कोरोना विरुद्धको खोप 'कोभिशिल्ड' प्रभावकारी र सुरक्षित
काठमाडौं । विश्वमा नयाँ प्रजातिका भाइरसहरु देखापर्ने क्रम जारी छ र मानव स्वास्थ्यको लागि चुनौतिहरु उत्पन्न गदै आएको छ ।कोरोना भाइरस भाइरसहरूको एक ठूलो परिवार हो, जसको लक्षण सामान्य रूघाखोकी देखि गम्भीर समस्याको रुप लिन सक्दछ ।
३१ डिसेम्बर २०१९ मा कोरोना भाइरसबाट लाग्ने रोग पहिलो पटक चीनको युहान शहरमा पत्ता लागेको हो र विश्वका अधिकांस देशहरुमा यो भाइरस फैलिसकेको छ । हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड – १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ ।
अहिले कोरोना विरुद्धको खोपको पनि विकास भइसकेको छ । कोरोना खोप भन्दा अगाडि खोप के हो र यसको महत्व कति छ भन्ने जान्नु आवश्यक छ ।
खोप (Vaccine)
–रोग लाग्नुभन्दा अगाडि नै रोग नलागोस् भनेर स्वस्थ व्यक्तिलाई प्रदान गरिने जैविक उत्पादन ९बलतष्नभल० लाई खोप भनिन्छ ।
–मेडिकल उत्पादन मध्ये खोप लाई सवै भन्दा सुरक्षित मानिन्छ ।
–खोपले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्घि गरी रोग लाग्नबाट बचाउँछ ।
रोग प्रतिरोधात्मक क्षमता (Immunity)
शरीरको रोगहरुसँग लड्ने वा प्रतिरोध गर्ने क्षमतालाई प्रतिरोधात्मक क्षमता भनिन्छ । खोप २ किसिमका हुन्छन् । एउटा मुखबाट खुवाउने र अर्काे सुई लगाउने । खोपले रोग लाग्नबाट नै जोगाउने भएकाले खोप अति नै महत्वपूर्ण छ । खोपकै कारण नेपालबाट विफर उन्मुलन भइसकेको छ भने पोलियो उन्मुलनको तर्खरमा छ ।
खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम हो । खोप जनस्वास्थ्यको सफल मध्ये प्रमुख कार्यक्रम हो । स्वास्थ्य क्षेत्रमा सवै भन्दा लागत प्रभावकारी कार्यक्रम खोप हो । खोपमा एक डलर खर्च गरेमा राज्यको १७ डलर बच्ने अध्ययनहरुले देखाइसकेका छन् । यसैगरी खोपले बाल मृत्युदर घटाउन प्रमुख भूमिका खेलेको छ ।
नेपालमा हाल नियमित खोप कार्यक्रम चलिरहेको छ जुन १५ महिनासम्मका बालबालिकाहरु (खोप छुटेमा ५ वर्षसम्म) र गर्भवतीहरुलाई निःशुल्क खोप दिइदै आएको छ ।
बालबालिकाहरुलाई १२ वटा सरुवा रोगहरु (क्षयरोग, रोटा, पोलियोमाइलाईटिस, न्यूमोनिया, मेनिन्जाईटीस, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपटाइटिस् बि, दादुरा, रुबेला, र जापानिज इन्सेफलाइटिस) बिरुद्दका खोपहरु दिईन्छ । यस्तै गर्भवती महिलाहरुका लागि टी.डी(धनुष्टंकार र भ्यागुते रोग बिरुद्ध) खोप दिइदै आएको छ ।
उक्त खोप कार्यक्रम देशभरका १६ हजार भन्दा बढी खोप केन्द्र र १७ हजार भन्दा धेरै खोप सेसनहरुका साथै निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरु मार्फत मासिक रुपमा बालबालिका र गर्भवतीलाई खोप प्रदान गरिँदै आएको छ ।
कोरोना विरुद्धको खोपबारे जानकारी
हाल विश्वभर ७० वटा खोप क्लिनिकल परीक्षणमा छन् जसमध्ये २० वटा खोप तेस्रो चरणको परीक्षणमा छन् भने विभिन्न १० वटा खोप आपत्कालिन प्रयोगमा आइसकेका छन् । जसमध्ये विश्व स्वास्थ्य संगठनले फाइजरको एउटा र अक्सफोर्ड तथा सेरम एस्टेरेजेनेकाको २ गरि ३ वटा खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएको छ ।
फाइजरको खोप बेलायत,क्यानाडा, मेक्सिको, अमेरिका, सिंगापुर लगायतका ३५ वटा देशमा आपत्कालिन प्रयोग भइरहेको छ । यसैगरी मोर्डनालाई हाल बेलायत,क्यानाडा, इजरायल,साउदी अरेयिबा लगायतका ११ वटा देशमा प्रयोग गरिएका छन् । सिनोभ्याक्लाई चीन, बोल्भिया, टर्की, इण्डोनेशिया, ब्राजिल र चिलि गरि ६ वटा देशमा आपत्कालिन प्रयोग भइरहेको छ । हाल नेपालमा प्रयोग भइरहेको कोभिशिल्ड नेपालसहित बेलायत, अर्जेन्टिना, भारत, बंगलादेश,थाइल्याण्ड लगायतका १६ वटा देशले लगाइरहेका छन् ।
नेपालमा कोरोना विरुद्धको खोप पाउने लक्षित समूहहरु :
सरकारले ३ समूहमा प्राथमिकता निर्धारण गरिएका छन् । पहिलो प्राथमिकताका लक्षित समूह
(क)कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तीमा खटिने कर्मचारी तथा स्वयमसेवक
–स्वास्थ्यकर्मी– सरकारी, गै्रह्रसरकारी तथा निजि क्षेत्रमा कार्यरत
–स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु
–महिला स्वास्थ्य स्वयम् सेविकाहरु
–सार्बजनीक फोहोर संकलक सरसफाई कर्मी (पालिकाद्धारा नियुक्त¬)
–एम्बुलेन्स तथा शव वाहान चालकहरु
–कोभिड–१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी
–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरु
–वृद्ध आश्रममा आस्रित नागरिक र हेरालु कर्मचारीहरु
ख) ७५ वर्ष र माथिका जेष्ठ नागरिकहरु
दोस्रो प्राथमिकतामा
–५५ वर्ष देखि ७४ वर्ष सम्मका नागरिकहरु
–४० देखि ५४ वर्षको उमेर समुह मध्ये तोकिएका दिर्घ रोग (Co- morbidity) भएका ब्यक्तिहरु
–तोकिएका दिर्घरोग भएका अन्य ब्यक्तिहरु : बैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थिहरु मध्ये यस्ता दिर्घरोग भएका व्यक्तिहरु,
तेस्रो प्राथमिकतामा
–४० देखि ५४ वर्ष उमेर समुह
–१५ वर्ष देखि ३९ वर्ष सम्मको उमेर समुह (उपलब्ध खोपको विशेषता अनुसार उमेर समुह परिवर्तन हुन सक्नेछ ।
हाल पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाइदैछ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी, जेलमा रहेका व्यक्तिहरु, वृद्धाश्रममा रहेका व्यक्तिहरु, बैंकमा कार्यरत कर्मचारी, जनप्रतिनिधि लगायतलाई खोप लगाइदैछ । हाल नेपालमा प्रयोग भइरहेको खोप कोभिशिल्ड विश्व स्वास्थ्य संगठनले आपत्कालिन प्रयोगका लागि अनुमति दिएको खोप हो । यो खोप सबै क्लिनिकल परीक्षण गरेपश्चात् मात्रै प्रयोगमा ल्याइएकाले सुरक्षित र प्रभावकारी छ । यो खोपप्रति द्धिविधा नलिई ढुक्कका साथ खोप लगाउन म सबैलाई आग्रह गर्दछु ।
(लेखक डा. गौतम, परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख हुनुहुन्छ ।)
तपाईँको अभिमत