रजनोवृत्ति, मानसिक स्वास्थ्य र डिप्रेशन
रजनोवृत्ति नजिकिँदै गर्दा तातो–तातो हुने (हट फ्ल्यास) जस्ता शारीरिक लक्षण देखिन सक्छन्। यस अवधिमा तनाव, चिन्ता, झर्को वा डिप्रेशन जस्ता भावनात्मक परिवर्तन पनि हुन सक्छन् ।
रजनोवृत्तिको संक्रमण अवधिमा आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु र परिवर्तनहरू पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। यहाँ केही जान्नैपर्ने कुराहरू छन् ।
डिप्रेशनका लक्षणहरू
कहिलेकाहीँ दुःखी वा निराश महसुस गर्नु सामान्य हो । तर यदि तपाईं नियमित रूपमा निराश, खालीपन, वा थकान महसुस गर्नुहुन्छ भने तपाईं डिप्रेशनको अनुभव गरिरहनुभएको हुन सक्छ।
डिप्रेशनका लक्षणहरू
- झर्को, निराशा, वा रिसको बर्सावट
- चिन्ता, अशान्ति, वा उत्तेजना
- दोषी वा नालायक महसुस गर्नु
- पहिले मन पर्ने गतिविधिमा चासो हराउनु
- ध्यान केन्द्रित गर्न वा निर्णय गर्न कठिनाई
- स्मरणशक्ति कमजोर हुनु
- ऊर्जा अभाव
- अत्यधिक सुत्नु वा निदाउन नसक्नु
- भोकमा परिवर्तन
- अज्ञात शारीरिक पीडा
डिप्रेशनका जोखिम कारकहरू
रजनोवृत्तिको संक्रमण अवधिमा शरीरले एस्ट्रोजन उत्पादन घटाउँछ, जसले मुडमा असर पार्न सक्छ। तर यो एक मात्र कारण नहुन सक्छ।
रजनोवृत्तिमा चिन्ता वा डिप्रेशनको सम्भावना बढाउने कारकहरू:
- रजनोवृत्तिअघि नै डिप्रेशनको निदान भएको हुनु
- रजनोवृत्ति वा उमेर बढ्नेबारे नकारात्मक दृष्टिकोण
- चिन्ता
- काम वा सम्बन्धबाट हुने बढ्दो तनाव
- काम, बसोबासको वातावरण, वा आर्थिक स्थितिबारे असन्तुष्टि
- आत्मसम्मानको कमी
- वरिपरिका मानिसबाट सहयोग नपाउनु
- शारीरिक गतिविधि कम हुनु
- धूमपान गर्नु
- जीवनशैलीमा परिवर्तनमार्फत डिप्रेशनको उपचार
रजनोवृत्ति अवधिको डिप्रेशन अन्य समयमा हुने डिप्रेशनझैँ नै उपचार गरिन्छ। चिकित्सकले निम्न जीवनशैली परिवर्तनहरू सिफारिस गर्न सक्छन्:
- पर्याप्त निद्रा लिनु
- नियमित व्यायाम गर्नु
- रिल्याक्सेशन अभ्यास गर्नु
- धूमपान नगर्नु
- समर्थन खोज्नु
- औषधि र थेरापीमार्फत डिप्रेशनको उपचार
- न्यून मात्रा एस्ट्रोजन थेरापी
- एन्टिडिप्रेसन्ट
- टक थेरापी
(हेल्थलाइनबाट)
हेल्थपाटी
तपाईँको अभिमत