स्वस्थ खानपानको नाममा विषादी सेवनले प्रत्येक वर्ष २ लाखको मृत्यु
प्रशस्त मात्रामा तरकारी, सागसब्जीको नियमित उपभोग गर्नाले शरीर स्वस्थ रहन्छ, पोषक तत्वको पूर्ति हुन्छ र शरीर बलियो हुन्छ । यी कुराहरु हामी सबैले सुन्दै आएका कुरा हुन् सकभर सबैले आफ्नो जीवनमा उपयोग गरिरहेका कुराहरु पनि हुन्। आफ्नो दैनिक खानपानमा सबैले सकेसम्म धेरै तरकारीको प्रयोग गरी रहेका हुन्छौँ । यी कुराहरु एकदम सही हुन् ।
यसलाई ध्यानमा राखेर आफ्नो आहार नियन्त्रण गर्नुपर्छ तर यी सबैकुरा सही हुनका लागि हामीले स्वच्छ विषादीरहित खानेकुरा सेवन गरेको हुनुपर्छ । सन्तुलित र पोषिलो खानाको निहुँमा धेरैले थाहै नपाई शरीरलाई हानी गर्ने र डरलाग्दा रोगहरुको सिर्जना गर्ने विषादीको सेवन गरिरहेका हुन्छौँ।
अमेरिकाको सेन्टरफरडीजिज कन्ट्रोल एण्ड प्रिवेनसन्को रिपोर्टअनुसार एक व्यक्तिले खानासँगै औशतमा २९ प्रकारका विषादी सेवन गर्ने गरेको पाइएको जनाइको छ । विश्व स्वास्थ संगठनका अनुसार कृषि क्षेत्रमा प्रयोग हुने विषादीका कारणले प्रत्येक वर्ष २ लाख मानिसको मृत्यु हुने गरेको छ।
अर्को अनुसन्धानले चीनमा विषादीको कारणले हरेक वर्ष ५ लाख मानिसको स्वास्थमा गम्भीर असर परेको देखिएको छ। त्यसमध्ये ५०० जनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ। पोषणयुक्त खाना खानका लागि मानिसहरुले दैनिक धेरै खर्च गरेर खाद्यान्नहरू किन्ने गरेको पाइन्छ । तर लगानी गरी किनिएका तरकारी र सागसब्जीमा आफैँलाई हानी गर्ने र शरीरलाई जोखिममा पार्ने रासायनिक तत्व भएको ख्याल हुँदैन। रासायनिक मल, किटनाशक विषादी, झारनासक विषादी, रासायनिक भिटामिनहरु, कुहिनबाट जोगाउने रासायनिक विषादी, फल पकाउन प्रयोग गरिने विषादीआदि धेरै थरी विषादी मिश्रित भएर टाढा टाढाबाट आयातित खाद्यान्नले हाम्रो शरीरलाई दिन प्रतिदिन जीर्ण बनाउँदै गएको हुन्छ |
यसरी खाद्यवस्तुमा प्रयोग भएको विषादीयुक्त खानपानले शरीरलाई तत्काल असर देखाउने खालका रोगहरु र लामो समयसम्म विषादी सेवन गरिराख्दा देखिने दीर्घ रोग तथा गम्भीर रोगहरु पनि देखिन सक्छन्।
तत्काल कडा असर देखाउने रोगहरु विषादीयुक्त खानेकुरा खाने बित्तिकै, केहि समयमा नै देखिन सक्छ र प्रत्यक्षरुपमा विषादीको सम्पर्कमा आउँदा पनि देखिन सक्छ । विषादीयुक्त खानाको सेवनबाट उत्पन्न हुने दीर्घ रोगहरु भने लामो समयसम्म दैनिक विषादीयुक्त तरकारी, फलफूल तथा खानेकुराहरु सेवन गर्दा शरीरमा विषादी संकलन हुँदै जानेर एक समयमा पुगेपछि त्यसले असर देखाउँछ।
विषादीयुक्त खानाले शरीरमा पार्ने तीब्र असर पर्दा विभिन्न लक्षण देखिनसक्छ ।
नसामा देखिन सक्ने समस्याहरु:
-टाउको दुख्ने
-रिंगटा लाग्ने
-चिटचिटापन, (मुड) मस्तिष्क भाव परिवर्तन
-डिप्रेसन
-बेहोस हुने (seizure)
-प्यारालाइसिस
-कोमामा पुग्ने
-मस्तिष्कघात हुने
-मृत्युसमेत हुनसक्ने
छालामा देखिन सक्ने समस्याहरु:
-डाबर उठ्ने, पाछेकोजस्तो हुने
-फोकाहरु उठ्ने
-अधिक पसिना आउने
-छाला सुन्निने र पोल्ने (dermatitis)
-विषादीको एलर्जी देखिने
श्वास-प्रस्वासमा देखिन सक्ने समस्याहरु:
- घाँटी दुख्ने
- नाकभित्रको तन्तुहरु पोल्ने (Rhinorrhea)
- खोकी लाग्ने
- सास फेर्न गाह्रो हुने
- दम आउने
- फोक्सो घात हुने
पाचन क्रियामा देखिन सक्ने समस्याहरु:
-वाकवाक लाग्ने
-पखाला लाग्ने
-पेट दुख्ने
-ग्यास्ट्रिक, अल्सर हुन सक्ने
आँखामा देखिन सक्ने समस्याहरु:
-आँखा पोल्ने
-आँखा दुख्ने
-नेत्र श्लेष्मलाशोथ (conjunctivitis)
-आन्धोपन
हृदयमा देखिन सक्ने समस्याहरु:
-मुटुको चाल असाधारण हुने
-हृदय घात हुने
विषादीयुक्त खाद्यान्न लामो समयसम्म प्रयोग गर्दा उत्पन्न हुनसक्ने जटिल स्वास्थ्य समस्याहरू :
-शरीरमा क्यान्सर लाग्न सक्ने सम्भावनाको वृद्धि
-अल्जाइमर, पार्किन्सन जस्ता रोग लाग्ने जोखिमको वृद्धि
-कलेजोमा गम्भीर क्षति हुने सम्भावना
-अन्य शारीरिक अंगहरुमा गम्भीर असर
-प्रजनन् क्षमातामा ह्रास एवं बाँझोपन हुने जोखिम
-शारीरिक वृद्धि, विकासमा समस्या
-सन्तान जन्मिदा अपांगता हुने जोखिम
-सन्तान जन्मिदा मानसिक समस्याहरु हुने जोखिम
-शरीरको हर्मोन प्रणालीमा क्षति
-पाचन प्रणालीमा ह्रास एवं पेटको दीर्घ रोग हुने सम्भावना
यो समस्याको सबैभन्दा प्रभावकारी समाधान भनेको आफ्नै करेसाबारीमा तरकारी लगाउनु हो । करेसाबारी नभए कौसी, बरण्डा, गमलाआदि उपलब्ध हरेक ठाउँको उपयोग गरी प्राङ्गारिक विधिबाट ताजा तरकारी उत्पादन गरी उपभोग गर्नु हो । प्राङ्गारिक विधिबाट प्रयोग गर्ने किसानको उत्पदान प्रवर्द्धन गर्न र उपभोग गर्न पनि आवश्यक छ । विषादीयुक्त खानेकुरा सकेसम्म प्रयोग नै नगर्ने र गर्नुपर्दा नुन पानीमा केहि समय भिजाएर अनि सफा पानीले राम्रोसँग धोएर प्रयोग गर्नु उचित हुन्छ | स्वस्थ सुधारका लागि आफ्नो खानामा के परेको छ भन्नेमा सचेत हुनु अति जरुरी छ।
[email protected]
तपाईँको अभिमत