८ खानेकुरा जसले पेटमा वायु बनाउँछ
अपानवायु छोड्नु सामान्य प्रक्रिया हो- औसतमा प्रत्येक व्यक्तिले एक दिनमा पाँचदेखि १५ पटक वायु छोड्छन्। अपानवायुले निम्त्याउने असहजता र लज्जाबोधलाई यदि बिर्सिने हो भने खासमा कुनै दिनविशेष पेटमा धेरै ग्यास हुनु राम्रो स्वास्थ्यको एउटा सङ्केत पनि हुन सक्छ।
त्यो किन भन्दा पेटमा वायु निम्त्याउने खानेकुराहरू मुटुका लागि स्वस्थकर हुन्छन्। फाइबरयुक्त जटिल प्रकारका कार्बोहाइड्रेटहरू, फाइबर-प्याक्ड कम्प्लेक्स कार्ब्स भएका खानेकुरालाई हाम्रो शरीरले पचाउन गाह्रो हुन्छ। तर आन्द्रामा भएका ब्याक्टेरीयाहरूले त्यो गर्न सक्छन्।
उसो भए कुनकुन खानेकुराले वायु छोड्न लगाउँछन्, यहाँ बीबीसीमा प्रकाशित सामग्रीको सारांश प्रस्तुत गरिएको छ ।
चिल्लोयुक्त खाना
चिल्लोयुक्त मासु, तला हुँदैन तर बोसो भएका खानाहरूले पाचन प्रक्रिया ढिलो बनाउँछन्। यसले आन्द्रामा बास्नादार सल्फरयुक्त ग्यास (हाइड्रोजन सल्फाइड) उत्पन्न गर्छ, जसको गन्ध सडेको अण्डाजस्तो हुन्छ।
दाल र गेडागुडी
दालहरूमा पाइने र्याफिनोज (Raffinose) नामक गुलियो पदार्थ शरीरले पूर्ण रूपमा पचाउन सक्दैन। यो आन्द्रामा पुगेर ब्याक्टेरियाले विघटन गर्दा हाइड्रोजन, मिथेन र दुर्गन्धित ग्यास बन्छ।
अण्डा
अण्डामा पाइने मिथियोनाइन (सल्फरयुक्त एमिनो एसिड) ले ग्यासलाई दुर्गन्धित बनाउँछ। यद्यपि, अण्डाले आफैंले वायु नबनाउने भए पनि यसलाई चिल्लो खानासँग मिसाउँदा समस्या बढ्छ।
प्याज, लसुन, चुकन्दर
यसले फ्रुक्ट्यान्स (Fructans) नामक कार्बोहाइड्रेटले ग्यास बनाउँछ, जुन धेरैले पचाउन सक्दैनन्। लसुनमा सल्फर पनि हुन्छ, जसले ग्यासलाई तीखो बनाउँछ।
दूध र दही
ल्याक्टोज इन्टलरेन्स भएका व्यक्तिहरूले दूध, पनीर, दही खाँदा पेट फुल्ने र ग्यास बढ्ने समस्या हुन्छ। यसको कारण ल्याक्टोज पचाउने एन्जाइम (ल्याक्टेज) को कमी हो।
गहुँ, जौ
यी अन्नहरूमा ग्लुटेन र फाइबर हुन्छ, जसले ग्यास बनाउँछ। ग्लुटेन असहनशीलता (Celiac Disease) भएका व्यक्तिहरूमा यसले पेट फुलाउँदछ।
ब्रोकोली, काउली, बन्दागोबी
यी सब्जीहरूमा सल्फर र धेरै फाइबर हुन्छ, जसले आन्द्रामा ग्यास उत्पन्न गर्छ। तर यी स्वास्थ्यका लागि राम्रा हुन्, त्यसैले खान नछाड्नुहोस्।
फलफूल
फलहरूमा फ्रुक्टोज (प्राकृतिक मिठास) हुन्छ, जुन धेरैले पचाउन सक्दैनन्। स्याउ, आँप, खरबुजाजस्ता फलले पेट फुलाउन सक्छन्।
के गर्ने ?
- फाइबर बिस्तारै बढाउनुहोस् (एकैचोटी धेरै नखान्नुहोस्)।
- पानी धेरै पिउनुहोस् र पेपरमिन्ट चिया प्रयोग गर्नुहोस्।
- यदि गम्भीर समस्या छ भने डाक्टरसँग परामर्श लिनुहोस्।
हेल्थपाटी
तपाईँको अभिमत