डाक्टरको नयाँ पुस्तक : १०० वर्ष बाँच्न कति पैसा चाहिन्छ?

लामो सयम ज्यूनका लागि कस्तो जीवनशैली आवश्यक पर्छ भन्ने जीवन उपयोगी ज्ञान समेटिएको पुस्तक बजारमा आएको छ । 'Basic Principle of living 100' नाम दिइएको पुस्तक डा.सन्देश पण्डितले लेख्नुभएको हो।
डा.पण्डितका अनुसार पुस्तकमा आजको समयमा किन मानिसहरू धेरै रोगी हुँदैगएका छन् भन्ने कुरा समेटिएको छ । १०० वर्ष बाँच्नका लागि कति पैसा चाहिन्छ? भन्ने प्रश्न गर्दै यसको बारेमा प्रष्ट पार्ने काम गरिएको छ।
विश्वका विभिन्न ठाउँमा १०० वर्ष बाँचेका समुदाय र तिनीहरूको खानपिन, रहनसहन, सोचाइ र जीवनलाई हेर्ने दृष्टिकोण पुस्तकमा समावेश गरिएको डा.पण्डितले जानकारी दिनुभयो।
हामीले जीवनमा स-साना के–के कुरामा ध्यान दिँदा स्वास्थ्यमा परिर्वतन आउँछ भन्ने कुरालाई बुझाइएको पनि उहाँले बताउनुभयो।
डा.पण्डितका अनुसार यसबाहेक पुस्तकमा विभिन्न उपचार पद्धतिलाई सरल तरिकाले बुझाइएको छ। केही कलाकारहरूको रोग लाग्दाको अनुभव समेत पुस्तकमा उल्लेख गरिएको छ ।
पुस्तक विद्यार्थी, शिक्षण पेशामा आवद्ध व्यक्तित्वहरु, डाक्टर, नर्स र अन्य स्वास्थ्य सेवामा आवद्ध व्यक्तिलाई निकै उपयोगी रहेको दावी लेखकको छ।
साथै सबै क्षेत्रका व्यक्तिका लागि पुस्तक उपयोगी हुने उहाँ सुनाउनुहुन्छ ।
यो किताब पढेपछि मानिसमा स्वास्थ्यप्रतिको चेतना र हेर्ने दृष्टिकोण परिवर्तन हुने र मानिसलाई सुखी र निरोगी भएर बाँच्न मद्दत गर्ने । दावी डा.पण्डितको छ ।
लेखकका अनुसार अङ्ग्रेजी भाषामा लेखिएको भएपनि सामान्य र सरल शब्दहरू प्रयोग गरिएकोले पढ्न अप्ठ्यारो छैन । यो पुस्तक पढ्नका लागि मेडिकल ज्ञानको आवश्यकता पर्दैन।
'कुनै औषधि उपचारबिनै हाम्रा हजुरबा, हजुरआमा पुस्ता १०० वर्षसम्म कसरी बाँचे, स्वास्थ्य सेवाका अनेकौँ विकल्प हुँदापनि किन अहिलेको पुस्ता ६०-६५ वर्ष बाँच्न संघर्षरत छ' भन्ने कुराले पुस्तक लेख्न प्रेरणा मिलेको डा.पण्डित बताउनुहुन्छ।
शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तको बजार मूल्य ५०० रुपैयाँ तोकिएको छ ।
तपाईँको अभिमत