नेपाली नर्स बेलायत पठाउने सम्झौता गर्न मन्त्रिपरिषदबाट स्वीकृति

फाइल फोटो ।
नेपाली नर्सलाई बेलायतमा पठाउनका लागि सम्झौता गर्ने अन्तिम तयारी भइरहेको छ । नर्स पठाउनका लागि गरिने सम्झौताका लागि प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।
मंगलबारको मन्त्रिपरिषद्ले सम्झौता अघि बढाउन स्वीकृति दिएको बिहीबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
उक्त सम्झौता नेपाल सरकार र बेलायत सरकारबीच हुनेछ । कुनै निजी कम्पनीको मध्यस्थताबिना नै नर्स बेलायत पठाउने गरी सम्झौताको मस्यौदा तयार पारिएको छ ।
श्रम तथा रोगजार मन्त्रालयका अनुसार बेलायतबाट ठूलो संख्यामा नर्सको माग भएको छ । तर अहिलेलाई १० हजार पठाउने तयारी छ । बेलायत रोजगारीमा जाने नर्सले मासिक ४ लाख नेपाली रुपैयाँ तलब पाउने गरी सम्झौता हुन लागेको मन्त्रालयले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत