'कोरोनासँगको लडाईँ केही लामै होला जस्तो पो छ त !'

अ +
अ -
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमी कोरोना संक्रमणपछि अहिले होम आइसोलेसनमै हुनुहुन्छ । भट्टराईलेआफ्नो लडाईँ लामै हुने बताउनु भएको छ ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले आफूहरुमा कोरोना संक्रमण लामो समयसम्म रहने संकेत देखिएको जानकारी दिनुभएको हो । ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै’ भनी आफ्नो र हिसिलाको फोटो उहाँले सेयर गर्नुभएको छ ।
जनता समाजवादी पार्टीका नेता समेत रहनुभएका भट्टराईमा कोरोना संक्रमण रहेको यही कार्तिक ८ गते पुष्टि भएको थियो ।
तपाईँको अभिमत