बेलायतमा नेपाली नर्स पठाउन बाटो खुल्दै, सुरुमा २ हजार लैजाने तयारी

फाइल फोटो।
नेपाली नर्सलाई रोजगारका लागि बेलायत लैजाने विषयमा नेपाल र बेलायतबीच अर्को हप्ता श्रम समझदारी हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार श्रम समझादारीको मस्यौदा बनाउन गठित दुई देशका प्रतिनिधिले मस्यौदा तयार पारिसकेका छन् । समझदारी पत्रमा आगामी साता हस्ताक्षर हुने मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गर्नुभएको छ ।
मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठले दुवै देशका तर्फबाट सहभागी प्रतिनिधिको संयुक्त प्रयासबाट सुरक्षा क्षेत्र भन्दा बाहिर पहिलो पटक नेपालीहरूले बेलायतमा रोजगारीको अवसर पाउन लागेको भन्दै भन्दै श्रम समझदारीको मस्यौदा समितिका सदस्यहरुलाई धन्यवाद दिनुभयो ।
बेलायतमा सुरुमा २ हजार नर्स पठाउन तयार रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्ने छैन ।
बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाण्डौस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारी पत्रको मस्यौदा तयार भएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत