ट्रमा सेन्टरमा नर्स जिता बरालकाे हङ्गामा, डाक्टर र नर्सलाई थुकिन् (भिडियो)
भिडियो डिलिट गर्न ज्ञानेन्द्र शाहीको धम्की
काठमाडौं । नर्सिङ काउन्सिलकी सदस्यसमेत रहनुभएकी जिता बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हङ्गामा गरेको भिडियो सार्वजनिक भएको छ । असोज ६ गते साँझ २ घण्टा १५ मिनेटसम्म उहाँले वीर अस्पतालको ट्रमा सेन्टरमा अभद्र व्यवहारसहित हङ्गामा गर्नुभएको भिडियो सार्वजनिक भएको छ ।
जुम्लाबाट डा.गोविन्द केसीलाई काठमाडौँ ल्याइएपछि उहाँको समर्थनमा नाराबाजी गर्न ट्रमा सेन्टर पुग्नुभएकी नर्सिङ काउन्सिलको सदस्यसमेत रहनुभएकी बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा रहेका डाक्टर तथा नर्सहरुलाई थुक्ने, तथानाम गाली गर्ने र सरसामान फ्याँकेर फुटाउने काम गरेको भिडियोमा देख्न सकिन्छ ।
सत्याग्रहमा रहनुभएका डाक्टर गोविन्द केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएपछि उहाँको समर्थनमा सरकारविरुद्ध प्रदर्शन गर्न काउन्सिलको सदस्यसमेत रहेकी बरालसहितका केही व्यक्ति राष्ट्रिय ट्रमा सेन्टरको हातामा पुग्नुभएको थियो ।
नाराबाजी गर्दासमेत अस्वाभाविक हाउभाउ देखाउनुभएकी बराल त्यसपछि सेतो कोट नै लगाएर ट्रमा सेन्टरभित्र पस्नुभएको थियो । आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै भित्र गएर त्यहीँभित्र नाच्ने, गीत गाउने र डाक्टर तथा नर्सलाई गालीगलौज गर्रनुभएकाे थियाे । भिडियोमा उहाँले डाक्टर तथा नर्सलाई थुकेको प्रष्ट देख्न सकिन्छ ।
‘म बलात्कारीलाई मात्रै चिन्छु’
ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा अस्वाभाविक रुपमा देखापर्नुभएकी बरालले आफूले बलात्कारीलाई मात्रै चिन्ने भन्दै पटकपटक बलात्कारी शब्दको प्रयोग गर्नु भएकाे थियाे । ट्रमा सेन्टरमा हंगामा भएपछि पुगेको प्रहरीको टोलीलाई पनि उहाँले बलात्कारीको संज्ञा दिएको सो दिन इमरजेन्सी कक्षमा कार्यरत एक डाक्टरले जानकारी दिनुभएको छ ।
‘सेतो कोटको शक्ति देखाउँछु’
नर्सिङ काउन्सिलको सदस्यसमेत रहनुभएकी बरालको आबद्धता ट्रमा सेन्टर वा वीर अस्पतालसँग छैन । तर पनि सेतो कोट लगाएर नै रमा सेन्टरभित्र छिर्नुभएको थियो । उहाँले अस्वाभाविक हर्कत देखाउन थालेपछि उहाँलाई शान्त गर्न डाक्टर र नर्सहरुले उहाँमाथि पानी खन्याएका थिए । बरालले आफूमाथि पानी खन्याउने डाक्टर तथा नर्सलाई गाली गर्दै उनीहरुमाथि केस गर्ने र सेतो कोटको शक्ति देखाउने चेतावानीसमेत दिनुभएको छ ।
ज्ञानेन्द्र शाहीले थुम्थुमाएपछि शान्त
ट्रमा सेन्टरमा हंगामा गरेपछि बरालले ज्ञानेन्द्र शाहीलाई बोलाइदिन आग्रह गर्नुभयो । त्यसपछि कुनै व्यक्तिले आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई फोन गरेर बोलाइ दिएपछि शाही ट्रमा सेन्टर आउनुभयो । अनि शाहीले थुम्थुमाएपछि मात्रै बराल शान्त हुनुभयो र शाहीसँगै बाहिर निस्कनुभयो ।
भिडियो डिलिट गर्न ज्ञानेन्द्र शाहीको धम्की
काउन्सिलकी सदस्यसमेत रहेकी बरालको हर्कत धेरैजसो बिरामीका आफन्तहरुले क्यामेरामा कैद गरेका थिए । तर जब ज्ञानेन्द्र शाहीको समूूह पुुग्यो, त्यसपछि उक्त समूहले त्यहाँ रहेका प्रत्येक व्यक्तिको मोबाइल खोसेर भिडियो डिलिट गर्न लगाएको थियो ।
मदिरा वा नसालु पदार्थ सेवन गरेको आशंका
गोविन्द केसीको आन्दोलनमा समर्थनका लागि भन्दै ट्रमा सेन्टर पुग्नुभएकी बरालले मदिरा वा अन्य कुनै नसालुपदार्थ सेवन गरेको वीर अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताउनुभयो । त्यसदिन के भएको थियो भन्ने प्रश्नमा बरालले मदिरा वा अन्य कुनै नशालु पदार्थको सेवन गरेको हुनसक्ने उहाँले बताउनुभयो ।
भिडियो हेर्दा त मानसिक अवस्था पनि कमजोर हो जस्तो देखिन्छ नि भन्ने प्रश्नमा ती डाक्टरले भन्नुभयो, ‘मानसिक समस्या केही क्षण वा केही समयका लागि मात्रै हुँदैन । उहाँ अहिले सामान्य अवस्थामा नै हुनुहुन्छ । त्यसकारण मदिरा वा अन्य कुनै नसालु पदार्थको सेवन गरेको जस्तो हामीलाई लाग्छ ।’
जीता बरालसँग सम्पर्क हुन सकेन
यस विषयमा के भएको हो भनेर जितासँग सम्पर्क गर्दा बिहान मोबाइलको स्वीच अफ थियो ।रातोपाटीबाट ।
हेल्थपाटी
तपाईँको अभिमत