अब सबै खोप केन्द्रबाट कोरोना खोप लगाइने, पालो पर्खन आग्रह

फाइल तस्विर
काठमाडौं । खोप केन्द्रहरुमा कोरोना विरुद्धको खोप लगाउनेहरुको भीड भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र सञ्चालन भएका अस्पताल तथा खोपकेन्द्रहरुमा जनशक्ति व्यवस्थापन गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको छ ।
कोरोना खोप तोकिएका खोप केन्द्रबाट मात्रै लगाउने व्यवस्था थियो तर अब सबै खोप केन्द्रबाट खोप लगाउन पाइने भएको छ । साथै मन्त्रालयले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिने योजना भइरहेकाले पालो अनुसार खोप लगाउन आग्रह गर्दै खोप केन्द्रहरुमा भीड नगरिदिन सर्वसाधरणलाई आग्रहसमेत गरेको छ ।
७७ वटा जिल्लामा ३००भन्दा बढी खोप केन्द्र रहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रहरुमा भीड बढेको भन्दै थप खोप केन्द्रको व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत