जोनसनको खोप आजदेखि, काठमाडौंमा ५५ खोप केन्द्रबाट यी व्यक्तिले खोप पाउने
काठमाडौं । आजदेखि कोरोना विरुद्धको अमेरिकन खोप जोनसनको खोप लगाइदैंछ । यो खोप एक पटक मात्रै लगाए पुग्छ । अमेरिकाले जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप कोभ्याक्ससुविधा अन्तर्गत नेपाललाई उपलव्ध गराएको थियो ।
सर्वसाधारणहरुको भीड भएपछि खोपकेन्द्र व्यवस्थित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसक्नु भएको छ । यस्तै खोप नियमित रुपमा आइरहेकाले आफ्नो पालोमा मात्रै खोप लगाउन जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधरणलाई अनुरोध गरेको छ । काठमाडौंमा ५५ वटा केन्द्रबाट जोनसनको खोप लगाउने व्यवस्था मिलाइएको छ ।
यसैबीच प्रधानमन्त्री देउवाले विहान १० बजे देखि काठमाडौं उपत्यका भित्रका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत निरिक्षण अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जोनसनको खोप पाउने समूह
-५० वर्ष देखि ५४ वर्ष उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरु
-पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरु
- हाल नेपालमा बसोवास गरिरहेका शरणार्थिहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु, यस अघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबै जना ।
हेल्थपाटी 
तपाईँको अभिमत