कोभिशिल्डको दोस्रो मात्रा खोपको व्यवस्था भइसक्यो : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकहरुका लागि दोस्रो मात्रा खाेपको व्यवस्था भइसकेको जानकारी दिएको छ ।
केही दिनमै खोप आउने र कोभिशिल्डको दोस्रो मात्रा लगाउने कार्यक्रम सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । करीब १४ लाख ज्येष्ठ नागरिकले कोभिशल्डको दोस्रो मात्रा लगाउन बाँकी छ ।
यसैगरी १८ वर्षमाथिका नेपाली नागरिकहरुका लागि निःशुल्क खोप लगाउने र यसका लागि आवश्यक पर्ने खोपहरुको व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ । साउन ६ गतेबाट चिनबाट खरिद गरिएका थप खोपहरु आउने र साउन १५ गतेभित्र कम्तिमा ३२ लाख तथा त्यसपछि पनि निरन्तर अन्य खोपहरु नेपाल आउने तय भइसकेको भन्दै मन्त्रालयले सबैले खोप पाउने विश्वास दिलाएको छ ।
हाल भेरोसेल खोप ५५ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरु, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु खोप अनिवार्य गरेको देशमा जाने नेपालीहरुलाई दिइरहेको छ ।
यस्तै जोनसनको खोप ५० देखि ५४ वर्ष उमेरका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु पुर्ण र अति अशक्त (वर्ग क र ख) अपांगता भएकाहरु हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुका लागि तोकिएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत