले यस उमेर समूहमा कोभिड १९ को संक्रमण र मृत्युको जोखिम पनि अन्य उमेर समुहको तुलनामा उच्च रहेको पाईएकाले उचित खानपान र जीवनशैलीमा विशेष ध्यान दिन जरुरी छ ।
तसर्थ : कोभिड १९ संक्रमित, अन्य दीर्घ रोग नभएका ६० बर्ष माथिका व्यक्तिहरुले निम्नअनुसारका पोषणसम्बन्धी व्यवहारहरु अनुसरण गर्न सिफारिस गरिएको छ ।
–खानामा दैनिक रुपमा कार्बोहाईड्रेटका स्रोतहरु जस्तैः आटा, कोदो, फापर, चामल, तरुल जस्ता खानेकुराहरु खानु पर्दछ ।
–प्रोटिनजन्य खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथैशरिरमा मांसपेशिहरु निमार्ण गर्ने लगायतका कार्य गर्ने भएकोले खानामा प्रोटिनका स्रोतहरु जस्तैः अण्डा, माछा, मासु, दाल, गेडागुडी, पनिर, तोफू जस्ता खानेकुरा खाने ।
– टुसा उम्रेका गेडागुडीमा आईरन, भिटामिन सि जस्ता सूक्ष्म पोषक तत्व, रेसादार (फाइबर) तथा अन्य फाइदाकर तत्वहरु पाइनुका साथै पाचन प्रणालीलाई समेत स्वस्थ राख्नेहुनाले टुसा उमारिएकोगेडागुडी नियमित खाने ।
–फर्मेन्टेड खानेकुराहरु जस्तैः दहि, मोहि, गुन्द्रुक, सिन्की, मसौरा, किनेमा, तामा (मेसो) आदिमा क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक जस्ता शुक्ष्म पोषक तत्व, प्रोबायोटिक्स, एन्टिअक्सिडेन्ट आदि प्रशस्त पाइनुका साथै पाचन प्रणालीलाई सुदृढ गर्ने भएकाले दैनिक रुपमा खाने ।
–दैनिक रुपमा मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाने।
–कम्तिमा २ लिटर पानी दैनिक पिउने।
–बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने ।
–चपाउन समस्या भएको खण्डमा खिचडी, लिटो, गिलो खाना खाने।
–यस उमेरमा खानामा रुचि कम हुन सक्ने भएकाले पटक पटक (दैनिक ४–६ पटक) थोरै–थोरै मात्रामा खाने ।
–६० बर्षमाथिको उमेरमा हड्डी कमजोर हुन सक्ने भएकोले क्याल्सियम बढि पाईने खानेकुराहरु जस्तैः दूध, दहि, मोहि, दूधबाट बनेका परिकारहरु जस्तैः पनिर, केफिर, छेना जस्ता परिकारहरु नियमित खाने।
–रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने । भिटामिन ए, भिटामिन सि, भिटामिन इ, जिङ्खजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषकका रुपमा लिइन्छ । जसका स्रोतहरु निम्न बमोजिम छन्ः
–भिटामिन ए का स्रोतहरु : मासु, कलेजो, अण्डाको पहेलो भाग, माछा, घिउ, दुध, पाकेको मेवा, सुन्तला रंगको सखरखण्ड, गाँजर, हरिया सागपात तथा पहेला फलफूलहरु आदि ।
–भिटामिन सि का स्रोतहरु: अमिला फलफूल जस्तैः अमला, कागती, सुन्तला, मौसम आदि फलफुल तथा पालकजस्ता हरिया सागपात आदि ।
–भिटामिन इ का स्रोतहरु :काजु, बदाम, ओखर, घिउ, एभोकाडो, आलस जस्ता तैलिय दानाहरु, माछा, हरिया सागसब्जीहरु आदि ।
–जिङ्खका स्रोतहरु स् गेडागुडी, बोक्रासहितका अन्नहरु, काजु, बदाम, ओखर, दुधका परिकारहरु, रातो मासुआदि ।
–दैनिक रुपमा कम्तिमा ३० मिनेट योगाभ्यास, शारीरिक ब्यायाम गर्ने, चिन्तामुक्त रहने, दैनिक रुपमा नाचगानजस्ता मनोरन्जन गर्ने ।
– धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने ।
–बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने ।
–कार्बोनेटेड पेय पदार्थहरु नखाने ।
–चिल्लो, तारेको खानेकुराहरु नखाने ।
–धुम्रपान तथा मद्यपान नगर्ने ।
कोभिड १९ संक्रमित २० देखि ६० वर्षसम्मका व्यक्तिहरुका लागि पोषण
कोभिड १९ संक्रमित अन्य दीर्घ रोग नभएका २० देखि ६० बर्ष उमेरका व्यक्तिहरुले निम्नअनुसारका पोषणसम्बन्धी व्यवहारहरु अनुसरण गर्न सिफारिस गरिएको छ :
–खाना कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, फाइबर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्टयुक्त र सन्तुलित हुनुपर्दछ ।
–स्वस्थ र सन्तुलित खाना खाने, हरेक छाकमा कम्तिमा ४ वटा खाद्य समूहबाट (अन्न तथा कन्दमूल, गेडागुडी, पशुपंक्षीजन्य र सागपात तथा फलफुल) खानेकुराहरु समावेश हुनुपर्दछ ।
दाल, गेडागुडी, माछा मासु, दुध वा दुध जन्य पदार्थ र अर्को एक चौथाई भाग शक्ति दिने खानेकुराहरु (अन्न,कन्दमु्ल)ले भर्नु पर्दछ ।
– दैनिक कम्तिमा ४०० ग्राम मौसम अनुसारका सागसब्जी तथा फलफूल खाने।
–हरेक दिन खानामा बोक्रा नफालिको दाल वा टुसा उमारेको गेडागुडी समावेस गर्ने ।
–प्रति दिन ५ ग्राम भन्दा कम मात्रामा नुनको प्रयोग गर्ने । सिसिको अचार, पापड, नुनिला बदाम आदिमा नुनको मात्रा बढी हुनाले यी खानेकुराहरु नखाने ।
–दैनिक रुपमा दूध, दहि, पनिर, अण्डा, माछा, मासु जस्ता पशुपंक्षीजन्य स्रोतका खानेकुराहरु खाने।
–चिनी भएका पेय पदार्थको सट्टा सादा पानी पिउने ।
–तेलमा तारेर पकाएको खाना भन्दा पनि उसिनेर र हल्का ग्रिल गरेर पकाइएको खाना खाने।
–चिया, कफि वा अन्य क्याफिनयुक्त पेयपदार्थ कम खाने वा नखाने।
–बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने ।
–रोग प्रतिरोधी क्षमता बढाउने पोषक पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने । भिटामिन ए, भिटामिन सि, भिटामिन
–जिङ्खजस्ता पोषक तत्वहरुलाई रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्वका रुपमा लिइन्छ ।
–दैनिक रुपमा कम्तिमा ३० मिनेट योगाभ्यास, शारीरिक ब्यायाम गर्ने, चिन्तामुक्त रहने, दैनिक रुपमा नाचगानजस्ता मनोरन्जन गर्ने ।
–धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने ।
–बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने ।
–कार्बोनेटेड पेय पदार्थ नखाने, चिल्लो, तारेको खानेकुराहरु नखाने ।
–धुम्रपान तथा मद्यपान नगर्ने ।
कोभिड १९ संक्रमित गर्भवती तथा सुत्केरी महिलाहरुका लागि पोषण
कोभिड १९ संक्रमित गर्भवती वा सुत्केरी अवस्थामा क्यालोरी, प्रोटिन तथा अन्य पोषक तत्वहरुके आवश्यकता पनि बढि हुने भएकाले स्वस्थ, पोषिलो र सन्तुलित खानाको आवश्यकता हुन्छ ।
–गर्भावस्थामा साविकको भन्दा थप १ पटक पोषिलो खाना तथा स्तनपान गराईरहेको बेला थप २ पटक पोषिलो खाना खाने ।
–हरेक छाकमा कुनै न कुनैअन्न, गेडागुडी, पशुपंक्षी जन्य (दूध, मासु, अण्डा), सागपात तथा फलफूल गरि विभिन्न चार समुहबाट खानेकुराहरु मिलाएर खाने।
–आइरन तथा फोलेट पाइने खाना (माछा, मासु र कलेजो, टुसा उमारेको गेडागुडी, गाढा हरियो सागपातहरु) नियमित खाने । यी खानाहरुबाट पर्याप्त मात्रामा आइरन प्राप्त गर्न भिटामिन सी युक्त खानेकुराहरु जस्तै: अम्बा, सुन्तला, कागती, अमला आदि पनि सँगसँगैखाने ।
–भिटामिन ए धेरै पाइने खानेकुराहरु (अण्डा, कलेजो, मेवा, आँप, गाँजर, पहेंलो फर्सि, गाढा हरियो सागपात) नियमित र प्रसस्त खाने ।
–कोभिड १९ संक्रमित गर्भवती तथा सुत्केरी महिलाहरुले नियमित खाँदै आएको आइरन फोलिक एसिड चक्कीलाई निरन्तरता दिने ।
–कोभिड १९ संक्रमित गर्भवती तथा सुत्केरी महिलाहरुमा थप जटिलता आउन नदिन उनीहरुलाई विशेष हेरविचार साथै मनोसामाजिक सहयोग तथा परामर्शको आवश्यकता पर्दछ ।
–बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने ।
–रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने । भिटामिन ए, भिटामिन सि, भिटामिन इ, जिङ्खजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषक का रुपमा लिइन्छ ।
–चिकित्सकको सल्लाह लिइ दैनिक रुपमा सामान्य कसरत गर्ने, चिन्तामुक्त रहने ।
–धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने ।
–बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने ।
–कार्बोनेटेड पेय पदार्थ नखाने ।
–चिल्लो, तारेको खानेकुराहरु नखाने ।
–धुम्रपान तथा मद्यपान नगर्ने ।
कोभिड १९ संक्रमित १० देखि १९ वर्षसम्मका किशोरकिशोरीहरुका लागि पोषण
यस अवधिलाई बाल्यावस्था पछि मानव शरीरमा हुने वृद्धि र विकासका दृष्टिकोणले दोस्रो महत्वपूर्ण अवधिको रुपमा लिइन्छ । यस उमेर समुहका किशोरकिशोरीहरुमा शारीरिक वृद्धि विकास तिव्र हुने भएकोले पोषणको आवश्यकता बढि हुन्छ ।
–दैनिक कम्तिमा ६ पटक सम्म खाना÷खाजा खाने (खाना २ पटक तथा खाजा कम्तिमा ४ पटक सम्म) ।
–प्रशस्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खाने ।
–शरीरमा क्याल्सियमको आवश्यकता पूरा गर्न दुध तथा दुधजन्य परिकारहरु खाना÷खाजामा समावेश गर्ने ।
–बिहान/बेलुकाको खानाले पोषण आवश्यकताको ठूलो भाग ओगटेको हुन्छ, तसर्थ खाना सन्तुलित हुनुका साथै सामान्य खाजा भन्दा धेरै हुनुपर्छ ।
–खानामा कम्तिमा निम्नानुसार चार प्रकारका खानेकुराहरु (१) अन्न तथा कन्दमुलहरु, (२) गेडागुडी तथा दालहरु, (३) सागपात तथा फलफूल, (४) पशु पंक्षी जन्य स्रोतहरु जस्तै (दुध, अण्डा, माछा, मासु) समेटिनुपर्छ, उदाहरणका लागि एउटा थालीमा २ कचौरा बराबरको भात, एक कचौरा दाल, एक कचौरा हरियो सागसब्जी, ३ – ४ टुक्रा मासु राख्न सकिन्छ ।
–बदाम, ओखर, तथा तिल, सिलाम आलसमा शरिरलाई अत्यावश्यक स्वस्थ चिल्लो पदार्थ पाइने हुनाले समय समयमा यी खानेकुराहरुलाई खाजा वा खानामा समावेश गर्ने ।
–किशोरकिशोरीहरुमा रक्तअल्पताको समस्या देखिन सक्ने हुनाले आइरन फोलेट प्रशस्त मात्रामा पाइने खानेकुराहरु जस्तैः माछा, मासु र कलेजो, टुसा उमारेको गेडागुडी, गाढा हरियो सागपातहरु खाने । यी खानाहरुबाट पर्याप्त मात्रामा
आइरन सोस्न भिटामिन सी युक्त खानाहरु जस्तै ः अम्बा, सुन्तला, कागती, अमला पनि समावेश गर्ने ।
–खानाबाट मात्र शरिरलाई आवश्यक भिटामिन तथा खनिज पदार्थ जस्तै भिटामिन ए, आइरन फोलिक एसिड, भिटामिन डि, क्याल्सियमको मात्रा नपुगेको अवस्थामा आवश्यकता अनुसार चिकित्सक वा डाइटिसियनको सिफारिसमा खाद्य पूरक खान सकिन्छ ।
–बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने ।
–रोग प्रतिरोधी क्षमता बढाउने पोषक पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने । भिटामिन ए, भिटामिन सि, भिटामिन इ, जिङ्खजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषक तत्वका रुपमा लिइन्छ ।
–दैनिक रुपमा योगाभ्यास र शारीरिक ब्यायाम गर्ने, चिन्तामुक्त रहने, दैनिक रुपमा नाचगान मनोरञ्जन गर्ने ।
–कार्बोनेटेड पेय पदार्थ, बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने ।
– धुम्रपान तथा मद्यपान नगर्ने ।
–चिल्लो, तारेको खानेकुराहरु नखाने, धेरै नुन वा चिनि भएका अस्वस्थकर बजारिया खानेकुरा नखाने ।
कोभिड १९ संक्रमित ६ देखि ९ वर्षसम्मका बालबालिकाका लागि पोषण
कोभिड १९ संक्रमित व्यक्ति तथा स्रोतको सम्पर्कमा आउँदा संक्रमण सर्ने जोखिम यो उमेर समुहका बालबालिकाहरुमा पनि अन्य व्यक्तिलाई जस्तै हुन्छ ।
–कोभिड १९ संक्रमित बालबालिकाहरुलाई दैनिक कम्तिमा ५ पटक सम्म खाना÷खाजा दिने(खाना २ पटक तथा खाजा कम्तिमा ३ पटक)
–रोग प्रतिरोधात्मक क्षमता बढाउने खानाहरु जस्तैः हरियो सागसब्जी, पहेला तथा सुन्तला रंगका फलफूलहरु प्रशस्त मात्रामा दिने ।
–प्रशस्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खान दिने ।
–खोकी लाग्न नदिन वा कम गर्न मह, तातो सुप खान दिने ।
–घाँटी दुख्न कम गर्न मह, अदुवा, बेसार खुवाउन सकिन्छ ।
–बिहान÷बेलुकाको खानाले बालबालिकाको पोषण आवश्यकताको ठूलो भाग ओगटेको हुन्छ, तसर्थ खाना सन्तुलित हुनुका साथै सामान्य खाजा भन्दा धेरै हुनुपर्छ ।
–खानामा कम्तिमा निम्नानुसार चार प्रकारका खानेकुराहरु अन्न तथा कन्दमुलहरु, (२) गेडागुडी तथा दालहरु,सागपात तथा फलफूल,पशु पंक्षी जन्य स्रोतहरु जस्तै (दुध, अण्डा, माछा, मासु) समेटिनुपर्छ । उदाहरणका लागि एउटा थालीमा एक कचौरा बराबरको भात, एक कचौरा दाल, एक सानो कचौरा हरियो सागसब्जी, ३ – ४ टुक्रा मासु राख्न सकिन्छ ।
–खानाबाट मात्र शरिरलाई आवश्यक भिटामिन तथा खनिज पदार्थ जस्तै भिटामिन ए, भिटामिन डि, आइरन, क्याल्सियमको मात्रा नपुगेको अवस्थामा चिकित्सक वा डाइटिसियनको सिफारिसमा खाद्य पूरक दिन सकिन्छ ।
–बजारमा पाइने प्रशोधित तथा अस्वस्थ खानेकुराहरु नदिने।
–बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने ।
–रोग प्रतिरोधी क्षमता बढाउने पोषक पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने । भिटामिन ए, भिटामिन सि, भिटामिन
–कार्बोनेटेड पेय पदार्थ नखाने ।
–चिल्लो, तारेको खानेकुराहरु नखाने, धेरै नुन वा चिनि भएका अस्वस्थकर बजारिया खानेकुरा नखाने ।
–दैनिक रुपमा योगा, प्रणायाम, शारीरिक कसरत गर्ने, चिन्ता मुक्त रहने ।
कोभिड १९ संक्रमित २–५ वर्षसम्मका बालबालिकाहरुका लागि पोषण
–कोभिड १९ संक्रमित बालबालिकाहरुलाई दैनिक कम्तिमा ५ पटक सम्म खाना/खाजा दिने (खाना २ पटक तथा खाजा कम्तिमा ३ पटक)
–रोग प्रतिरोधात्मक क्षमता बढाउने खानाहरु जस्तैः हरियो सागसब्जी, पहेला तथा सुन्तला रंगका फलफूलहरु प्रशस्त मात्रमा दिने ।
–प्रशस्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खान दिने ।
–खोकी लाग्न नदिन वा कम गर्न मह, तातो सुप खान दिने ।
–घाँटी दुख्न कम गर्न मह, अदुवा, बेसार खुवाउन सकिन्छ ।
–बिहान÷बेलुकाकोखानाले बालबालिकाको पोषण आवश्यकताको ठूलो भाग ओगटेको हुन्छ, तसर्थ खाना सन्तुलित हुनुका साथै सामान्य खाजा भन्दा धेरै हुनुपर्छ ।
–खानामा कम्तिमा निम्नानुसार चार प्रकारका खानेकुराहरु अन्न तथा कन्दमुलहरु,गेडागुडी तथा दालहरु, सागपात तथा फलफूल,पशु पंक्षी जन्य स्रोतहरु जस्तै (दुध, अण्डा, माछा, मासु) समेटिनुपर्छ ।
–खानाबाट मात्र शरिरलाई आवश्यक भिटामिन तथा खनिज पदार्थ जस्तै भिटामिन ए, भिटामिन डि, आइरन,क्याल्सियमको मात्रा नपुगेको अवस्थामा चिकित्सक वा डाइटिसियनको सिफारिसमा खाद्य पूरक दिन सकिन्छ ।
–बजारमा पाइने प्रशोधित तथा अस्वस्थ खानेकुराहरु नदिने ।
–बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने ।
–रोग प्रतिरोधी क्षमता बढाउने पोषक पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने । भिटामिन ए, भिटामिन सि,भिटामिन इ, जिङ्खजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषक का रुपमा लिइन्छ ।
–कार्बोनेटेड पेय पदार्थ नखाने ।
–चिल्लो, तारेको खानेकुराहरु नखाने, धेरै नुन वा चिनि भएका अस्वस्थकर बजारिया खानेकुरा नखाने ।
कोभिड १९ संक्रमित ६–२३ महिनासम्मका शिशु तथा बालबालिकाहरुका लागि
कोभिड १९ संक्रमित व्यक्ति तथा स्रोतको सम्पर्कमा आउँदा संक्रमण सर्ने जोखिम यो उमेर समुहका बालबालिकाहरुमा पनि अन्य व्यक्तिलाई जस्तै हुन्छ । यस उमेर समुहका बालबालिकाहरुको खानापान र हेरचाहमा विचार नपु¥याउदा कुपोषित हुन सक्ने जोखिम बढि हुन्छ ।
६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुलाई आमाको दूधका साथसाथै थप पोषिलो खाना खुवाउनु पर्दछ ।
६ देखि ९ महिनाका शिशु ३ पटक खानाः लिटो, जाउलो, खिचडी हरेक पटक १ चिया गिलास जति ।
९ देखि १२ महिनाका शिशु ३ पटक खानाः लिटो, जाउला, खिचडीे आदि ।
१ पटक खाजाः जस्तै केरा, उसिनेको अण्डा आदि । हरेक पटक १ चिया गिलास जति खाना,
खाजामा १ केरा वा १ उसिनेको अण्डा।
१२ देखि २४ महिनाका बालकालिकाहरु ३ पटक खानाः लिटो, जाउलो, खिचडी खिर आदि ।
२ पटक खाजाः जस्तै केरा, उसिनेको अण्डा आदि । हरेक पटक २ चिया गिलास जति खाना
खाजामा १ केरा वा १ उसिनेको अण्डा ।
कोभिड १९ संक्रमित ०–६ महिनासम्मका शिशुका लागि पोषण
शिशुहरुमा कोभिड १९ संक्रमण देखिए पनि स्तनपानलाई नै निरन्तरता दिनु पर्दछ । जन्मेदेखि ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनु पर्दछ, विरामी पर्दा औषधि बाहेक पानी पनि खुवाउनु पर्दैन ।
कोभिड १९ को सन्दर्भमा स्तनपान
–यदि कुनै स्तनपान गराइरहेकी आमामा कोभिड १९ को संक्रमण शंका गरिएको छ वा पुष्टि भएको छ र क्वारेन्टाइन वा आइसोलेसनमा राखिएको छ भने पनि स्तनपानलाई निरन्तरता दिने ।
–कोभिड १९ को संक्रमण शंका गरिएको वा पुष्टि भएको गर्भवति स्वास्थ्य संस्थामा प्रसुति भएमा जति सक्दो चाडो एक घण्टाभित्रै स्तनपान गराउन सुरु गर्ने ।
–शिशुको सम्र्पकमा आउनु अगाडि हरेक पटक अनिवार्य साबुनपानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने ।
–यदि आमामा कोभिड १९ संक्रमणका लक्षणहरु देखिएको छ भने स्तनपान गराउँदा वा शिशुको सम्र्पकमा आउदा मास्क लगाउने ।
–यदि आमाको अवस्था गम्भिर छ वा जटिल स्वास्थ्य समस्याहरु देखिएका छन भने शिशुसँगको प्रत्यक्ष सम्र्पकबाट टाढा राख्ने, शिशुलाई स्तनपान नगराउने तर दुध निचोरेर वा धाई आमा मार्फत खुवाउन सकिन्छ ।
–स्तनपान गराईरहेकी आमाहरुमा उनीहरु आफै वा शिशुमा संक्रमण भएको शंका लागेमा वा संक्रमण भएका पुष्टि भएमा स्तनपानको परामर्श, आधारभुत मनोसामाजिक सहयोग तथा उचित खुवाई अभ्यासका बारेमा परामर्श प्रदान गर्ने
Nutritional guideline for covid infected patients_20-09-2020
हेल्थपाटी
तपाईँको अभिमत