यी पाँच खानेकुरा जसले मोतियाविन्दुको जोखिम बढाउँछ
उमेर र वंशानुगत कारणले मात्र होइन, खानपानले पनि आँखाको स्वास्थ्यमा ठुलो असर गर्ने देखिएको छ। अमेरिकी स्वास्थ्य संस्था नेशनल इन्स्टिच्यूट अफ हेल्थ (एनआइएच) ले गरेको अध्ययन अनुसार बढी नुनिलो र बोसोयुक्त आहार खाने व्यक्तिमा मोतिबिन्दुको जोखिम उच्च पाइएको छ।
विशेषज्ञका अनुसार, दृष्टि धमिलो बनाउने मोतिबिन्दु रोकथामका लागि यी पाँच प्रकारका खानेकुरामा सावधानी अपनाउन जरुरी छः
तारेको र फास्टफुड : चिप्स, फ्राइड चिकन र प्याकेट स्न्याक्समा हुने अस्वस्थ बोसोले आँखाको लेन्समा प्रोटिन बिगार्छ।
चिनी धेरै भएको खाना र पेय : सोडा, मिठाई वा पेस्ट्रीजस्ता पदार्थले रगतमा चिनी बढाएर लेन्स धमिलो बनाउँछ।
रातो मासु र प्रोसेस्ड मासु : बोसो र संरक्षकयुक्त मासुले अक्सिडेटिभ स्ट्रेस बढाउँछ।
बढी नुन : डब्बाबन्द खाना वा स्न्याक्समा हुने नुनले लेन्सको तरल सन्तुलन बिगार्छ।
परिष्कृत अन्न र अत्यधिक मदिरा : सेतो रोटी, पास्ता तथा बढी मदिराले लेन्सलाई क्षति पुर्याउँछ।
विशेषज्ञहरूले ताजा तरकारी, पुरा अन्न, दाल, माछा, कुखुरा तथा पर्याप्त पानी सेवन गर्न सुझाव दिएका छन्। नियमित आँखा परीक्षण र पौष्टिक आहारले मोतिबिन्दुबाट दीर्घकालीन सुरक्षा दिन सक्ने जनाइएको छ।
(इन्डिया टुडेबाट)
हेल्थपाटी
तपाईँको अभिमत