नर्सलाई बेलायत पठाउने कार्यक्रमको विरोध, श्रम शोषणको चिन्ता

वार्षिक उत्सव कार्यक्रममा सहभागी नर्सहरू तस्बिर खिच्दै।
नेपाली नर्सलाई बेलायतमा रोगजारीका लागि पठाउने कार्यक्रम नर्सका अगुवाहरुले बिरोध जनाउनु भएको छ । नेपाल नर्सिङ संघको ६१औँ वार्षिक उत्सव समारोहमा आफ्ना धारणा राख्दै अगुवा नर्सहरुले बेलायत नर्स पठाउने विषयमा अहमति जनाउनु भएको हो।
नर्सिङ संघकी पूर्वअध्यक्ष प्राध्यापक तारा पोखरेलले नर्सलाई विदेश पठाउने नभई सम्मानजनक सेवा सुविधासहित नेपालमै बस्ने वातावरण मिलाउनु पर्नेमा जोड दिनुभयो ।
‘नेपाली नर्सलाई बाहिर पठाएर नेपालमा विदेशबाट नर्स बोलाएर सेवा दिनुपर्ने हो ?’ पोखरेलले प्रश्न गर्नुभयो ।
पोखरेलले नर्समाथि हुने श्रम शोषणको समस्या क्षणिक समाधान हुनेभए पनि दीर्घकालीन रुपमा हुन नसकेको बताउनुभयो ।
विद्यालय नर्स कार्यक्रम प्रभावकारी देखिएका उहाँको भनाइ छ । स्कुल नर्सिङ कार्यक्रमबाट क्यान्सर जस्तो रोग निधानमा समेत सहयोग पुगेको उहाँले दावी गर्नुभयो।
नर्सिङ कन्सिलकी अध्यक्ष सरला केसीले पनि नेपालमै नर्सको कमी भइरहेका बेला बेलायतमा नर्स लैजान लागेकोमा आपत्ति जनाउनुभयो।
केसीले निजी क्षेत्रमा नर्सहरुले सम्मानजनक सेवा सुविधामा काम गर्ने वातावरण मिलाइदिन सरकारलाई आग्रह गर्नुभयो ।
सरकारी अस्पालमा हाल भइरहेको सेवा सुविधा पर्याप्त नभएको अवस्थामा निजीमा अति कम पारिश्रमिकमा काम गर्न बाध्य हुनुपरेको उहाँले बताउनुभयो।
यो समस्या आफूहरुले २०६७ सालदेखि निरन्तर सरकार लाई भन्दै आएको तर कार्यन्वयनमा आउन नसकेको गुनासो उहाँले गर्नुभयो।
उहाँका अनुसार २०७९ मंसिर १८ गतेसम्म काउन्सिलमा १ लाख ९ हजार ५५७ दर्ता भएका छन् । जसमा ३२ हजार नर्सले बाहिर जान प्रमाणीकरण पत्र लिएको जानकारी केसीले दिनुभयो।
नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक मन कुमारी राईले निजी अस्पतालमनर्सहरुको श्रमशोषण भएको विषयमा मन्त्रालयबाट स्पष्टीकरण लिनु संघको उपलब्धी भएको बताउनुभयो ।
राईले अस्पतालहरुको नर्सहरुको पारिश्रमिकको अवस्था बुझ्न सरकारलाई आग्रह गर्नुभयो । पटक–पटक सरकार परिवर्तन हुँदा नर्सहरूले राखेका माग तथा सुझाव कर्वयनन्मा समस्या देखिएको गुनासो गर्नुभयो।
नेपाल नर्सिङ संघको कार्यालय५० वर्ष अगाडिको भवन जीर्ण रहेकाले नयाँ भवन निर्माणका लागि सहयोग गर्न अनुरोध गर्नुभयो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिस्टर प्रमिला देवानले नर्सिङ जनशक्ति स्वास्थ्य क्षेत्रको पिलर हो भन्ने बुझ्न जरुरी रहेको बतउनुभयो।
नर्सहरुले नीति निर्माण, पुरस्कार प्राप्ति लगायतमा सधैं हेपिन परेको उहाँको गुनासो छ।
‘अहिले नेपाली नर्स दक्ष, योग्य छन् तर उनीहरूले किन खुसी भएर सेवा दिन सकेका छैनन् भन्ने तथ्य स्वास्थ्य मन्त्रालयले ख्याल गर्नुपर्छ’ देवानले भन्नुभयो।
हेल्थपाटी
तपाईँको अभिमत