प्रजनन स्वास्थ्यबारे प्रचलित पाँच भ्रम
प्रजनन स्वास्थ्यबारे कतिपयमा भ्रम रहेको पाइन्छ । गर्भनिरोधक साधनको प्रयोग गर्दा बाँझोपन हुने, पहिलोपटकको यौनसम्बन्धमा गर्भ नरहने जस्ता विभिन्न भ्रमहरू रहेका छन् ।
यहाँ यस्ता पाँच भ्रम र यथार्थ प्रस्तुत गरिएको छ ।
भ्रम : गर्भनिरोधक प्रयोगले बाँझोपन हुन्छ ।
सत्य : गर्भनिरोधक प्रयोगले स्थायी रूपमा बाँझोपन गर्दैन।
भ्रम : पहिलो पटक सम्बन्ध हुँदा गर्भ रहँदैन ।
सत्य : पहिलो पटकमै गर्भ रहन सक्छ।
भ्रम : महिनावारीमा सम्बन्ध गर्दा गर्भ रहँदैन ।
सत्य : महिनावारी अवधिमा पनि गर्भ रहन सक्छ।
भ्रम : पुरुषलाई प्रजनन स्वास्थ्यसम्बन्धी समस्या हुँदैन ।
सत्य : पुरुषमा पनि वन्ध्यत्व, संक्रमणजस्ता समस्या हुन सक्छन्।
भ्रम : प्रजनन स्वास्थ्य भनेको महिलासँग मात्र सम्बन्धित हुन्छ ।
सत्य : यो महिलासँग मात्र होइन, पुरुष र दुवैको समान जिम्मेवारी हो।
हेल्थपाटी
तपाईँको अभिमत