बालबालिका तनावमा छन् भन्ने कुरा कसरी थाहा पाउने ?
यति गर्दागर्दै पनि कहिलेकाहिँ बालबालिकामा तनाव कम हुँदैन ।
कोरोना भाइरस रोगका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा पनि असर पुगिरहेको छ । कुनै पनि महामारीको बेलामा आत्तिनु, डर लाग्नु, त्रसित हुनुलाई सामान्य प्रतिकारात्मकको रुपमा लिनुपर्छ । कोराेनाका कारण लामो समयदेखि बालबालिकाहरु पढ्ने विद्यालयहरु बन्द छन् । विद्यालय बन्द भएका कारण अहिले उनीहरुको अधिकांश समय घरपरिवार र समुदायमा बितिरहेको छ ।
सो क्रममा बालबालिकाहरुले घर र समुदायको वातावरणलाई देखिरहेका हुन्छन् । अहिले कोरोनाको डर सबैलाई छ । आफ्नै घरपरिवार र समुदायमा संक्रमणको डरले मानिसहरु बसिरहेको बालबालिकाहरुले देख्छन् र बुझ्छन् अनि यसको सिधा असर बालबालिकाको मानसिक स्वास्थ्यमा पर्न गएको छ ।
तनाव भएको बेलामा बालबालिकाहरुमा भावनात्मक भन्दा शारीरिक लक्षणहरु बढी देखा पर्छन् ।
कोरोनाका कारण कति अभिभावकहरुको जागिर गुमेको छ यसले परिवार नै तनावमा बस्नु परिहेको छ जसको असर बालबालिकामा देखिइरहेको छ ।
बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरिरहेको छ भन्ने कसरी थाहा पाउने ?
बालबालिकामा ३ किसिमले मानसिक स्वास्थ्य समस्याको लक्षणहरु देखा पर्छन् । ती हुन् : भावानात्मक, शारीरिक र आनीबानीमा परिवर्तन । जब बालबालिकाहरु बिना कारण तर्सने, आत्तिने र उदास हुन्छन् भने उनीहरुलाई भावनात्मक मानसिक स्वास्थ्य समस्याको लक्षण हो भनेर बुझ्नुपर्दछ । यस्तै शारीरिक लक्षणमा टाउको दुख्नु, पेट दुख्नु, मुर्छा पर्नु, शरीरको अंग दुख्नु, सास फेर्न गाराे हुनु, शरीर कमजोर हुनु हो ।
सम्पूर्ण अभिभावकले के कुरामा विशेष ध्यान दिनुपर्दछ भने, तनाव भएको बेलामा बालबालिकाहरुमा भावनात्मक भन्दा शारीरिक लक्षणहरु बढी देखा पर्छन् । यदि बच्चाहरुले टाउको दुख्यो, पेट दुख्यो भनेमा हामीले उनीहरुमा शारीरिक समस्याका अलवा मानसिक समस्या पनि त छैन भनेर पनि सोच्नुपर्छ ।
अभिभावकले जे गर्यो, उनीहले त्यही सिक्ने हो । त्यसैले अभिभावकले रचनात्मक वातावरणको सृजना गरिदिनुपर्दछ ।
अर्काे, रह्यो आनीबानीमा परिवर्तन । यदि बच्चाहरु एकदमै रिसाउने, सुतेको बेलामा ओछ्यानमै पिसाब फेर्ने, जिद्दी हुने, अटेरी हुने तथा दुर्व्यर्सनीमा फस्ने र आफूलाई नै हानी नोक्सानी हुने क्रियाकलाप गर्न थाल्छन् भने बालबालिकामा मानसिक समस्या छ भनेर बुझ्नुपर्दछ ।
धेरै समय घरमा नै बस्नुपर्ने भएपछि बालबालिहरुमा इन्टरनेटको लत पनि लागेको छ । मोबाइल, ग्याजेट तथा ट्याब्लेटको प्रयोगले बालबालिकाहरुमा इन्टरनेटको दुर्व्यसनीको जोखिम पनि उत्तिकै छ भने आफूलाई हानी नोक्सानी पुर्याउने काम पनि गर्न सक्दछन् ।
बालबालिकाको मानसिक स्वास्थ्यलाई कसरी स्वस्थ राख्ने ?
सर्वप्रथम, अहिले विद्यालयहरु बन्द भएकाले बालबालिकाको दैनिकी परिवर्तन भएको छ । पहिला –पहिला बिहान उठ्ने, स्कूल जाने, स्कूलबाट आएर होमवर्क गर्ने जस्ता गतिविधि हुन्थ्यो । त्यसैले स्कूलनै नगएको हालको अवस्थामा पनि अभिभावकहरुले छोराछोरीको उमेर र बुझ्ने क्षमता हेरेर त्यस्तै दैनिकी बनाइदिनुपर्दछ ।
यस्तै घरभित्र विभिन्न किसिमका खेल्ने सामग्रीको व्यवस्था गरिदिनुपर्दछ । जस्तै लुँडो, चेस जस्ता खेल्ने सामग्री राख्न सकिन्छ । रुचिअनुसार बालबालिकालाई रमाउन दिनुपर्दछ । कोहीलाई गीत गाउन रुचि होला कोहीलाई नाच्न भने कसैलाई पेन्टिङ र कसैलाई कथा भन्न, उनीहरुका चाहनालाई बुझेर प्रोत्साहित गराउनुपर्दछ ।
उमेर उपयुक्त काम सिकाउन पनि सकिन्छ । उनीहरुलाई भान्छामा सघाउने काममा प्रोत्साहन गर्न सकिन्छ । उनीहरुसँग धेरै समय आमाबुवाले बिताउनुपर्दछ ।
बालबालिकालाई मोबाइल, ग्याजेट, ट्याब्लेटको प्रयोगमा कमी ल्याउन अभिभावहरुले पनि धेरै मोबाइल नचलाउने गर्नुपर्छ । अभिभावकले जे गर्यो, उनीहले त्यही सिक्ने हो । त्यसैले अभिभावकले रचनात्मक वातावरणको सृजना गरिदिनुपर्दछ ।
परामर्शको सुविधा कान्ति बालअस्पतालमा २४ सै घन्टा उपलव्ध छ ।
कोरोनाका कारण विश्वजगत् आतंकित भइरहेकाले बालबालिकाहरुलाई कोरोना र यसको कारण र जोगिने उपायका बारेमा सही जानकारी दिनुपर्दछ । बच्चाहरुको खानपिन र आराममा विशेष ख्याल गर्नुपर्दछ ।
यति गर्दागर्दै पनि कहिलेकाहिँ बालबालिकामा तनाव कम हुँदैन । २–३ हप्तासम्म बालबालबालिका पुरानै अवस्थामा फर्केनन्, आफूलाई क्षति हुने विचारहरु प्रकट गर्न थाले भने हामीले बालबालिकालाई तुरुन्तै मनोचिकित्सकको परामर्शमा लैजानुपर्दछ । परामर्शको सुविधा कान्ति बालअस्पतालमा २४ सै घन्टा उपलव्ध छ ।
हेल्थपाटी
तपाईँको अभिमत