दाई ''नयाँ भेटियो नि'' ? म झसङ्ग ...
काठमाडौं,२३ चैत । बिहानै उठछु घरको छतमा रहेको गुलाब सगैं गमलामा अरु फुलहरु पनि ढकमक्क फुलेका हुन्छन्, घरको छतबाट नजिकै रहेका छुनु सकिएलाकी जस्तो अर्घाखाँची सन्धिखर्क शान्ति बगैचा भित्र फुलेका आपका बोटमा रहेका फुलहरुको बास्ना हावाको झोक्काले फुल संगै उठाएर ल्याउछ मतिर । अनि माथी छतबाट घर पछाडिको अम्बाको बोट नियाल्छु त्यो पनि गज्जबसंग पलाउदै छ,नयाँ पालुवा लाग्दैछ अनि घर अगाडि हेर्दछु छतबाट नराम्रो देखिने झारहरु पनि आज सुन्दर फुल जस्तै फुलेका छन् ।
बिरामी पृथ्वी तङरीदैछ र प्रकृतिमा नयाँ पालुवा पलाउदै छन् र बसन्त ऋतुले ऋतुराजको रुपमा मलाई स्बागत गर्दै छ,आहा कति रमाईलो
यता उता अगाडी पछाडी अनि छिमेकिको घरको छत करेसावारि डाँडाकाडा ओहो जताततै सुन्दर फुल जताततै हरियाली । अनि मेरो घर–चोकमा रहेको घरबाट बाटोमा जहिले गाडिको आवाज र गाईगुई हुने सडक आजभोली त शान्त र सुनसान छ । दिनमा मात्र गनेर १० वटा मात्र गाडी गुडेका छन् । अरु बेला सयौ र हजार ठाउँ सम्म पुग्ने ठाउँ लाग्छ कतै टाढाको गाउँमा छु र आन्दित महसुस भइरहेको छ ।
बिरामी पृथ्वी तङरीदैछ र प्रकृतिमा नयाँ पालुवा पलाउदै छन् र बसन्त ऋतुले ऋतुराजको रुपमा मलाई स्बागत गर्दै छ,आहा कति रमाईलो र यतिकैमा बहिनिको आबाज आयो दाई “नयाँ भेटियो नि ?“ म झसङ्ग भए के कसो भेटियो भन्ने कुरै भएन कोरोना भेटियो भन्ने मैले बुझे अनि फोनको लक खोल्दै हर्दछु ए आज त शनिबार पो रहेछ म आएको पनि १४ दिन अरुबेला दुईहप्ता किनकी यो बेला १४ दिनमा कोरोना लक्षण देखा पर्दछन् । मनमनै खुसी पनि भए, र दुईहप्ता देखि घरमै बसिराछु यार ।
म काठमाडौ छदा कहिले मेरो डेरा किर्तिपुरबाट बागबजार कतिबेला बानेश्वर त कहिले कता कता बिहानै निस्किएको म ८–९ बजे छिटै बज्न गरी डुल्ने साथिभाई भेट्ने विभिन्न कार्यक्रमा सहभागि हुने, बहस गर्न मेरो दैनिकी फेरिएको छ,घरभित्रै बसेको छु. यो समयमा समय कसरी सदुपयोग गर्ने भनेर कहिले भान्सा त कहिले करेशामाकाम गरिराखेको छु, अनि केही किताबहरु पनि पढ्दै छु, बिहान बेलुका कित योग गर्दछु नत्र नाच्न गाउन पनि सिक्दै छु,कसरी घर भित्रै खुसी हुन्न सकिन्छ भनेर खुसी खोज्दौ छु ।
डाक्टर, नर्स, सुरक्षाकर्मि, सञ्चारकर्मी जस्तै म पनि जिम्मेबार सिपाही ममा पनि जिम्मेवारी घर भित्रै बसेर कोरोनाबाट बच्ने मेरो देश,
आफुलाई यो पृथ्वी यो प्रकृति जसरी पुजीवादी उत्पिडन्न चरम दोहनले कुरुप बन्दै गएको थियो आज विश्व भरिका मजस्तै ब्यक्तिहरु लकडाउनमा छन् । यो क्रममा मान्छेले आफ्नो श्रम न्यून बा कतै कतै त शून्य नै प्रयोग गरि आफ्ना आबस्यकता पूरा गर्दै छ जसले प्रदुषणले ग्रस्त प्रकृती पनि तङरिदै छ्न् । यतिबेला मैले जसरी सबैले प्रबिधिको प्रयोग गर्दा घरमै मेरा काठमाडौमा भेट हुने साथी देखि बिदेशी साथी र आफन्तहरु संग पनि कुरा गर्दैछु,मेरा बिदेशी मित्रको चिन्ता छ मलाई र उनीहरुलाई कोरोना भाइरस रोगको संक्रमणको डरले यजोडेको छ हामिलाई ।
अब यो लकडाउनमा पछि निस्कदा हामि मानवकल्याण, प्राकृतिक स्रोत र साघनको उचित प्रयोग,बिज्ञान र प्रबृतिको बिकास,विश्व भातृत्ब र सद्भाव ब्यक्त गर्नु पर्दछ र मानव सभ्यता बचाउने आफुपनी बच्ने ठूलो अभिभारा म मा छ जस्तो लाग्छ र जसरी खटिरहेका डाक्टर, नर्स, सुरक्षाकर्मि, सञ्चारकर्मी जस्तै म पनि जिम्मेबार सिपाही ममा पनि जिम्मेवारी घर भित्रै बसेर कोरोनाबाट बच्ने मेरो देश,सरकारलाई सहयोग गर्ने यो महामारी सकिएपछि मेरो स्वागत गर्न आतुर दुहली जसरी वसन्त ऋतुले सिगारिएको मेरो प्रकृति संग रमाउने त्यसका लागि म संगै अहिले लकडाउनमा भएका तमाम मानब र प्रकृति तङरीए जस्तै हाम्रो सोच परिबर्तन गरेर घरमै बसै लकडाउनको सदुपयोग गरेर बाँच्न जो आबश्यक छ ।
नविन पन्थी
तपाईँको अभिमत