स्वास्थ्यकर्मी माथि हातपात भएमा कहाँ र कसरी उजुरी गर्ने
काठमाडौं । स्वास्थ्यकर्मी माथि आक्रमणको घटनामा कुनै कमी आउन सकेको छैन । विभिन्न बहानामा आफुहरुमाथि आक्रमण बढेको बढ्यै गरेपछि लामो समयदेखि स्वास्थ्यकर्मीहरुले जेल विथ आउट बेलको माग गर्दै आएका थिए ।
चर्को दबाबपछि सरकारले हालै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो अध्यादेश), २०७८ जारी भएको छ । अध्यादेशले स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शरीरिक रुपमा चोट पुर्याएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयांसम्म जरीवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।
यो अध्यादेश जारी भइसकेपछि पनि स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना भइनै रहेको छ । तर आक्रमणमा परेका स्वास्थ्यकर्मीहरुलाई दोषी विरुद्ध कसरी लड्ने भन्ने विषयमा जानकारी नहुँदा अलमलम परेको पनि हुन सक्छ ।
आक्रमणपछि कहाँ र कसरी उजुरी गर्ने भनेर नेपाल चिकित्सक संघ(एनएमए)मा तारन्तार फोन आउने गर्दछ कतिपय अवस्थामा समस्या समाधानका लागि संघका पदाधिकारी तथा सदस्यहरु घटनास्थलमा नै पुग्ने गरेका छन् ।
स्वास्थ्यकर्मीहरु अलमलमा परिरहेको सन्दर्भमा संघका सदस्य डा. लिजन महर्जनले स्वास्थ्यकर्मीमाथि आक्रमण भए कानुनी प्रक्रिया कसरी अगाडि बढाउनपर्र्छ भनी एनएमएका सदस्य डा.लिजन महर्जन, एलएलएम डा.सभना प्रधान र अधिवक्ता जीवन न्यौपानेले तयार पार्नुभएको सामग्री हामीले प्रस्तुत गरेका छौं ।
हेल्थपाटी
तपाईँको अभिमत