काठमाडौंमा ५५ वटा खोप केन्द्रबाट जोनसनको खोप लगाइने(सूचीसहित)
काठमाडौं । देशका विभिन्न स्थानमा भोलीबाट कोरोना विरुद्धको जोनसनको खोप लगाइदैंछ । काठमाडौंमा ५५ वटा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँले खोप केन्द्रहरुमा भीड भएपछि खोपकेन्द्र थप गरिएको बताउनुभयो । भोलीदेखि ६ गतेसम्म चल्ने खोप कार्यक्रममा सरकारद्वार जारी उमेर खुल्ने प्रमणपत्र लिएर तोकिएका व्यक्तिहरु खोप लगाउन जान अनुरोध गर्नुभयो ।
जोनसनको खोप पाउने समूह
- ५० वर्ष देखि ५४ वर्ष उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरु
- पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरु
- हाल नेपालमा बसोवास गरिरहेका शरणार्थिहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु, यस अघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबै ।
हेल्थपाटी
तपाईँको अभिमत