बेलायतमा नेपाली नर्स लैजानका लागि आवेदन खु्ल्ला
नेपाल सरकार र बेलायत सरकारबीच भएको सम्झौता अनुसार बेलायतमा नर्स पठाउनका लागि आवेदन खुल्ला गरिएको छ । सुरुवाती चरणमा १०० जना नर्सलाई बेलायत लैजाने गरी दुई सरकारबीच जी टू जी सम्झौता भएको छ।
आवेदन फारम जुलाई( आज) देखि अक्टुबर १९ सम्म भर्ना सकिने छ।
छानिएका नर्सहरुलाई बेलायत जान पैसा लाग्ने छैन।नेपाल सरकारबाट सम्बन्धन प्राप्त संस्थाबाट स्टाफ नर्स, स्नातक र स्नातकोत्तर पास गरेका नर्सले आवेदन दिन सक्नेछ।
दर्तावाल अस्पतालमा हालै कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्छ । २०१९ भन्दा अगाडिको अनुभव भएकाहरूले आवेदन दिन सक्ने छैनन्।
आइएल्टिएस(भाषा) समग्रमा कम्तिमा ७ स्कोर र लिखितमा कम्तिमा ६.५ ल्याएको हुनुपर्छ ।
ओइटी गरेको हकमा भने रिडिङ, लिस्निङ र राइटिङमा ग्रेड बी आएको हुनुपर्नेछ।


हेल्थपाटी 
तपाईँको अभिमत